शहीद शब्दको परिभाषा भनेको आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्ति एवं लोकहित निम्ति निस्वार्थ बलिदान भएका अमर व्यक्ति, जसले प्रतिपादन गरेको बाटो, आस्था, विचार, युगौंसम्म जीवित रहन्छ । बाँकी जीवनलाई सफलताका साथ जोगाउने प्रशस्त अवसर हुँदाहुँदै पनि स–सम्मान निडर तथा निर्भीकताका साथ मृत्यु रोज्ने नै शहीद हुन् । शहीदहरूको सम्झना गर्दै उनीहरूप्रति श्रद्धाञ्जलि, सम्मान गर्दै उनीहरूले देखाएको पथमा हिंड्न प्रतिबद्धता, प्रतिज्ञा, अठोट गर्ने साथै अन्तरआत्माबाट शपथ खाने दिन शहीद दिवस हो । हाम्रो मुलुकमा २००७ सालको क्रान्तिपछि शहीद दिवस मनाउन थालिएको हो । जहानियाँ राणाशासनविरुद्ध क्रान्तिको शङ्खघोष गर्दै हाँसीहाँसी फाँसीमा चढ्न र गोली खान पछि नहटेका महान शहीदहरू शुक्रराज शास्त्री, ग·ालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दलाई मुख्य शहीद मानिएको छ । राणाशासन पल्टाउने क्रममा हजारौं सपूतले सहादत प्राप्त गरेका छन् । तर अन्य शहीदहरूको पनि प्रेरणाको स्रोत उनै चार शहीदहरू हुन् । तसर्थ चार शहीदसँगै हजारौ ज्ञात अज्ञात शहीदको सम्झना गर्न शहीद दिवस थालनी गरिएको हुनुपर्छ ।
शहीदहरू जहिले पनि महान् छन् । शहीदको पथ अनुसरण गर्नेहरूको दिलमा सदैव जीवित रहेका हुन्छन्् । इतिहासका पन्नाहरूमा उनीहरूको योगदान अमर रहने छन् । तथापि शहीदको सम्मान गर्नु राज्यको दायित्व हो । आजको राज्यले शहीद शब्दलाई सस्तो बनाएको छ । औपचारिकता मात्र पूरा गर्न शहीद दिवस मनाउने गरेको कारण राज्य र राजनीतिक दलहरूले शहीद शब्दको परिभाषा बिर्सिसकेका छन् । मृत्युपछि दश लाख रुपैयाँ राज्यले बेहोर्नुपर्ने जति सबै शहीद हुन् भन्ने बुझाइ राजनीतिक दलहरूको छ । त्यसैले त सडक दुर्घटनामा परेका, ग्याङ फाइटमा मरेका, लेनदेन व्यवहारमा मारिएका र व्यक्तिगत स्वार्थ या दलगत निहित स्वार्थका लागि ज्यान फालेकाहरू पनि शहीदमा सूचीकृत गरिन थालिएको छ ।
निस्वार्थ बलिदानीको पवित्र ‘शहीद’ शब्दलाई हाँसी मजाकको शब्द बनाइएको छ । शहीद कोटा कुन पार्टीलाई कति दिने ? शहीदको सूची बनाउँदा दलीय भागभण्डा हुन्छ । शहीद दिवस मनाइरहँदा राज्यसँग शहीदको सूची छैन । कसलाई सम्झिने कसलाई नसम्झिने ? जाँड खाएर राजनीतिक कुरा गर्दा ग्याङ फाइटमा मारिएका दलीय कायकर्तालाई शहीद दिवसमा सम्झिएर उनकै बाटो अनुसरण गर्ने ? जुनसुकै कारणले होस् मार्नु, मारिनु राम्रो कुरा होइन । व्यक्ति मारिंदा परिवारका अलावा समाज, साथीसँगी तथा चिनेजानेका र खबर थाहा पाउनेलाई समेत पीडा हुन्छ । मृतक नागरिकको परिवारजनलाई राज्यले राहत उपलब्ध गराउनु राम्रो कुरा हो । दश लाख मात्र होइन, सम्भव हुन्छ भने मृतकका परिवारजनलाई राज्यले २० लाख दिने व्यवस्था गरे पनि हुन्छ । तर शहीद शब्दको दुरुपयोग गरेर शहीदप्रति अपमान गर्नु भएन । मुलुकका लागि बलिदानी गरेका धेरै शहीदहरूलाई राज्यले सम्झेकै छैन । नेपाललाई जोगाउन अङ्ग्रेज, चीन एवं ब·ालका मुगलहरूविरुद्धको लडाइँमा सहादत प्राप्त गर्ने शहीदहरूको इतिहास खोजेर सूचीकृत गर्न जरुरी छ । राणा, पञ्चायत र राजाविरुद्धको क्रान्तिमा सहादत प्राप्त गर्नेहरूको सूची तयार गर्नु जरुरी छ । त्यसैगरी सङ्घीयताका लागि सहादत प्राप्त गर्नेहरूको सूची तयार गरी उनीहरूले देखाएको बाटोमा अगाडि बढ्न जरुरी छ।