घुक्र्याउने र दङ्गयाउने, यो पनि एउटा रमाइलो खेल नै हो । दुईबीचमा ठूलो दरार नभएको, रूप फरक देखिए पनि स्वभाव र गुण उस्तै देखिने, व्यवहारमा निकट र एकले अर्कालाई राम्रोसँग चिनेजानेका दुई पक्षबीच घुक्र्याउने र दङ्गयाउने खेल खुबै चल्छ । हामीले नचिनेका कुनै दुई व्यक्तिबीच एकले अर्कासँग घुक्र्याउने वा दङ्गयाउने गरिरहेको छ भने यी दुईबीच पक्कै पनि नजिकको सम्बन्ध हुनसक्छ भनेर सहजै अनुमान गर्न सक्छौं । यो मन मिलेको नयाँ बेहुलाबेहुलीबीच प्राय: चल्ने खेल हो । घुक्र्याउने र दङ्गयाउने खेलमा जे गर्नुपर्ने हो, त्यो नगरेर उल्टो काम गरिन्छ वा एकले जे गरेको छ, उसले भन्दा ठूलो अर्कोले काम गरेर रिस उठाइन्छ । एकले अर्काको मन नपर्ने काम गरेर चिरचिराहट पैदा गराउनु नै यसको मज्जा हो । खेल समाप्त गर्न भने दुई पक्षमध्ये जो बढी स्रोत साधन सम्पन्न छ वा जो अधिकारसम्पन्न छ उसैको दायित्व ठहर्छ । मुलुकका राजनीतिक दलहरूबीच अहिले घुक्र्याउने र दङ्गयाउने खेल चलिरहेको छ । “अब युद्धको धङ्धङी बिर्स” अन्य पार्टीले भनिरहँदा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले फ्याट भनिदिए,“आवश्यकता परे अझै बन्दुक चलाउन सक्छु ।” माओवादी सत्ता छाडेर ज·ल पसे खुच्चिङ गर्दै सत्ता पाइन्थ्यो भन्ने दाउ हेरी बसेका नेका सभापति सुशील कोइरालाले भने,“हिम्मत छ भने ज·ल जाउँ” । तुरुन्तै माओवादी अध्यक्ष प्रचण्डले मुख खोले,“हामी होइन तिमी नै ज·ल जाऊ । सुशीलजी हिम्मत छ भने तपाई ज·ल गए हुन्छ ।” विपक्षी दलहरूले सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गर्यो । लगत्तै सत्तापक्षले पनि जनजागरणको नाममा शक्ति प्रदर्शन शुरू गरेको छ । एकले अर्कोलाई चिढाउने प्रतिस्पर्धा चलिरहेको छ । दुवैखाले प्रदर्शनको कुनै तुक छैन ।
नेपाली काङ्ग्रेस सशस्त्र विद्रोह गरेर आएको पार्टी हो । एमाले पनि सशस्त्र विद्रोहबाट पार भएको पार्टी हो । उनीहरूले समयमैं सच्चिएर मूल राजनीतिमा प्रवेश गरेको कारण यसअघि नै धेरैपटक सत्ता सञ्चालन तथा साझेदार बनिसकेका छन् । त्यसैगरी दश वर्ष भूमिगत युद्ध लडेको एनेकपा माओवादी मूलधारामा आए लगत्तै सत्ताको बागडोर पाएको छ । युद्ध लडेका तीनवटै आखिर शान्तिप्रक्रियाबाट सत्तामा पुगेका हुन् । मुलुकको परिवेशमा शान्तिपूर्ण बाटोको विकल्प छैन भन्नेमा उनीहरूलाई यकिन छ । फेरि पनि ज·ली भाषा बोलेर घुक्र्याउने र दङ्गयाउने चाल भने बेलाबखत चलेको छ । एमाले र काङ्ग्रेसको कुरा छोडौं एमाओवादी पनि अब विद्रोहमा जान सम्भव छैन । सत्तामा पुगे केही गर्लान् कि भन्ने हिजोसम्म जनतालाई आश थियो । सत्तामा गएर सक्कली रूप देखाइसकेकाहरूलाई जनताले हिजो गर्ने माया र संरक्षण अब गर्दैनन् । यसर्थ पुरानो धङ्ध·ीमा यदि कसैले युद्धमा जाने दृष्टता गरे भने त्यो सिद्धिन्छ । तसर्थ मुलुकलाई खेलको मञ्च बनाएर अब जनतालाई धेरै झुल्याउने होइन, तीनवटै पार्टी एकै डया·का मूला हुन् भन्ने कुरा मुलुकवासीले राम्रैसँग बुझेका छन् । ठूलो पार्टी, सत्ता र स्रोत साधन सम्पन्न भएकोले एमाओवादीको दायित्व अरूको भन्दा बढी छ । खेल टुङ्गयाउनको लागि निकास खोज्ने पहिलो दायित्व एमाओवादीकै हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको साकार रूप दिने कार्यमा सत्तापक्षले नै पहलकदमी गर्नुपर्छ । पत्रकार डेकेन्द्र हत्याकाण्डमा भैंm आलाकाँचापन प्रधानमन्त्री भट्टराईले नदेखाइ जिम्मेवार बनेर अगाडि बढे निकास निस्कन्छ ।