- डा. नीरजकुमार सिंह
यो आधुनिक युगमा मधुमेह एउटा महामारीको रूपमा स्थापित भएको छ । जब मधुमेहलाई नियन्त्रण गर्ने प्रश्न उठ्छ, त्यसबेला यस रोगको वास्तविकता थाहा पाउनु झनै महत्त्वपूर्ण हुन्छ । हाम्रो समाजमा मधुमेह सम्बन्धी धेरै आमधारणाहरू स्थापित भए तापनि ती सबै सत्य होइनन् । हालसालै केही दिन अगाडि बिरामी हेर्ने क्रममा एकजना बिरामीले आएर भन्नुभयो–“डाक्टर साहब, तपाईं मेरो ब्लड प्रेसर कन्ट्रोल गरिदिनुस्, सुगर त निदान गर्ने उपाय मलाई थाहा छ ।”आश्चर्यचकित भई मैले बिरामीलाई अनुरोध गरें– मलाई खुसुक्क भन्नुस् । “छिमेकी राष्ट्र भारतको एउटा शहरमा पञ्जाबी डाक्टरले एउटा यस्तो जडीबुटी दिन्छन् जसले ३ महिनामा मधुमेह निको हुन्छ”– बिरामीले जवाफ दिनुभयो । वास्तवमा त्यो जडीबुटी ३ महिना खाएर पनि निदान त के रगतमा ग्लुकोजको मात्रा नियन्त्रण नभएको धेरै बिरामीहरू मैले भेटिसकेको जानकारी बिरामीलाई गराएँ ।
डाइबेटिजको स्थायी उपचार छैन र यसको निदान हुन सक्दैन । यो एउटा ब्रह्मसत्य हो । बेलायतमा गरिएको एक अध्ययन अनुसार मधुमेहको डाइग्नोसिस चिकित्सकले गर्दासम्म हाम्रो शरीरको अग्नाशय (प्याङ्क्रियाज) को ५० प्रतिशत बिटा–२ कोषहरूले काम गर्न छोडिसकेको हुन्छ, अर्थात् इन्सुलिन निकाल्न सक्दैन । त्यसरी काम गर्न छोडेका कोषहरू मृत झैं हुन्छ । आधुनिक चिकित्सा पद्धतिमा प्रयोग हुने सबै औषधिहरूले हाम्रो शरीरमा भएको बाँकी ५० प्रतिशत कोषबाट थप इन्सुलिन निकाल्न मदत पुर्याउँछ वा निस्केको इन्सुलितको कार्यदक्षता बढाउँछ । इन्सुलिनको सुई प्रयोग गरेर शरीरलाई चाहिने इन्सुलिन बाहिरबाट पूर्ति गर्छौ । अहिलेसम्म कुनै पनि अध्ययनले अग्नाशय (प्याङ्क्रियाज)को बिटा–२ कोषलाई पुनर्जीवन दिने औषधि वा जडीबुटी पत्ता लागेको देखाएको छैन । मानव शरीरको अग्नाशयमा बिटा–२ कोषको प्रत्यारोपण गर्ने सोचहरू विश्वव्यापीरूपमा तीव्र छ । यो प्रत्यारोपण मेडिकल साइन्सको लागि ठूलो चुनौती हो । यस कोषको सफल प्रत्यारोपण भएमा मात्र यो रोग निदान हुन सक्छ ।
हाम्रो समाजमा रगत धेरै गुलियो शर्बत झैं भयो र रगतलाई तीतो बनाउनु नै उपचारको उद्देश्य ठानिन्छ । त्यसकारण बिरामीहरू तीतो वस्तु जस्तै: करैलाको जुस, निमको पातको जुस, चिरैताको सेवन गर्दछन् । जुन खान धेरै कष्टदायी हुन्छ । यसले मधुमेह ठीक हुन्छ भनेर दाबी गर्न मिल्दैन तर शरीरलाई कष्ट भने अवश्य हुन्छ । उपचारको मुख्य उद्देश्य रगतलाई तीतो बनाउनु नभएर रगतमा भएको ग्लुकोजलाई शरीरको विभिन्न अ·को कोषभित्र छिराएर ऊर्जा आर्जन गराउनु हो । रगतमा भएका ग्लुकोजका अणुहरूलाई कोषभित्र छिराउने काम इन्सुलिनबाहेक अरू कुनै चीजले गर्न सकेन । रगतमा ग्लुकोजको मात्रा कम गर्नुका साथै हृदय, मृगौला (किडनी), आँखा र ज्ञान तन्तु (नर्भ) हरूलाई गम्भीर कम्पलिकेसनबाट वर्षौं वर्षसम्म टाढा राख्नु उपचारको मुख्य उद्देश्य हो ।
मधुमेह रोगीले फलफूल सेवन गर्नुहुँदैन भन्ने सोच पनि विद्यमान छ । फलफूल गुलियो हुन्छ र यसले मधुमेह झनै बिगार्छ भन्ने सामाजिक मान्यता छ । वास्तवमा फलफूलहरू रेसादार, भिटामिन र खनिजले भरिएको बोसोरहित खाद्य पदार्थ हो । नियमित समयमा एउटा, दुईवटा फलफूल सेवन गर्नाले हाम्रो शरीरलाई कब्जियत, हृदयरोग र शरीरमा भएको बोसोलाई समुचित सन्तुलनमा ल्याउन मदत पुग्दछ । मधुमेह एउटा निश्चित आयुमा हुन्छ भन्ने भ्रम पनि हाम्रो समाजमा विद्यमान छ । केही मानिसहरू यो रोग ४० वर्षको उमेरपछि मात्र लाग्छ भन्ठान्छन् । तर वास्तवमा बच्चा र युवालाई हुने मधुमेह अरू वयस्कलाई हुने मधुमेहभन्दा फरक खालको हुन्छ । बालबालिका र युवाहरू प्राय:जसो प्रकार– १ मधुमेहबाट पीडित हुन्छन् र उनीहरूको शारीरिक विकास राम्रोसँग भएको हुँदैन ।
मधुमेहको बिरामीले मिठाई छुनै हुँदैन भन्ने सोच पनि विद्यमान छ । जबकि मधुमेह रोगीहरूले केही हदसम्म सन्तुलित भोजनको रूपमा मिठाई खान सक्छन् । यसको लागि उनीहरूले आफ्नो भोजनको कार्बोहाइड्ेरटको कुल मात्रामा नियन्त्रण गर्नुपर्छ । मिठाईबाट क्यालोरी मात्र पाइन्छ, पोषण होइन, त्यस कारण मिठाई सीमित मात्रामा खान सकिन्छ तर ठ्याम्मै खान नहुने पनि होइन ।
आम धारणा के पनि छ भने मोटापा अर्थात् धेरेै वजन भएको व्यक्तिलाई मात्र मधुमेह रोग लाग्छ । जबकि हरेक मोटो मानिस मधुमेहले ग्रस्त हुँदैन । तर मोटो व्यक्ति मधुमेह रोगको चपेटामा आउने सम्भावना भने प्रबल हुन्छ । सामान्यतया शारीरिक वजन नियन्त्रण गरेर यस रोगको बचाव गर्न सकिन्छ ।
मानव शरीरको सबैभन्दा ठूलो दुश्मन मधुमेह हो । र यसका बिरामीले निम्न कुराहरूमा ध्यान राख्नु जरुरी छ ।
१) नियमित ब्लड सुगर लेबल जाँच गराउने ।
२) कुनै प्रकारको घाउलाई खुला नछोड्ने
३) इन्सुलिन लिएको २०–२५ मिनेटभित्र खाना खाने
४) धेरै भोको नबस्ने
५) धूमपान नगर्ने
६) फलको जुस होइन, फल सेवन गरौं
७) शारीरिक वजन नियन्त्रण गरौं ।