- उमाशङ्कर द्विवेदी
माघ शुक्ल पञ्चमीको दिनलाई वसन्त पञ्चमी, वाणीपूजा, वागीश्वरी पूजा तथा सरस्वती पूजाको रूपमा मनाउने गरेको परम्परा रहेपनि सो तिथिको दिन शिवलि·माथि जलाभिषेक गरिने परम्परा यस भेगमा परम्परागतरूपमा विद्यमान रहेको छ । माघे औंशीको दिन ग·ाजी अथवा अन्य पवित्र जलाशयबाट जल भरेर पायक पर्ने कुनै पनि शिवमन्दिरमा माघ शुक्ल पञ्चमीको दिन शिवलि·माथि जलाभिषेक गर्ने गरिन्छ । पवित्र जलाशयबाट जल भरेको दिनदेखि पैदल हिंडेर भक्तहरू पूर्ण ब्रह्मचर्य तथा पवित्रताका साथ शिवमन्दिरमा पुग्ने गर्दछन् । यस्ता भक्तहरूलाई कँवरथुवा, जलबोझी, बोलबम जस्ता नामले चिनिन्छ । यस्ता भक्तहरू आफूखुशी एक्लै हिंडेर जाँदैनन् । यसको लागि कयौं गाउँका भक्तहरूको स·ठन बनेको हुन्छ, जसलाई काफ्ला भनिन्छ । काफ्ला खास भन्ने हो भने अरबी भाषाको काफिला शब्दको अप्रभंस हो जस्तो लाग्दछ । काफिला शब्दको अर्थ एक ताँतीमा हिंड्ने जनसमूह हो । काफ्लामा काँवर काँधमाथि बोकेर लहरै हिंड्ने जनसमूहको ताँती हुन्छ । यिनीहरू जल बोकेर वा भर्न जान लागेको बेला बाटामा ‘बोलबम’को नारा लगाउँदै जान्छन् । यस क्रममा यिनीहरूलाई बाटोमा हिंडिरहेको देखेर अन्य मानिसहरूले बोलबम भनेपछि जवाफमा काँधमा काँवर बोकी हिंडिरहेका कँवरथुवाहरू पनि समवेत स्वरमा बोलबमको आवाज निकाल्दछन् ।
काफ्लाका आफ्नै नियमहरू हुन्छन्, जसको पालन कँवरथुवाहरूले दृढतापूर्वक गर्ने गर्दछन् । काफ्लाको बैठकमा जल भर्न र जलापर्ण गर्न कहाँ जाने भन्ने कुराको निर्णय हुन्छ । यस बैठकमा सो काफ्लाको नेतृत्व गर्नको लागि एकजना भक्तलाई ‘जिमदार’को रूपमा चयन हुन्छ । त्यस्तै सिपाही, खजाञ्ची, मुख्य पुरोहित, विचारी तथा अन्य पदाधिकारीहरूको चयन हुन्छ । जिमदार सम्पूर्ण काफ्लाको एक किसिमले मालिक हुन्छ, जसले काफ्लाको नेतृत्व गर्दछ । सिपाही काफ्लाको खटनपटनमा लागेको हुन्छ । खजाञ्चीको जिम्मामा काफ्लाको कोष रहन्छ तथा विचारीले काफ्लाका सदस्यहरूले जानेर वा नजानेर गरेका नियमभ·को उचित दण्डमाथि विचार गर्दछ । दण्ड विधान कठोर हुन्छ । दण्ड भौतिक तथा आर्थिक दुवै रूपमा हुन्छ । कान समातेर उठबस गर्नु, सम्पूर्ण भक्तजनहरूलाई सामूहिक ढोग नमस्कार गर्नु, जाडोको समयमा चिसो पानीले स्नान गराउनु जस्ता दण्डहरू भौतिक दण्डमा पर्दछन् तथा नगद वा जिन्सी दण्ड आर्थिक दण्डमा पर्दछन् । निश्चित दिशाबाहेकको स्थानमा दिशापिसाब गर्नु, तोकिएको समयभन्दा अघिपछि खानु पिउनु, समयमा एकैसाथ नहिंड्नु, कसैसित कुवाच्य वा दुर्वाच्य बोल्नु अथवा कुनै पनि किसिमको निषेधित क्रियाकलाप गर्नु काफ्लाका प्रमुख अपराधहरू हुन्, जसको लागि कँवरथुवा दण्डको भागी हुनुपर्दछ ।
बोलबममा पहिलोपटक जाने वा भाकल गरेका भक्तको घरमा ‘काँवरविटोर’ । काँवरविटोरमा निर्धारित गाउँका कँवरथुवाहरू निश्चित दिनमा सो भक्तको घरमा काँवरसहित भेला हुनुपर्दछ । कँवरथुवाहरूको यस प्रकार भएको भेलालाई शिवजीको बरियात भनिन्छ । यस बरियातमा लुलो, ल·डो, असहाय तथा तल्लो हैसियतका मानिसहरूको घुइँचो लाग्दछ । यिनीहरूलाई शिवजीको गणको रूपमा आदर–सत्कार, पूजन गरेर भोजन गराइ सन्तुष्ट पार्न अनिवार्य हुन्छ । अन्यथा त्यस्तो विटोर असफल हुन्छ । विटोर भएको ठाउँमा रात्रिकालीन शिवोपासना, विधिअनुसार पूजाअर्चना तथा भजनकीर्तन हुन्छ । त्यहाँ शिवजीको धुनी बालिन्छ तथा रात्रिविश्राम गरिन्छ । अर्को दिन बिहान सबेरै उठेर कँवरथुवाहरूले नित्यकर्म गरेर फेरि शिव अर्चना, भजनकीर्तन गर्दछन् । शिवजीका बरियाती तथा गणहरूलाई भोजन गराइन्छ तथा दानदक्षिणा दिएर बरियातको बिदाइ गरिन्छ । प्राय: गेरुवा वस्त्र लगाएर कँवरथुवाहरू काँवर बोकी बोलबमको नारा लगाउँदै लहरै हिंड्दछन् अर्को विटोरस्थलको गन्तव्यतिर अथवा जल भर्नको लागि पवित्र जलाशयतिर ।
यस प्रकारले हिंड्दै जाँदा बास बस्ने ठाउँमा काँवर बिसाएर शिव अर्चना तथा भजनकीर्तन गर्ने काम जारी रहन्छ । रात्रिको भोजनपछि प्रत्येक विश्रामस्थलमा शिवजीको दरबार लाग्दछ, जहाँ पदाधिकारीहरू आफ्नो काफ्लाको दिनभरिको क्रियाकलापको समीक्षा, अर्को दिनको योजना, काफ्लामा सामेल कँवरथुवाहरूको स्वास्थ्य तथा खर्चको बारेमा विचार गर्दछन् । बेखर्ची कँवरथुवाहरूलाई जिमदारले उदारतापूर्वक कोषबाट आर्थिक सहयोग गर्दछन् । माघ महिनाको समय, सिर्रर्र चल्ने सिरेटो, भयानक शीतलहर, बिहान बेलुकाको स्नान, समय प्रतिकूल रहेपनि आपसी सौहाद्र्रता, धार्मिक जोश तथा पर्यटकीय भावनाको कारण वर्षभरिको लागि कृषि काम सकाएका किसानहरू कँवरथुवाको रूपमा शिवजीको भक्ति तथा जलार्पण गर्ने उद्देश्य लिएर अबाध हिंडिरहेका हुन्छन् । शिवजीले भन्नुभएको छ– प्रीयेय तोयेन नृणां प्रपद्यतामहो त्वयाऽऽत्मा भृशमद्र्यते वृथा ।
(श्रीमद्भागवत, स्क. १०, अ. ३८, श्लोक २०) अर्थात् म आफ्नो भक्तहरूद्वारा जल चढाउना मात्रले पनि सन्तुष्ट भएर प्रसन्न भई हाल्दछु । बिनसित्तै आफ्नो शरीरलाई कष्ट नदेऊ । शिवजीको यस प्रकारको वचनबारेमा नजानेका भक्तहरूले अन्धभक्तिको रूपमा शरीरलाई नाना कष्ट दिएर पनि भक्तिमार्गमा तत्परताका साथ अग्रसर रहन्छन् । यस्ता भक्तहरूलाई अदना यस पङ्क्तिकारको बोलबम, बोलबम..........।