- अनन्तकुमार लाल दास
मैले पछिल्लो आलेखमा चिन्ता होइन चिन्तन गर्नुपर्छ भनेको थिएँ । चिन्तनको सामान्य अर्थ कुनै पनि विषयमाथि सोचविचार अर्थात् छलफल गर्नु बुझिन्छ । जुनबेला यसका लागि विषय निर्धारित गर्नुपर्ने हुन्छ, त्यसबेला हामीले यस्ता विषयलाई रोज्छौं, जसको बारेमा केही न केही हामीलाई थाहा हुन्छ । यसो गर्दा हामीलाई के लाग्दछ भने यस सम्बन्धमा छलफल गर्न सजिलो हुनेछ । यस आलेखमार्फत् चिन्तन सम्बन्धमा मैले आफ्नो केही भिन्न मत राख्ने जमर्को गरेको छु ।
तपाईं आफ्नो रुचिअनुसार कुनै पनि विषय रोज्न सक्नुहुन्छ र त्यसमाथि चिन्तन गर्न सक्नुहुन्छ तर यो चिन्तन परम्परागत हुनुभएन । कुनै पनि कुरामाथि विचार गर्दा के बिर्सनुहुन्न भने हाम्रो दिमाग पहिलादेखि नै सोचेका कुराहरूलाई बढी दोहोर्याउन खोज्दछ । अर्थात् हाम्रो मस्तिष्कले हामीलाई पहिलादेखि नै मस्तिष्कमा रहेका कुराहरूलाई स्मरण मात्र गराउन खोज्छ । विद्यार्थीहरू प्राय: यहींनिर धोखा खाने गर्दछन् । हामीहरूले यसै धोखाबाट बच्ने प्रयास गर्नुपर्छ किनभने याद गर्नु भनेको त काम गर्नु हो, कसरत गर्नु होइन ।
दिमागी कसरतको दृष्टिकोणले चिन्तन गर्नु भनेको केही नयाँ सोच्ने, केही नयाँ गर्ने, केही यस्तो गर्ने जसको बारेमा पहिला न त पढिएको होस्, न त बुझिएको होस् वा न त सुनिएको होस् । यो काम सजिलो पनि छैन भने कठिन पनि छैन । यसको लागि सबैभन्दा पहिला के आवश्यक छ भने समयतालिकाको विषयमाथि चर्चा नगरी केही यस्ता उटपटयाङ विषयमाथि चिन्तन गर्ने जसलाई सुनेर मान्छेले तपाईंलाई पागल बुझोस् । उदाहरणको लागि तपाईंले यस्तो जीवको कल्पना गर्नुहोस्, जसको शरीर गैंडा जस्तो, टाउको सिंह जस्तो, दिमाग मान्छे जस्तो, दाँत कुकुर जस्तो र कपाल भालु जस्तो होस् । यस्तै वा अरू कुनै विचित्र जीवको परिकल्पना गर्नुहोस् । यस्ता जनावरको चित्र मस्तिष्कमा कोरेपछि त्यसको स्वभाव, कार्यशैली र अरू जनावरले त्यसप्रति राख्ने दृष्टिकोण आदि सम्बन्धमा सोच्नुहोस् । तपाईंले एउटा नयाँ जीवको रचना गरेको जस्तो अनुभूति हुन्छ । दोस्रो, तपाईं कुनै पनि विषयमाथि उल्टो सोच्न शुरू गर्नुहोस् । जस्तै रूखको पखेटा भए के हुन्थ्यो ? चन्द्रमा दिनमा उदाए भने के हुन्छ ? मानिस यदि चारखुट्टे प्राणी भएको भए के हुन्थ्यो ? यस्ता हजारौं विचारहरू हुन सक्छन् ।
दिमागी कसरतको हिसाबले तेस्रो हो विचारप्रधान लेखन । अर्थात् कुनै पनि एउटा विषय सम्बन्धमा आफ्नैतर्फबाट सोचेर लेख्नु । जस्तै तपाईं जुन बसबाट घर फर्किरहनुभएको छ त्यो दुर्घटनाग्रस्त भयो । यस घटनालाई केन्द्रबिन्दुमा राखेर आफ्नोतर्फबाट केही नयाँ विचार लेख्ने प्रयास गर्नुहोस् । विचारप्रधान लेखनका लागि आफ्नो मस्तिष्कमा केही प्रश्नहरू कोर्नुहोस् । जस्तै दुर्घटना किन भयो ? मानिसहरू घर कसरी फर्कन्छन् ? आफन्तहरूका प्रतिक्रिया के के हुनसक्छन् ? दुर्घटनालाई कसरी रोक्न सकिन्थ्यो ? आदि आदि । त्यसपछि यी प्रश्नहरूको जवाफ लेख्ने प्रयास गर्नुहोस् । यो तपाईंको विचारप्रधान लेख हुन्छ । के तपाईं समाचारपत्रमा लेखिएको सम्पादकीय प्रतिदिन पढ्नुहुन्छ ? मलाई थाहा छ तपाईं पढ्नुहुन्न । मेरो सल्लाह के छ भने त्यसलाई अवश्य पढ्नुहोस् । तपाईंले यसलाई पढ्दा के थाहा हुन्छ भने कसरी एउटा सानो घटनालाई लिएर आफ्नो विचार प्रकट गर्ने कोशिश गरिएको छ । यो तपाईंको सोच्ने शक्तिको विकास गर्ने राम्रो अभ्यासको साथसाथै मस्तिष्कको लागि राम्रो खुराक हुनसक्छ ।
वादविवादलाई मस्तिष्कको व्यायामको लागि चौथो तरिकाको रूपमा लिन सकिन्छ । तर ध्यान दिनुपर्ने कुरा के हो भने घरबाट तयारी गरेर प्रस्तुत गरिएका त्यस्ता तर्कहरूलाई यहाँ वादविवाद भन्न खोजिएको होइन । वादविवादको अर्थ यहाँ के हुन्छ भने तपाईंले कुनै कुरा सुन्नुभयो र तत्काल सोचेर आफ्नो तर्क प्रस्तुत गर्नुभयो । अर्को शब्दमा भन्ने हो भने अन्ताक्षरीले वादविवादकै चरित्रको प्रतिनिधित्व गर्दछ । हुनत अन्ताक्षरीमा पहिलादेखि नै मस्तिष्कमा भएका कुराहरूलाई नै दोहोर्याइन्छ तर यसमा स्मरणशक्तिको राम्रो अभ्यास हुन्छ । अन्ताक्षरीको सरोकार तपाईंलाई कति गीत याद छ भन्नेसँग हुँदैन । यसको सरोकार आवश्यकताअनुसारको गीत तपाईंलाई तुरुन्तै याद आउँछ वा आउँदैन भन्नेसँग हुन्छ । वादविवादको अर्थ पनि के हुन्छ भने पहिलो वक्ताले जे तर्क प्रस्तुत गर्छ त्यसलाई नै आधार बनाएर अर्को वक्ताले आफ्नो तर्क प्रस्तुत गर्छ । यस कारण वादविवादका लागि आफ्नो मस्तिष्कलाई सुन्ने र बोल्ने बेला दुवै अवस्थामा सतर्क अवस्थामा राख्न जरुरी हुन्छ किनभने राम्रो श्रोता नै राम्रो वक्ता पनि हुन्छ ।
दिमागी कसरतको रूपमा योगाभ्यासको पनि थोरबहुत भूमिका छ । अर्थात् योगले हाम्रो शरीरमा स्थित मस्तिष्क नामको यस अ·लाई चुस्तदुरुस्त राख्नमा सन्तुलित भोजन जस्तै सहयोगीको भूमिका निर्वाह गर्दछ । यस कारण योगलाई मस्तिष्कको प्रत्यक्ष आहार पनि भनिएको छ । जसरी हाम्रो शरीरमा कोशिकाहरू, तन्त्रिकाहरू, माँसपेशीहरू र हड्डीहरूको सञ्जाल फैलिएको छ, त्यस्तै हाम्रो मस्तिष्कमा पनि असङ्ख्य साना–साना कोशिकाहरू (न्यूरोन्स) पाइन्छन्, जो पातलो धागोद्वारा एकअर्कासँग जोडिएका हुन्छन् । शारीरिक व्यायाम र श्रमबाट शारीरिक अ·हरूलाई स्वस्थ राख्न सकिन्छ तर हाम्रो टाउकोभित्र सुरक्षित ठाउँमा रहेको मस्तिष्कसम्म पुग्न व्यायाम वा श्रम मात्र पर्याप्त हुँदैन । यस कारण त्यहाँसम्म पुग्नको लागि योग एउटा सशक्त आन्तरिक माध्यम हो । विद्यार्थीहरूले प्राय: मसँग सोध्ने गर्छन्, हामीले कसरी पढाइप्रति आफ्नो ध्यान केन्द्रित गर्न सक्छौं ? भयरहित परीक्षा कसरी दिन सकिन्छ ? कसरी पढिएका कुराहरूलाई याद राख्न सकिन्छ ? यी प्रश्नहरूको जवाफको केन्द्रमा पनि योगको पद्धति रहेको छ । हाम्रो मस्तिष्कमा ज्ञानको तीन भाग हुन्छ– स्मृति, तर्क र बुझाइ । विद्यार्थीहरूले यिनै तीन कुराहरूबीच सन्तुलन कायम गरेपछि सबै सम्भव हुन्छ । बाबा रामदेवका अनुसार योग शरीर र मस्तिष्कको क्षमतालाई वृद्धि गर्ने एक साधनको रूपमा हाम्रो पूर्वजहरूको देन हो, यसको विकास शरीरको प्राकृतिक सिद्धान्तको आधारमा गरिएको छ, अर्थात् शरीरको स्वभाव अनुकूल यस पद्धतिको विकास गरिएको छ ।
हाम्रो शरीरमा धेरै किसिमका ग्रन्थिहरू हुन्छन् । यिनै ग्रन्थिहरूमध्येको एउटा ग्रन्थि हो– पीनल ग्रन्थी । यो टाउकोको मध्य भागमा हुन्छ । यसै ग्रन्थिबाट हाम्रो मस्तिष्कको सेलेब्रल भागको निर्माण हुन्छ । आठ वर्षको उमेरपछि यो नष्ट हुन थाल्छ । योगले यस ग्रन्थिलाई स्वस्थ राख्ने तथा यसको समयावधिलाई बढाउने काम गर्दछ । यस ग्रन्थिलाई स्वस्थ बनाउनका लागि योगको तीन विधि प्रचलित छ । पहिलो विधि हो– सूर्य नमस्कार, दोस्रो हो– प्राणायाम र तेस्रो हो– त्राटक ।
सूर्य नमस्कार मुख्यत: शरीरको पाँच बेग्लाबेग्लै मुद्रामा आधारित छ । यो पाँचवटै मुद्राले शरीरको विभिन्न भाग र ग्रन्थिहरूलाई प्रभावित गर्दछ । यो योग बिहानको शान्त वातावरणमा गरिन्छ । सूर्य नमस्कारको प्रमुख उद्देश्य शरीरमा रक्त सञ्चारलाई व्यवस्थित गर्नु, शरीरका विभिन्न अ·हरूलाई ऊर्जा प्रदान गर्नु र श्वासप्रश्वासमाथि नियन्त्रण कायम गर्नु हो । हाम्रो जीवनमा श्वासप्रश्वासको महत्त्वपूर्ण स्थान छ । योगशास्त्रमा के लेखिएको छ भने हामी आफ्नो श्वासमाथि नियन्त्रण गरेर मस्तिष्कका अनेकौं गतिविधिहरूमाथि नियन्त्रण गर्नुका साथसाथै मस्तिष्कको स्थितिलाई पनि परिवर्तन गर्न सक्छौं । श्वास नियन्त्रणले हाम्रो तनावलाई पनि कम गर्छ र हामी भित्रैबाट शान्त र बलियो भएको अनुभूति गर्छौं ।
प्राणायाम धेरै प्रकारका हुन्छन् । तर विद्यार्थीहरूका लागि तीनवटा प्राणायाम गर्ने सल्लाह दिन सकिन्छ । पहिलो ॐ को उच्चारण, दोस्रो भ्रामरी र तेस्रो अनुलोम–विलोम । “ॐ” विश्वको कुनै पनि भाषाको यस्तो विचित्र ध्वनि हो, जुन पाँच ध्वनिहरू मिलेर बनेको छ । हामी सबैलाई थाहा भएको कुरा हो, स्वरको निर्माण एउटै ध्वनिले र व्यञ्जनको निर्माण दुईवटा ध्वनि जसमा एउटा स्वर र एउटा व्यञ्जन हुन्छ । जस्तै “अ”मा एउटै ध्वनि हुन्छ । यस कारण यसको उच्चारण गर्दा प्रारम्भदेखि अन्त्यसम्म “अ” नै सुनिन्छ । अर्को ध्वनि हो “क” जसमा “क्” पनि छ र “अ” पनि । यस कारण यसको उच्चारण गर्दा शुरूमा “क” र अन्त्यमा “अ” सुनिन्छ । तर “ॐ” यस्तो अद्भूत ध्वनि हो, जसमा पाँचवटा ध्वनिहरू सामेल छन् । तर लेख्दा एउटै अक्षर लेखिन्छ । यो पाँच ध्वनिहरू हुन्– अ+ऊ+ओ+म्+अ । आफ्नो यसै अनौठो संरचनाका कारण यो ध्वनि धेरै शक्तिशाली बनेको छ ।
यस ध्वनिको उच्चारण पलेटी कसेर शान्त मनले आँखा बन्द गरी श्वासलाई विस्तारै भित्र तान्दै र विस्तारै बाहिर छाड्दै गरेको अवस्थामा गर्नुपर्छ । तपाईंले भौतिकशास्त्रमा ध्वनिको शक्तिबारेमा पढ्नुभएकै होला । उदाहरणका लागि कुनै ठाउँमा बम विस्फोट हुँदा त्यसबाट निस्कने ध्वनिले वरिपरिका घरहरूका झ्यालका शीशाहरू फुट्छन् । त्यस्तै “ॐ”को उच्चारण गर्दा यसबाट निस्कने ध्वनितर·हरूले हाम्रो शरीरमा भएका नसाहरूलाई झङ्कृत गर्दै मस्तिष्कमा भएका कोशिकाहरूलाई मालिश गर्ने काम गर्छ । विद्यार्थीहरूले यहाँ के ध्यान दिनुपर्ने हुन्छ भने “ॐ”को उच्चारण गर्दा आँखा बन्द गरेर मनलाई ध्वनिमाथि केन्द्रित गर्ने प्रयास गर्नुपर्छ ।
भ्रामरी पनि एक प्रकारको ध्वनि योग नै हो । यस प्राणायामलाई जुन बेला पनि गर्न सकिन्छ । यो गर्नका लागि पलेटी कसेर बस्ने, आँखा बन्द गर्ने र दुवै हातको बूढी औंलाले दुवै कानलाई बन्द गर्ने, मुखलाई बन्द राख्ने, नाकबाट विस्तारै लामो श्वास लिने र भमरो जस्तै आवाज निकाल्दै श्वासलाई विस्तारै छाड्ने । यस प्रक्रियालाई पाँचदेखि सातपटकसम्म र दिनमा एकचोटि गर्नु विद्यार्थीको लागि पर्याप्त हुन्छ । यस ध्वनिको प्रभाव खासगरी घाँटीमा रहेको स्वरयन्त्रमाथि पर्छ र यसले हाम्रो मस्तिष्कका कोशिकाहरूलाई सक्रिय बनाउने काम गर्छ ।
यो दुवै प्रकारको ध्वनि योगलाई विद्यार्थीहरूले नियमित गर्नुपर्दछ । यसो गर्दा विद्यार्थीहरूले आफ्नो मस्तिष्कलाई सक्षम बनाउन सक्छन् । “मलाई धेरै बेरपछि केही कुराको ज्ञान हुन्छ, शिक्षकले पढाएको केही बुझ्दिनँ, म छिट्टै कुनै कुरा बिर्सन्छु” जस्ता विद्यार्थीहरूका गुनासाहरू स्वत: हटेर जान्छ । तर यसको लागि विद्यार्थीहरूले धैर्य राख्नुपर्छ र नियमित अभ्यास गर्नुपर्छ । मेरो सल्लाह त के छ भने यसलाई त्यसबेलासम्म गर्नुहोस् जुनबेलासम्म तपाईं आफ्नो दिमागलाई ठीक राख्न चाहनुहुन्छ अर्थात् आजीवन गर्दा बेस हुन्छ ।