- सञ्जय साह ‘मित्र’
मानिस सामाजिक प्राणी हो र समाजमा मिलेर बस्नुलाई मानवीय गुण मानिन्छ । कोही जतिसुकै ज·ली स्वभावको भएपनि उसलाई एक्लै ज·लमा बस्नुभन्दा समाजमा एकाकी भएर बस्छ । बरु समाजमा कसैसित मिलेर बस्दैन र समाजका सबैलाई खराब नै भन्दछ तर पनि उसलाई अरू गाउँ र देशभन्दा आफ्नै गाउँमा बस्न मन लाग्छ । जहाँसुकै गएपनि आफ्नो गाउँ र आफ्नो घर फर्कन हतार हुन्छ । समाजको अनिवार्यतालाई उसले घरमा कुनै ठूलो काज पर्दा महसुस गर्छ । घरमा ठूलो परपाहुना आउँदा वा कतै आफूलाई सिफारिस गर्न लगाउनुपर्दा समाजको आवश्यकतालाई बढी अनुभूति गर्न पुग्छ । जब समाजले कसैलाई बहिस्कार गर्छ, तब उसलाई समाजको बढी आवश्यकता महसुस हुन्छ । समाजलाई आफ्नो आवश्यकता अनुभूति नगर्नेले पनि यस्ता अवसरमा समाज चाहिने बुझ्छन् ।
समाजमा सबै किसिमका मानिस बस्छन् । सबै किसिमका भन्नुको अर्थ जात, धर्म, संस्कृति, शिक्षा र उमेरजस्ता कुरा त आइहाल्छन् तर यतिले मात्र समाजलाई असल वा कुरूप बनाउने होइन । समाजलाई राम्रो वा खराब बनाउने अनेक कुराहरूमध्ये मानिसको सोचाइ पनि एक हो । सोचाइले नै मानिसलाई कति ठूलो वा सानो निर्धारण गर्दछ भन्ने कुरा बुद्धिजीवीहरूमा सामान्यतया प्रचलनमा रहेको छ तर बुद्धिजीवीहरूले नै गल्ती नगर्ने होइन । यदि बुद्धिजीवीहरूले गल्ती नगर्ने हो भने बढी पढेलेखेको समाज वा देशमा अपराध कम हुन्थ्यो तर यसो हुन सकेको छैन । समाजको बनोट जस्तो छ, अपराध पनि त्यस्तै किसिमको देखिएको छ । अपराधको स्तरमा पनि समाजले प्रभाव पारेको हुन्छ । फेरि समाजलाई बढी सभ्य र सुसंस्कृत बनाउने पनि यही शिक्षितवर्ग नै हो । समाजलाई अगाडि बढाउन र कुरूपताको बाटोमा लैजाने यही वर्ग भएकोले कतिपयले बौद्धिकवर्गलाई ढुलमुले वर्ग र कतिपयले अवसरवादी पनि भन्ने गरेको देखिन्छ । बुद्धिजीवीहरू तुलनात्मकरूपमा बढी कायर हुन्छन् भन्ने सामान्य मान्यता त जनमानसमा रहेको हुन्छ नै, यसको के कारण हो भने यो वर्ग बढी सोचविचार गरेर मात्र कामको थालनी गर्दछ र काम थाल्नुभन्दा पहिले विश्लेषण गर्न जानेको हुन्छ ।
वर्तमान नेपाली समाज अनेक किसिमले विविधतापूर्ण रहेको छ र दिनानुदिन थप विविधतापूर्ण बनिरहेको छ पनि । यसको अन्तरबाह्य सम्बन्ध र शिक्षा अनि चेतनाको विकासका साथै पुरातन दृष्टिकोणको कारणले यस्तो भएको हो । नेपाली समाजको मानसिकता झल्किने खालका समाचारमूलक अखबारहरूमा अनुहार देख्न पाइन्छ । मानिसले आफू जतिसुकै सभ्य भने पनि वा पृथ्वीका अन्य प्राणीभन्दा माथि ठाने पनि ऊ कहाँ छ भन्ने कुरा व्यवहारले देखाउने रहेछ । मनोविश्लेषणात्मक सोचाइ राख्नेहरू के भन्छन् भने मानिसको व्यवहार उसको शिक्षाले भन्दा पनि मानसिकताले बढी निर्देशित हुन्छ । शिक्षाले केही हदसम्म नियन्त्रण गर्न सक्छ तर निर्देशित हुने भनेको मानसिकताबाटै हो । अवसर पाउनासाथ उसको सक्कली अनुहार बाहिर आइहाल्छ । अहिले पशुवत् व्यवहारका दुई घटना सार्वजनिक भएका छन् । एकजना तेह्र वर्षकी बालिका बलात्कृत र अर्को एक तेह्र वर्षीया बालिकाले बच्चा जन्माइन् भन्ने ।
बालबालिकाले खेल्ने–खाने उमेरलाई पनि राम्ररी नबुझी कोही बलात्कारको शिकार भइरहेका छन् भने कोही ललाइफकाइमा परी गर्नु नगर्नु काम गराएर समाजका केही कुत्सित दुरात्माहरूले समाजलाई बिगार्ने काम गरिरहेका छन् । यति मात्र होइन, यस्ता बालबालिकाको भविष्य पनि बिग्रिरहेको तर्फ समाजको ध्यान गइरहेको छैन । समाजका कथित ठूला सदस्यले यस्ता अपराधीहरूको संरक्षण गरिरहेका हुन्छन्, जसले गर्दा अपराधीको मनोबल बढ्ने मात्र नभई अरूले पनि प्रोत्साहन पाउँछन्, पाइरहेका छन् पनि । समाजको ऐना भनेर चिनिने पत्रकारिता क्षेत्र पनि अछूत रहन सकेको छैन । कार्यस्थलमा नै महिलामाथि यौन दुव्र्यवहार हुने गरेको समाचार समय–समयमा आउने गरेकै छ । महिला हिंसाविरुद्धको अभियानको क्षेत्रमा काम गर्ने महिला आफ्नै कार्यस्थल अर्थात् कार्यालयमैं वरिष्ठ सहकर्मीबाट दुव्र्यवहारमा पर्ने गरेको यथार्थ हो । हालै विराटनगरमा एउटा एफएमको समाचारकक्षमा काम गर्ने महिला पत्रकारमाथि यस्तो दुव्र्यवहार भएको छ ।
यसो त महिला हिंसाको क्षेत्रमा निकै प्रगति भएको छ । जहाँ पनि महिला हिंसाको शिकार भएको देखिन्छ । हरेक दिन यस्ता घटनाहरू सार्वजनिक भइरहेका छन् । यस्तो पाशविक प्रवृत्ति दिन प्रतिदिन बढ्दै जाँदा शिक्षा र चेतना मानिसमा बढेको हो कि पशुवत् प्रवृत्ति बढेको हो भन्ने कुरा जनसामान्यलाई छुटयाउन सजिलो छैन । के शिक्षा र चेतनाले नै मानिसमा यस्तो प्रवृत्ति बढेको हो त ? अहिले दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको छ, अनैतिकता र अत्याचार बढेको छ, सामाजिक विचलन बढेको छ र यी बढाउनेहरू हाम्रै समाजका सदस्यहरू नै हुन् । हाम्रो समाज कता गइरहेको र हामी कुन प्रवृत्तितर्फ उन्मुख छौं भन्ने यसले केही हदसम्म सड्ढेत गरेको छ । वास्तवमा असभ्यताले अनाचार ल्याउनुपर्ने हो तर यहाँ दियोले नै अँध्यारो फालिरहेको जस्तो देखिएको छ । यसले के समाजमा सबै किसिमका मानिसहरू छन् र यो सबै किसिमका साझा मानिसहरूको साझा स·मस्थल हो भन्ने सोचेर चित्त बुझाउनुपर्ने अवस्था आएको हो कि ?
समाज त साझा सम्पत्ति हो भन्ने कुरामा कसैको दुईमत छैन तर साझाको अर्थ विकास र समुन्नतिको पक्षमा काम गर्ने उद्देश्यले यस्तो कल्पना गरिएको हो । सबै तह र क्षेत्रका मानिस मिलेर आफूले सकेको जति समाजलाई बिगार्ने र समाजको नकारात्मक पक्षलाई बढी पक्षपोषण गर्ने भन्ने होइन । अहिले समयमा अवस्था के देखिएको छ भने समाजले निकै माया गर्नुपर्ने साना बालिकाप्रति दुव्र्यवहार बढेको छ । माथि चर्चा गरिएका दुई उदाहरण नै धेरै छन् । अझ ठूल्ठूला जघन्य अपराध त सार्वजनिक नै भइरहेको छैन । बुटबलमा बसपार्कमा पार्किङ गरिएको एउटा बसमा तीनजना पुरुषले एउटी १५ वर्षीया किशोरीको सामूहिक बलात्कार गरेको घटना नयाँ दिल्लीमा घटित घटनाभन्दा कम कुनै पनि मानेमा छैन । दिल्ली घटनामा भारत जुर्मुरायो, त्यसको विरोध नेपालमा पनि भयो तर बुटबलमा भएको जघन्य अपराधको घटनालाई हाम्रो समाजले पचाइसकेको छ । दिल्लीमा भएको विरोध प्रदर्शनको प्रभाव नेपालमा परेको थियो र नेपालमा पनि कडा कानुनको माग भएको थियो । तर बुटबलमा सि·ो मानवता नै बलात्कृत हुँदा भने हामी यतिकै चुप लागेर बसेजस्तो गरिरहेका छौं । धन्य हाम्रो आन्दोलन र हाम्रो मानसिकता ?
समाजको दोहन त सबैले स्वतन्त्ररूपमा कसैले कसैलाई नकारात्मक असर नपर्ने गरी गर्नुपर्छ । यो मान्यतामा समाज सबैको साझा स·मस्थल हो । जब कुनै तीन गाविसका सचिवले भ्रष्टाचारको आरोपमा निलम्बित भएको खबर त्यही गाउँका बालबालिकाले सुन्नुपर्छ तब ठूला मान्छेप्रतिको धारणामा नै परिवर्तन आउन थाल्छ । यस खालका कुराले बालबालिकालाई भविष्यमा पनि प्रभावित पारिरहेको हुन्छ र भविष्यको पाइलालाई छाप्दै जाँदा तिनीहरू किशोर हुन्छन् र व्यस्क भइसकेपछि समाजको कुरूप अनुहारलाई अँगाल्न आफू पनि बाध्य हुन्छन् किनभने समाजमा उसले आदर्श मान्नुपर्ने कुराहरूको कमी भएको हुन्छ ।