प्रस, निजगढ, १४ माघ/
प्रथम अन्तरविद्यालय जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शनिवार डुमरवाना पिलुवामा सम्पन्न भयो ।
सो प्रतियोगितामा बारा एकेडेमी पिलुवा प्रथम र होली बोर्डिङ स्कूल निजगढ द्वितीय भएको छ । बारा एकेडेमीले २ स्वर्ण, २ रजत र ८ कास्य पदक प्राप्त गरेको थियो भने होली बोर्डिङ स्कूलले २ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गर्न सफल भएको थियो ।
सो प्रतियोगितामा बेस्ट फाइटरमा आदर्श हिमचुली बोर्डिङ स्कूल निजगढका सुशान्त लामा र अनुशासित खेलाडीमा होली बोर्डिङ स्कूलका अरविन्द रूम्बा घोषित भएका थिए । उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एमाओवादीका पूर्वसभासद् जयराम दाहालले गरेका थिए ।
विशेष अतिथिहरूमा जिल्ला खेलकुद विकास समिति बाराका अध्यक्ष मनिर देवान, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कृष्णमुरारी खड्का, डोजाङ प्रमुख जीतसिंह लामा, हेमलाल श्रेष्ठलगायतको उपस्थिति थियो ।
विजेता खेलाडीहरूलाई प्रमुख अतिथि, विशेष अतिथि, सभापतिले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए । हरिदेव खरेलको सभापतित्वमा सम्पन्न सो प्रतियोगिता बारा एकेडेमी तेक्वान्दो डोजाङ डुमरवानाद्वारा आयोजना गरिएको थियो ।