शीतल गिरी
बारा, रौतहट, सर्लाहीको बज्जिकाको स्रोत सामग्रीहरूलाई अनुश्रुति, पुराण र साहित्य, ऐतिहासिक ग्रन्थ, लोकसंस्कृति र सामाजिक जनजीवनमा कतिको प्रभाव पारेको छ सो अध्ययन गर्न चाहेको हुँ। कतिपय चिनजानकाले भन्ने गरेका छन्, बज्जिकाको खोजी किन, स्थानीय नै यसप्रति उदास छन् भने। म जहाँ हुर्कें, त्यस ठाउँका मानिस जब भेट्छु स्वत: बज्जिकामा गफिन थाल्छु, गफैगफमा बज्जिप्रति उनीहरूसँग रहेको जानकारी प्राप्त गर्दछु र बज्जी–संस्कृति केलाउन समय खर्चन्छु। अहिले प्राचीन अस्तित्व बोकेको बज्जिकालाई नकार्नेले यसको महत्त्व बुझेपछि स्वत: स्विकार्ने छ।
बज्जिका भाषाको एकएक शब्द मेरो हृदयमा छ। जीवनको लामो समय बज्जिका भाषामा बोलचाल गरें। मधेस आन्दोलनको पीडाले आफ्नो थातथलो छाडें। मानिस जहाँ गएपनि केही लैजान नसके पनि भाषा र संस्कृति त अवश्य लगेकै हुन्छ। तर म नेपालीभाषी र पहाडे संस्कृतिको भए पनि लामो समय रमेको माटोको धूलो त ममा छ। मलाई गौरमा अबुझहरू केहीले मधेसमा नेपाली नबोल भनेको बिर्सेको छैन। मेरो मातृभाषा नभएपनि नजिकको प्यारो भाषा त हो बज्जिका। म अबुझ नभएको हुँदा आफ्नो दायित्व निर्वाह गर्न बज्जिकाबारे लेख्ने गर्छु। प्रत्येक देश वा इलाकाको इतिहास वा लोकसंस्कृतिमा अनुश्रुति वा किंवदन्तीहरू निकै महत्त्वको छ। कतिपय अनुश्रुतिहरूको आधारमा पछिल्ला रचनाहरू रचिइएका छन् भने कतिपय अनुभुतियुक्त रचनाहरूको आधार पनि अनुश्रुति बनेका छन्।
यस्तो स्थितिको कारण अनुश्रुति अन्य ऐतिहासिक तथ्यद्वारा प्रमाणित भएका छन् भने कतिपयलाई अनुमानकै आधारमा लिनुपर्ने हुन्छ। नेपालको वंशावली मात्र होइनस पुराण, स्मृति ग्रन्थ आदि पनि अनुश्रुतिकै अन्य प्रमाणहरूबाट पुष्टि भएका र नेपालको प्रागैतिहासिक कालदेखि आधुनिककालसम्मका कतिपय प्रश्नहरूबारे अनुश्रुतिहरूको आधारमा अनुमान रहेकोले यस्ता अनुश्रुतिहरूलाई सहायक आधार मान्नु अस्वाभाविक देखिंदैन। अनुश्रुतिहरू आफ्नो समयको भरपर्दो सामग्री हो। अब आएर निकै प्रक्षिप्त हुनु स्वाभाविकै हो यस कुरालाई नकार्न मिल्दैन।
दु:ख निर्वैयक्तिक र सैद्धान्तिक विशेष हो। कहिले अलिकति विचार अवश्य हुन्छ, दु:खलाई जित्नको लागि नै प्रत्येकको सङ्घर्ष हो। प्रत्येक समाजको भाषा र संस्कृति एकैनासको हुनुपर्छ भनी सोच्नु पनि हुँदैन। तब पनि भाषा र संस्कृतिको कारण आपसमा त्रास फैलाउने प्रयत्न राम्रो होइन। तराईमा बसेका पहाडे मूलकालाई तर्साइयो, यसबाट केहीले सस्तोमा घरजग्गा प्राप्त गरे, तर मधेसी समाजले के पायो, यो प्रमुख प्रश्न हो। धन–सम्पत्तिका लोभीहरूले वितण्डा मच्चाए, पुस्तौंदेखि बसेकाहरूको उपेक्षा गरे। बज्जि भूमिमा पाइने अनुश्रुतिहरू कुनै अन्य प्रमाणबाट पुष्टि भएका र नभएका पनि पाइएका छन्। लोकसंस्कृति र लोकजीवनबारे वैज्ञानिक ढङगले अध्ययन र व्याख्या गर्न सकेमा यहाँको लोक इतिहासको लागि महत्त्वपूर्ण स्रोत हुन सक्ने देखिन्छ।
लोकको संस्कृति नै लोकसंस्कृति हो । लोकको संस्कृति भन्नाले परम्परागत रूपमा लोकमा प्रचलित, लोकमा व्याप्त संस्कृति हो भन्न खोजिएको हो। आस्तिकसँग मेरो विचारमा, सधैं सुखी रहने उपाय हुनुपर्ने हो। तर आफ्नो दायित्वबाट पन्छिएर नाम जपना गर्दा आश्वासन पाउँछन् भने पाऊन्, तर आफ्नो दायित्व पालन गर्न भने तिनीहरूलाई पीडा हुने गर्छ। दायित्व समझाउँदा पीडित हुन्छन् भने होऊन्।
म अहिले बज्जिका लोकसंस्कृतिबारे लेखदैछु। इतर भाषाका मेरा मित्रहरू जो बज्जिकालाई भाषा नै होइन भन्छन्, त्यस्ता रिसाए रिसाऊन्। तर यस भेगका जनताले निकै पुरानो भाषा बोल्छन् र संस्कृति बचाएका छन्। आफ्नो भाषा, संस्कृति र लिपि अपनाउने स्वतन्त्रता लोकतन्त्रले सबैलाई दिएको अनुभव ममा छ। लोकले चलाएको हुनाले लोकसंस्कृतिमा लोकको धारणा, भावना र स्वभावहरू प्रतिविम्बित हुन्छन्। लोकसंस्कृतिमा प्रतिफलित वा प्रतिविम्बित यी भावना र धारणाहरू हस्तान्तरण प्रक्रियाद्वारा समाजको एक पीढीबाट अर्को पींढिसम्म स्वत: जिम्मा लाग्दै जाने मानिसको यो कहिल्यै नमासिने सम्पत्ति हो।
समाजका शोषित, पीडित, निमुखाहरूका कथा–व्यथालाई गायक वा वाचकका माध्यमबाट लोकसंस्कृतिले नै मानिसलाई अवगत गराउँछ। उसका पारखी र पेसावालहरूले जिम्मेवारीसाथ यसलाई पटक–पटक समाजसामु पुर्याएर संरक्षण गर्दछ। समाजको नियम बाहिर लोकसंस्कृतिको शक्तिले स्वाभाविकरूपमा आकर्षित गर्दछ।
लोकसंस्कृतिको पारखी र पेसावाल प्रतिज्ञापरायण रहन्छ, यो धर्मको कारणले हो। यिनीहरू सधै श्रद्धापरायण हुन्छन्, कर्तव्यप्रति अडिग। न्यायपूर्ण समाजको सिर्जनाद्वारा समाजको अग्रगामी रूपान्तरण गर्न लोकसंस्कृतिको सही उपयोग गर्न सकिन्छ। सुख र आनन्दभन्दा दु:ख र वेदनाले मानिसहरूको मनलाई रूमल्छ, अभिभूत, अस्तव्यस्त पार्छ।
त्यस्ता शास्वत मानवीय अनुभूति प्रतिविम्ब लोकाभिव्यक्तिहरू अमर मानवीय सिर्जना बनेका हुन्छन् (
जाति, धर्म, भाषा, संस्कृति आदिका आधारमा समाज निर्माण हुन्छ। प्राचीनकालदेखि नै बज्जिकाको आफ्नो अलग संस्कृति रहेको छ। बज्जीहरूले आफ्नो संस्कृतिप्रतिको श्रद्धालाई कायम राखेका छन्। आफ्नो श्रद्धा रत्तिभर तलमाथि हुन दिएका छैनन्। प्राचीन गणदेखिको आचरण कायम राख्न साधना गरेका छन्। र आज विज्ञहरू साक्षी छन्, बज्जीहरूभन्दा साधनारत आफ्नो संस्कृति टिकाउन र प्राचीन इतिहास संस्मरण गर्न अरू समाजले सितिमिति भेट्दैन। बज्जी संस्कृतिविरुद्ध जति प्रोपगन्डा गरेपनि धूलोझैं उडेर जान्छ। बज्जी संस्कृति किन जीवित रहन सक्यो ? किनभने यिनीहरूले संस्कृतिप्रतिको श्रद्धालाई आफ्नो जीवनमा लागू गरे। यसको आफ्नै रहनसहन, खानपिन, वेशभूषा, देवीदेवता, रीतिरिवाज सबै कुरो अन्यको भन्दा थोरबहुत फरक छ।
यहाँ धेरैजसो शाकाहारी र केही मानिस मांसाहारी छन्। पूजापाठ, जपतप आदिमा मानिसहरूको धेरै विश्वास छ। अत: आफ्नो संस्कारप्रति आसक्त पनि छ। आफ्नो पुरातन संस्कार धर्मपालन गर्छ, बाहयप्रति भने अनासक्त रहन्छ। बज्जिकाभाषी मानिस राम, कृष्ण, हनुमान, दुर्गा, काली, शिव, पार्वती, राधा, सीताको उपासक धेरै छन्। केही मानिस सरस्वती, लक्ष्मी, काली, भगवती, जगदम्बा, वटवृक्ष, तुलसी, केरा, पीपल, अमला, विष्णु, ब्रह्मा, गणेश, नागदेवता, निरञ्जन भगवान, नरसिंह भगवान, ब्रह्म बाबा, भैरोनाथ, विश्वकर्मा , चित्रगुप्तको साथसाथै क्षेत्रीय देवी–देवता, माँ गहिल, बन्नीमाई, गोरआ, सोखा कारीख, गणिनाथ, सलेस, अमरसिंह, केवलसिंह, भूइया बाबा, फेकुराम, नकटीमाई, बुढियामाई आदिको पूजा गर्दछन्।
सम्पूर्ण बज्जिकाभाषी प्रमुखरूपले जुन पर्व मनाउँछन् त्यसमा होली, छठ, दीपावली, दशहरा, नागपञ्चमी, गोवर्धनपूजा, तीज (हरितालिकाव्रत), मकर सङ्क्रान्ति, राखी आदि हुन्।
बज्जिका लोकसंस्कृति सहजरूपमा बुझ्न र ग्रहण गर्नको लागि यहाँको लोकसाहित्य, लोकगीत, संस्कार गीत, लोकजीवनको अध्ययन गर्नुपर्दछ।