प्रस, वीरगंज, १६ माघ /
एकीकृत नेकपा माओवादी पर्साको जिल्ला अधिवेशनमा प्रतिनिधि छनोटको विषयलाई लिएर मारपिट, जुलुस प्रदर्शन एवं नाराबाजी भएको छ । नगरसभागृहमा हिजोदेखि शुरू जिल्ला अधिवेशनमा मकवानपुरमा हुने सातौं एकता महाधिवेशनका लागि प्रतिनिधि चयन गर्ने विषयमा विवाद बढेपछि अधिवेशनस्थलमैं एकीकृत माओवादी कार्यकर्ताहरूबीचमा कुटाकुट भएको थियो ।
महाधिवेशनका लागि यसपटक २ सय सदस्यमा एक प्रतिनिधि छनोट गर्नुपर्ने भएकोले पर्साबाट कुल ३३ जना महाधिवेशन प्रतिनिधि र ५ जना पर्यवेक्षकहरू गरी ३८ जनाको नाम चयन गर्नुपर्नेमा प्रतिनिधि र पर्यवेक्षकमा नपरेकाहरूले नेतृत्वविरुद्ध नाराबाजी गर्दा दुई पक्षबीच मारपिट भएको थियो । अधिवेशनस्थलमा मारपिट भएपछि एक समूह नाराबाजी गर्दै अधिवेशनस्थलबाट बाहिरिएको थियो । सो समूहले नेतृत्वको विरोधमा अधिवेशनस्थलबाहिर पनि नाराबाजी गर्दै नगरपरिक्रमा गरेको थियो ।
आयोजक समितिले अधिवेशनमा ३८ जना प्रतिनिधि र पर्यवेक्षक छनोट गर्नुपर्दा विवाद आउने देखेरै पहिलो चरणमा २५ जनाको नाम घोषणा गरेको र विवाद आएपछि मिलाउने गरी १० जनाको नाम जगेडामा राखेकोमा आफ्नो र आफ्नो समर्थकको नाम घोषित लिस्टमा नपरेको भन्दै विवाद गरेको बताइएको छ ।
विवाद गर्नेहरूले क्षेत्रगतरूपमा प्रतिनिधि छनोट हुनुपर्ने र सो अधिकार क्षेत्रीय समितिलाई हुनुपर्ने भन्दै जिल्ला कार्यसमितिको हस्तक्षेप गरेको भन्दै विरोध गरेका थिए ।