प्रस, वीरगंज, १३ माघ/
भारतको ६४ औं गणतन्त्र दिवस आज वीरगंजस्थित भारतको महावाणिज्य दूतावासले धूमधामका साथ मनाएको छ ।
महावाणिज्य दूतावास परिसरमा आयोजित गणतन्त्र दिवसमा महावाणिज्यदूत आशुतोष अग्रवालले झन्डोतोलन गरेका थिए ।
झन्डोतोलनपश्चात् शुभकामना मन्तव्य व्यक्त गर्दै महावाणिज्यदूत अग्रवालले भारतका राष्ट्रपति प्रणव मुखर्जीले भारतवासीको नाममा दिएको सन्देश पढेर सुनाएका थिए ।
कार्यक्रममा प्रहरी प्रमुख, प्रशासन प्रमुख, उद्योगी, व्यापारी, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, प्राध्यापक, सञ्चारकर्मीलगायत वीरगंजमा बसोबास गरिरहेका भारतीय नागरिक र स्थानीय भारतका शुभचिन्तकहरूको सहभागिता थियो ।
गणतन्त्र दिवसको अवसरमा विगतका वर्षहरू भैंm यसवर्ष पनि विभिन्न सङ्घसंस्थाहरूलाई तीन थान एम्बुलेन्स प्रदान गरिएको थियो ।
महावाणिज्यदूत अग्रवालले हेल्थपोस्ट धनकौली सर्लाही, सबहेल्थपोस्ट भ·ाहा महोत्तरी र चन्द्रनिगाहपुर अस्पताल रौतहटलाई एम्बुलेन्स प्रदान गरेका थिए ।
बडी लाइन सञ्चालन
राजेश केशरीवाल, रक्सौल/
छौडादानोदेखि बैरगनिया–सीतामढी हुँदै दरभ·ासम्म पुग्ने बडी लाइन रेलसेवा आजदेखि शुरू भएको छ ।
भारतको ६४ औं गणतन्त्र दिवसको अवसरमा शिवहर निर्वाचन क्षेत्रकी सांसद रमा देवी र बेतियाका सांसद सञ्जय जयसवालले संयुक्तरूपमा हरियो झन्डा देखाएर सेवा शुभारम्भ गरेका थिए । विगतमा छोटी लाइन रेलवे सेवा सञ्चालित उक्त मार्गमा तीन वर्षदेखि बडी लाइन रेलवे मार्ग निर्माण भइरहेको थियो ।
दलित बस्तीमा झन्डोतोलन
भारतको ६४ औं गणतन्त्र दिवसको अवसरमा रक्सौल अनुमण्डल अन्तर्गत दलित बस्तीमा झण्डोतोलन कार्यक्रम सम्पन्न गरियो ।
रक्सौलका डीएसपी जीतेन्द्र पाण्डेले आज एक विशेष समारोहमा हरनाही दलित बस्तीमा झन्डोतोलन गरेका थिए ।
मुलुकमा गणतन्त्र स्थापनाका लागि अग्रजहरूले पुर्याएको योगदानबारे गाउँ, टोल, झुपडीसम्मले स्मरण गरून् र गणतन्त्रमा आफ्नो अधिकार एवं
भूमिकाबारे सर्वसाधारणले पनि जानकारी पाऊन् भन्ने उद्देश्यले दलित बस्तीमा झन्डोतोलन गरिएको डीएसपी पाण्डेले बताए ।
बस्तीमा झन्डोतोलन भएपछि गाउँलेहरू हर्षित भएका थिए । उनीहरूले बस्तीमा पहिलोचोटि झन्डोतोलन भएको बताए । समारोहमा समाजसेवी दिनेश धनौठिया, प्रा.डा. अनिलकुमार सिन्हा, राजकुमार गुप्तालगायत सहभागी थिए ।