- शीतल गिरी
राजकुमारी भृकुटीको इतिहास नेपालको एउटा विवादास्पद विषय हो भन्ने कुरा सर्वस्वीकार्य सत्य हो । प्राचीनकालको यो ऐतिहासिक विवादमा समकालीन नेपाली स्रोतहरू मौन रहेको हुँदा वर्तमानकालसम्म पनि टु·ो लागेको छैन । केही इतिहासकारहरूले भृकुटीको इतिहास नेपालको इतिहासको पाना होइन भन्ने उल्लेख गर्दागर्दै पनि इतिहासका थुप्रै प्रकाशित पुस्तकहरूमा छरिएर रहेका भृकुटीको सामान्य ऐतिहासिक गाथाको सारसङ्क्षेप यस्तो छ– कैलाशकुट भवनमा ई. ६१७ मा जन्मिएकी उदयदेवकी छोरी लिच्छवी राजकुमारी भृकुटी (जो सुन्दर, गुणवती र धर्मपरायण थिइन्)को विवाह छिमेकी राज्य तिब्बतका राजा स्रङ् चङ् गम्पोसँग १६ वर्षको उमेरमा ई. ६३३ मा भयो ।
नेपाली राजकुमारी बौद्ध धर्मानुरागी भृकुटीको सत्प्रयासले असभ्य तिब्बतीहरू बौद्ध धर्ममा दीक्षित भए । भृकुटीले एउटा पुत्रलाई जन्म दिएकी थिइन्, तर ऊ पनि चाँडै नै मर्यो । एकथरी इतिहासकारले राजा स्रङ् चङ् गम्पो ३३/३४ वर्षको अल्पायुमैं मृत्यु भएको भनेकाले र उनका उत्तराधिकारी पनि नाति बनेका हुनाले गम्पोकालीन तिब्बती इतिहासको स्रोतमा राजा स्रङ् चङ् गम्पोको मृत्यु र जन्मको तिथिमिति सम्बन्धमा विश्वसनीयताको अभाव छ । भृकुटी र स्रङ् चङ् गम्पो वैवाहिक सम्बन्धका कारण नेपाल–तिब्बत दुई राज्यबीच राजनीतिक सम्बन्ध मजबुत भएको र नेपालको सार्वभौमिकता अक्षुण्ण राख्न मदत पुर्याएको छ । यी सब कुराको मूलमा तिथिमिति नै छ ।
पहिले कथाको रूपमा प्रचारमा आएका कुरामा विश्वास गर्दथे । असम्भव जस्ता कुराहरूतर्फ महत्त्वाकाङ्क्षा हुन्थ्यो या कथाका वीर नायकप्रति म·लाकाङ्क्षा । प्राचीन समयमा इतिकासको प्रयोजनबारे विवादको आवश्यकता पर्दैनथ्यो । लोकमानस र लोकचित्तलाई या त स्वीकार गर्ने गरिन्थ्यो या आफ्नो कारनामाले त्यसलाई चमत्कृत गर्ने गरिन्थ्यो । राजकुमारी भृकुटीको ऐतिहासिक प्रस·लाई इतिहासकारहरू कसैले कतै अंशुवर्मा र कसैले उदयदेवसँगै कसैले शिवदेव प्रथम र कसैले गोचा भन्ने (काल्पनिक भोटे सामन्त राजा)सँग सम्बद्ध गरी वर्णन गरेका छन् । सबै इतिहासकारहरूको मूलस्रोत ताङ वृत्तान्त र तिब्वतीले एकै स्वरले भृकुटीको विवाह भएको थियो नै भनेका छन् तर के कस्तो परिस्थितिमा उनको विवाह भएको थियो र उनी नेपालका कुन राजाकी छोरी थिइन् भन्नेबारे उनीहरूको मतैक्य छैन । राजकुमारी भृकुटी कसकी छोरी थिइन् भन्नेबारे प्राप्त चारथरी मतहरू (अंशुवर्मा, उदयदेव, शिवदेव प्रथम र गोचा)मध्ये शिवदेव प्रथम भन्ने मत पहिले नै खण्डित भइसकेको हुनाले बाँकी तीन मतहरू भित्रै सत्यता केलाउँदा गोचा भन्ने कुनै छुट्टै व्यक्ति/राजा नभई अंशुवर्मा र उदयदेवलाई बुझाउने तिब्वती भाषाको पर्यायवाची शब्द भएकोले विवादको मूलधार दुईथरी ऐतिहासिक खेमामा विभाजित भएको पाइन्छ । भृकुटी अंशुवर्माकी छोरी भए, ठकुरी वंशकी हुन्छिन् र उदयदेवकी छोरी भए लिच्छवी कुलकी ।
भृकुटीको ऐतिहासिकता सम्बन्धमा आधिकारिक नेपाली इतिहासकारहरूबीच के कस्ता मतभिन्नता र विवाद रहेछन् भन्ने कुराको जानकारी राख्नु सान्दर्भिक हुनेछ । अंशुवर्माले आफ्नी छोरी भृकुटीको विवाह तिब्वती शासक स्रङ् चङ गम्पोसँग भएको सम्बन्धको चर्चा सर्वप्रथम इतिहासकार सिल्वा लेवीले गरेका हुन् । ताङ वृत्तान्त अनुसार तिब्बती विस्तारवादको प्रकोप नेपालमा पनि पर्यो । यसै कारण नेपाली सार्वभौमिकता र राष्ट्रियताको रक्षार्थ तिब्बती विस्तारवादका नायक स्रङ् चङ गम्पोसँग नेपालको वैवाहिक सम्बन्ध स्थापना भएको भन्ने मत प्रकाशमा आएपछि पनि कुनै प्रकारले पुष्टि नगर्दै, तिब्वती स्रोतबारे कतै केही सड्ढेत नपाइँदै नेपाली इतिहासकारहरूले लेवीको उपयुक्त मतलाई स्वीकार गरी थुप्रैपटक यो कुरा उल्लेख गर्दै गए । इतिहास तिथिमितिको आधारमा खोजी गर्नुपर्छ यसतर्फ कसैको ध्यान गएन । विदेशी इतिहासकारले लेखेको नै सत्य हुन्छ भनेर आफ्नो दायित्वबाट नेपाली इतिहास लेखक मुक्त भए । आफ्नो देशको इतिहास आफैंले कोटयाउन चाहेनन् ।
भृकुटी अंशुवर्माकी छोरी हुन् भन्ने कुरा सामान्य नेपाली जनमानसले बुझेको ऐतिहासिक सत्य हो । तर, इतिहास जनमानसले बुझेको भरमा बन्दैन, सर्वप्रथम त स्रङ् चङ गम्पोले उत्तरबाट नेपाल मिच्दै ल्याए र तत्कालीन राजा अंशुवर्माले वैवाहिक सम्बन्धद्वारा तिब्बत अतिक्रमणलाई रोके भन्ने जुन कथन छ, त्यो नै निराधार छ । किनभने नेपाल तिब्बत युद्ध, तिब्बतद्वारा नेपाल आक्रमण जस्तो कुराको समकालीन नेपाली स्रोतले सड्ढेतसम्म गरेको हुनुपथ्र्यो ।
यस कुरालाई हृदय·म गर्दा हिमालपारी राज्य विस्तार गर्ने नीति नै नदेखिएको र यस क्षेत्रको राजनीतिप्रति समेत उदासीन, प्राय: आफैंमा निमग्न रहस्यभूमि तिब्बतले हिमाच्छादित घाटीहरू र हिमालय शृङ्खला काटेर नेपालमाथि आक्रमण गरेको दृष्टान्त इतिहासमा पाइन्न । आधुनिककालमा पनि बहादुर शाहको नायबी कालमा नेपालको सैनिक राष्ट्रवादको कारणले गर्दा नै तिब्बतको ध्यानाकर्षण भएको आधारले हेर्दा पनि तिब्बतको डरले अंशुवर्माले भृकुटी दिएको कुरा सत्य देखिंदैन । इतिहासकार बालचन्द्र शर्माको भनाइमा तिब्बती भाषामा अंशुवर्मालाई होसेर गोच्याङ भनिएको छ तर यो सत्य भने होइन ।
यसै प्रस·मा तेस्रो महत्त्वपूर्ण आधार यस घटनाको सत्यता पत्ता लगाउन यसको तिथिमितिलाई केलाउन सकिन्छ । भिक्षुचर्या ग्रहण गरेका महाराज शिवदेवको राजनीतिक उत्तराधिकारीको रूपमा ई. ६०४–५ देखि शासनमा हर्ताकर्ता भए पनि उनको मृत्यु नहुन्जेल आफूलाई महाराज वा सो सरहको पदमा स्थापित गर्ने काम अंशुवर्माले गरेका थिएनन् । ई. ५७१–६१५ सम्म उनी महासामन्त मात्र थिए, अत: बाबूराम आचार्यको मतानुसार ई. ५९३ मा भृकुटी विवाह भएको भए उनी महाराज अंशुवर्माकी छोरी हुन असम्भव छ । एस. सी. दास र वाडेलको विचारमा विवाह ई. ६४१ मा भएको हो तर कतिपय नेपाली इतिहासकारले तिथिमितिको वास्ता नगर्दा भृकुटी विवाह विवादित बनेको हो, साथै विदेशी दानापानीमा रमेका इतिहासकारको कारण भृकुटीबारे विफलता हात लाग्न पुगेको छ ।
इतिहासको नियमलाई स्वीकार गरेमा नेपालको इतिहासको विवाद सुगम तरिकाबाट सल्टिनेछ । तब स्वच्छ प्रष्ट इतिहास निर्माण हुनेछ । इतिहासविद् मीनबहादुर शाक्यका अनुसार ई. ६३३को (भाद्रपद्)को समयमा श्रङ् चङ गम्पोले भृकुटीको हात माग्न आफ्ना मन्त्रीलाई गोचाको दरबारमा पठाएका थिए र गोचाले कुनै पनि दृष्टिले तिब्वती राजाको उक्त प्रस्ताव अस्वीकार गर्न नसकी भृकुटी दिनु परेको थियो । उपयुक्त भनाईहरूमाथि दृष्टि लगाउादा तिब्वती श्रोतले श्रङ् चङ गम्पोको जन्मको मिती ई. ६१७ बताउने हुादा आचार्यको भनाई मेल खादैन । मीनबहादुर शाक्यले उल्लेख गर्नुभए अनुसार ई. ६१७(६५० गम्पोको जीवनकाल हो । स्मरण रहोस् ई. ६२१मा अंशुवर्मा मरीसकेकाहुनाले उनको समयमा गम्पो र भृकुटीको विवाह भएको थिएन । यो समय उदयदेव सपरिवार तिब्वतमा निर्वासनमा रहेको समय हुादा कैलाशकुट भवनमा उनको शासन पनि थिएन ।
इतिहासका अन्य पुस्तकहरूले पनि ई. ६२१ प्छि ६४१सम्मको समय राजनीतिक सङ्कटपूर्ण रहेको र उदयदेबको शासन कैलाशकुट दरवारमा नभई उनी तिब्वतमा राजनीतिक शरणर्थीभएर रहेको स्पष्ट गरेको छ । तिब्वत निवर्नसनको २० बर्ष पछिमात्र तिब्वती सहायताले (ई.६४१पछि) उनका छोरा नरेन्द्रदेवले गद्धी प्राप्त गरेको हुनाले शाक्यको उपयुक्त भनाईहरू पनि एक आपसमै नमिल्ने देखिन्छ ।
त्यसैगरी बालचन्द्र शर्माको पुस्तकमा एकातिर लेखिएको छ ( “अंशुवर्माकी भोगिनी पट्टिकी छोरी भसकुटीको ई.५९३मा तिब्वतमा श्रङ् चङ गम्पोसंग विवाह भएको थियो ।” विवाह निमित्त गम्पोले मन्त्री पठाई भृकुटीको हात मागेको वर्णन छ भने अर्कोतर्फ बालचन्द्र शर्मा लेख्छन् ( “श्रङ् चङ गम्पोको बढ्दो प्रभावले चीनको पश्चिमी खण्ड खतरामा परेको हुादा चीन सरकारले आफ्नी छोरी वेञ्जिङ उनलाई दिन बाध्यभए जुन राजकुमारीसंग विवाहगर्न र चीनसंग सम्बन्ध गाास्न त्यसबेला पर्सिया, मगध र टर्किका राजकुमारहरू समेत लालायित थिए ।” इतिहासकार शर्मा, ताङ वृतान्त, वाडेल र वावुराम आचार्यको श्रोतमा आधारित उपयुक्त भनाईले पनि एक अर्कालाई काट्छ । यसबाट बालचन्द्र शर्माको नितान्त उत्साह पूर्वक लेखन हुादा हुाच्दै पनि उपलब्ध सामग्री केलाउने विवेक थिएन । विवेकको मूलमा निस्संगता र तटस्थता रहन्छ ।
इतिहास यथार्थको विम्व हो । यानी इतिहास सत्य लेदिनुपर्छ । यसबाट निस्संगता इतिहासको सहज धर्म भएको पुष्टि हुन्छ । तिब्वत र नेपाल बिच हिमालय श्रृंखला भएकोले र तिब्वतको चीनतर्फ बिस्तार भइरहेको हुनाले पनि नेपालले तिब्वतको विस्तारवादी नीति र कार्यक्रमबाट डराई चीनले जे गर्यो, त्यस्तै गरेको हो वा गनुपर्छ भन्ने केही छैन । नेपालले त तिब्ववको भन्दा बढी डर भारतको मान्नुपर्ने स्थिती थियो । किनकी, दक्षिणको खुल्ला सिमाना र भारतको हर्षवद्र्धनको साम्राज्य विस्तार, हर्षसंग वैवाहिक सम्बन्ध गाास्न धर्म, संस्कृति बाधक पनि नहुने, अंशुवर्मा भगवत पशुपति भट्टारक पादानुग्रहित शिव वैष्णव हुन्, अत: चन्द्रवंशी ठकुरी राजाले भोटेलाई त्रासको कारणले छोरी दिएको वा भोटेले हिमालयपारी आएर राजकुमारी मागेको कुरा मान्नलाई दुई राजकुल विचका सांस्कृतिक मुल्यमान्यताले पनि दिदैन । भसकुटीको ऐतिहासिकता सम्बन्धमा यी त भए उनी अंशुवर्माकी छोरी हुन् भन्ने एकथरी मत, जुन प्रमाणको अभावले स्वीकार्य छैनन् । अर्काथरी इतिहासकारहरूले यो वैवाहिक सम्बन्धलाई लिच्छवी राजा उदयदेवसाग जोडेका छन्, यस नाताले भृकुटी नरेन्द्रदेवकी बहिनी भइन् ।
एकातिर वैवाहिक सम्बन्धको कारण अंशुवर्मा मरेपछि ध्रुवदेव र विष्णुगुप्तद्धारा सत्ताच्युत राजपरिवारले तिब्वती शासकको संरक्षण र सहयोग पाएको थियो भने कालान्तरमा २० बर्षको निर्वासनपछि नरेन्द्रदेवले ई. ६४१(६४३ तिर आफ्नो वंशानुगत गद्धी पुन: प्राप्त गरे (?) भन्ने कुरा परेको छ । उदयदेव आरम्भमा राजनीतिक शरणर्थीको रूपमा र भृकुटी विवाहपछि शाही पाहुनाका रूपमा ल्हासामा बस्दै थिए । पछि उनका छोरा नरेन्द्र देवले तिब्वती सेनाको सहयोगले गुमेको वंशानुगत गद्धी पुन: पाप्त गरेको यस तिब्वती स्रोतलाई चिनीया स्रोतले पुष्टि गरेको पनि छ । निश्चित रूपले ई.६२३मा उदयदेवको तिब्वतमा उपस्थिती श्रङ् चङ गम्पोको आफ्नो वंशको सम्बन्ध लिच्छवीहरूको झैं कोशल, मगध र बैशालीका राजाहरूसंग रहेकोभन्ने हुनु (शंकरमान राजवंशी)ले पनि राजनीतिक शरणार्थी उदयवेदले त्यस्तो बिषम परिस्थितीमा सम्भव देखिन्छ । यो विश्वसनीय तर्क हो र यसमा निर्भर हुन सकिन्छ । तिथीमिती, परिस्थितीको आकलनगर्दा यो तर्क सही हो भन्न डराउनु पर्दैन ।
सत्यकुरालाई छाडेमा सहि इतिहास बन्दैन । यदी उदयदेवले ई.६२१पछि सपरिवार तिब्वती राजाकहाा शरण लिइरहेको भए बालककालमा तिब्वत गएकी भृकुटी बौद्ध धर्मको ज्ञाता हुनु कति सम्भव छ । ई.६३३मा सशरणार्थी उदयदेवले गम्पोद्धारा हात मागिएकी छोरी भृकुटी तिब्वत बस्दा बस्दै युवा भईसकेकी हुनाले पनि बाध्यताबश आश्रयदातालाई दिएको हुनुपर्छ । जसको कारणले पनि नरेन्द्रदेवलाई राजा बन्न (ई. ६४१ तिर) तिब्वती राजाले सहयोग दिनु सम्भव छ । अत: यो विवाह रहरको नभई करको भएकोले पछि पनि कतै उल्लेख गर्नुपर्ने नरेन्द्रदेवले ठानेनन् । गौरब गर्नुपर्ने कारण नभएकोले नेपाली पक्षबाट भृकुटीको इतिहास मौन रह्यो ।
नेपातर्फबाट भरपर्दो ऐतिहासिक स्रोतले पुष्टि वा खण्डन नगरेसम्म भृकुटीलाई उदयदेवको छोरी मान्नु अनुचित पनि हुनेछैन । भृकुटी विवाहवारे प्राप्त स्रोत एकपक्षीय र अपुष्ट छन् र नेपालतर्फको प्रमाणले पुष्टि गरेको खण्डमा मात्र गोचा शब्दको पर्यायलाई आधार मान्न सकिन्छ । अत: त्यस विषयमा यसैहो भन्ने किटानसाथ भन्न र लेख्न अझै केही समय पर्खनै पर्छ । जे होस्, उपयुक्त दुई मूलधारबीचमा प्रवाहित राजकुमारी भृकुटीको विादास्पद इतिहासको प्रसंगलाई स्पष्टरूपले न त अंशुवर्मासंग जोडेर न त जयदेवसंग गाासेर नै निष्कर्षमा पुग्न सकिने स्थिती छ । भृकुटी अंशुवर्माको छोरी हुन् भन्नलाई तिथीमितिको प्रमाणले दिदैन भने उदयदेवकी छोरी हुन् भन्नलाई तिथीमितीले दिएपनि विरोधाभाषपूर्ण घटनचक्रम र अस्पष्ट ऐतिहासिक आधारले दिदैन । यस्तो अवस्थामा नेपालको आन्तरिक परिस्थितीको सही मूल्यांङ्कन गरेर मात्र समाधान निकाल्न सकिनेछ । सत्य कुरालाई नकार्नु राम्रो होइन । तब पनि इतिहासको धर्म पहिचान गर्नै पर्छ । आाखा उघारेर थप प्रमाण जुटाउने कार्यमा लाग्नै पर्छ । तबमात्र भृकुटी विवाह विवादास्पद रहने छैन ।
सत्यको खोजी गरिदा मिथ्या कुराहरू शिथिल बन्न पुग्दछ । नेपालको प्राचिनकालकी राजकुमारी हुन् भृकुटी, जो विवाह गरेर तिब्वतमा दिइएकै थिइन् भनने कुरा चिनियाा, तिब्वती, युरोपेली र भारतीय विद्धानहरूले बारम्बार उल्लेख गरेका छन् । साधना मालाले वर्णन गरे अनुसार “मुकुटमा अभिताभ (शाक्यमुनि बुद्ध पूर्वका ६ बुद्धहरूमध्ये एक)को मूर्तिको छाप भएको, अर्धचन्द्राकार कमलमा विराजमान, पीतवर्ण, त्रिनेत्र, चतुर्बाहु, युवा मुहार, एक हात बरद मुद्रामा अर्कोमा जयमाला बााकी दुईमा त्रिदण्ड रकमण्डल लिएकी देबी शक्ति (भृकुटी) अभिताभकी शक्ति हुन् ।” हुनसक्छ आफ्नो जङ्गली सभ्यता र धर्मलाई ध्यानमार्गी बौद्ध संस्कृतिले परिस्कृत परिमार्जन गरी उज्यालो सभ्यतातिर उन्मूख गराईदिएकी हुनाले तिब्वती समाज जसले आफ्नो राजा श्रङ् चङ गम्पोलाई अबलोकेश्वर अबतार मान्दथ्यो । नेपनली लिल्छवी राजाले बाध्यताबश तिब्वतमा सुम्पनु परेको र लोकलज्जाले आफ्नो कुनै अभिलेखमा उल्लेख नगरेको छोरी भृकुटीलाई उनको महत्वपूर्ण योगदानको कदर गर्दै हरिततारको नामको दोसल्ला ओढाईएको होस् । बाध्यतावश छोरी भोटेलाई दिनुपर्दा लिच्छवीहरूले उनको नाम कतै उल्लेख नगरेको हुन सक्छ ।
इता आएर उनको नाममा भृकुटी मण्डप बनाइयो र यनलाई विभूति बनाई प्रदर्शनकक्षको आल्मारीमा थन्काइयो । तर भृकुटी थन्क्याइनहुने मात्र होइनन् । भृकुटीलाई तिब्वतमा भोटेहरूले जंगली सभ्यताबाट सभ्य सभ्यतामा ल्याउने महान धर्मअभियन्ताको रूपमा लिइन्छ । स्वभावत: निर्वार्थ त्यागको भूमिकाको कदर गरिएको हुनुपर्दछ । नेपालको इतिहासकार राष्टिूय स्वार्थको हितको अधिनमा हिड्ने प्राणी होइनन् । यसोभएको हुादा नेपालको उतपत्तिदेखि लिएर भृकुटिसम्मका धेरै कुरो ‘भगवान भरोसे’ रहेको छ । यसकारण नेपालको तथ्यष् परक सत्य इतिहासको खोजी गर्न खन्वेषकहरू म्नबाट जागृत हुनु परेको छ । इतिहासका प्रमाण कुनै कुनामा होला, लिखित अथवा लोकको बोलिमा बााचेको होला । लोकको बोली या लेखोट सुरक्षित अथवा असुरक्षित अवश्य छ, यसको संभावना धेरै छ । संगठीत रूपमा अगाडी बढेमा केही तथ्य अवश्य हात पर्ने नै छ । तर मुलुकको राजनिती स्वार्थले विगारेको यस स्थितिमा काम गर्न सहज भने छैन । चित्लाङ(६/मकवानपुर