प्रस, वीरगंज, १५ माघ/
ए. नेकपा माओवादी पर्साको दोस्रो जिल्ला अधिवेशन आजदेखि वीरगंजको नगरसभागृहमा शुरू भएको छ ।
अधिवेशन उद्घाटन गर्दै सो पार्टीका नेता हरिबोल गजुरेलले प्रतिक्रियावादी र यथास्थितिवादीहरूको षड्यन्त्रलाई चिर्न कार्यकर्ताहरूलाई एकचोटि पुन: क्रान्तिमा जानुपर्ने आवश्यकता औंल्याए । केन्द्रीय सदस्य तथा भोजपुरा राज्य इन्चार्ज गजुरेलले देशको आर्थिक राजधानी वीरगंजलाई प्रतिक्रियावादीहरूले अवसरको रूपमा प्रयोग गरिरहेको बताए । उनले स्रोत साधनले भरिपूर्ण पर्सा जिल्ला विकास निर्माण कार्यमा पछि परेको पनि बताए।
एमाओवादीले वीरगंज नगरक्षेत्रमा वर्चश्व कायम गर्न नसकेकोले अन्य पार्टीहरूको चलखेल बढेको गजुरेलको भनाइ थियो । देश विकासका लागि पूँजी, उत्पादन तथा सहकारीको आवश्यकता रहेकोले पार्टीले सोहीअनुरूप नीति तय गरी अगाडि बढिरहेको नेता गजुरेलले बताए ।
एमाले तथा काङ्ग्रेसले मुलुकलाई अनिर्णयको बन्दी बनाएको भोजपुरा राज्य संयोजक प्रभु साहको आरोप थियो । एमाले र काङ्ग्रेसको इशारामा देशमा विभिन्न सङ्घस·ठनहरूले सरकारको विरोध गर्दै नेपाली जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाउँदै नेता साहले प्रधानमन्त्री पद त्यागे सहमति हुन्छ भन्ने कुरा काङ्ग्रेस र एमालेको षड्यन्त्र मात्र भएको ठोकुवा गरे ।
जिल्ला इन्चार्ज अनिल श्रेष्ठको सभापतित्वमा शुरू भएको जिल्ला अधिवेशनमा केन्द्रीय सदस्य अञ्जना विशङ्खे, सल्लाहकार जालिम मियाँ, बाबुराम कौशिक, इस्लाम हवारी, शम्भु पाल, शिरोमणि सापकोटा, हीरालाल साह, हरि मण्डल, बलिराम साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
दलित मुक्ति मोर्चा असन्तुष्ट
एमाओवादीको वर्गीय स·ठन नेपाल दलित मुक्ति मोर्चा (एकीकृत) पर्साको सम्मेलन अहिलेसम्म नभएको भन्दै मोर्चाका उपाध्यक्ष विहारी रामले आज प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् ।
विज्ञप्तिमा नेताहरूले दलितलाई झूटो आश्वासन दिने काम मात्र गरेको आरोप लगाउँदै आश्वासनको भण्डाफोर गर्ने चेतावनी दिएका छन् । दलितको जिल्ला सम्मेलन गर्नुपर्ने, केन्द्रमा पर्सेली दलितको सहभागिता हुनुपर्ने, दलित आयोगमा पर्साबाट पनि समावेश गर्नुपर्नेलगायतका माग अगाडि सारेको मोर्चाले माग पूरा नभए विद्रोह गर्न बाध्य हुने चेतावनी दिएको छ ।