प्रस, वीरगंज १५ माघ/
सशस्त्र प्रहरी सीमा सुरक्षा बेस क्याम्प भिखमपुरले गएराति जीतपुर गाविसको परसवा चोकबाट ३४ थान काठको गोलाइ पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले गएराति भारी मात्रामा एकैचोटि काठ पक्राउ गर्दा सो भेगमा आज दिनभरि खैलाबैला मचेको थियो ।
जनपद प्रहरीले रकम लिई छाडेको सो काठ सशस्त्र प्रहरीले पक्राउ गरेपछि प्रहरीबीच खैलाबैला मचेको स्रोतले बताएको छ ।
इलाका वन कार्यालय वसन्तपुर अन्तर्गत हरैया रेन्जपोस्टबाट उक्त काठ तस्करहरूले भारततर्फ लगिरहेको अवस्थामा पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
यति ठूलो परिमाणमा सो क्षेत्रमा काठ पक्राउ परेको पहिलोपटक भएको जानकीटोल निवासी मजहर मियाँले बताए ।
काठ तस्करहरूले प्रहरी चौकी हरैया, पाडेपुर, पिपराढीलाई प्रति साइकल रु. ५ सय, इलाका प्रहरी कार्यालय सेढवालाई रु. १ हजार, सशस्त्र सीमा सुरक्षा बेस क्याम्प सुवर्णपुरलाई रु. १५ सय तथा वन कार्यालयलाई रु. १ हजार बुझाइ काठ भारतसम्म पुर्याउने गरेको एकजना प्रहरीले बताए ।
सशस्त्रले काठ पक्राउ गरेपछि जनपद र सशस्त्र प्रहरीबीच मनमुटाव भएको स्रोतले बताएको छ । पक्राउ परेको गोलाइ काठ तथा ९ वटा साइकल वन कार्यालयको जिम्मा लगाइने सशस्त्र प्रहरी निरीक्षक सुमन बोगटीले बताए ।