प्रस, वीरगंज, १४ माघ/
भारतीय महावाणिज्यदूत आशुतोष अग्रवालले नेपाल–भारतबीचको सम्बन्ध चिरस्थायी र अटल रहेको बताएका छन् ।
भारतको ६४ औं गणतन्त्र दिवसको अवसरमा नेपाल–भारत सहयोग मञ्च पर्साद्वारा आयोजित शुभकामना कार्यक्रममा बोल्दै महावाणिज्यदूत अग्रवालले भारतका जनताले नेपाली जनताको खुशीयाली चाहेको बताए ।
उनले नेपालको नयाँ बन्ने संविधानबाट जनताको इच्छा र आकाङ्क्षा मुखरित हुने आशा व्यक्त गरे ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार बैद्यले नेपाल– भारत मैत्री सङ्घको भवन निर्माण छिट्टै गरिने बताए । उनले शिक्षाको विकास भएको खण्डमा देश विकास हुने बताउँदै भारतले नेपालको विकासको लागि गरेका प्रयासको सराहना गरेका थिए ।
नेपालको लोडसेडिङ समस्या समाधानका लागि पछिल्लोपटक भएको प्रयास र महामहिम राजदूत जयन्तप्रसादले आगामी वर्षदेखि नेपाललाई २ सय मेगावाट विद्युत् प्रदान गर्ने प्रतिबद्धता स्वागतयोग्य भएको अध्यक्ष बैद्यले बताए ।
पर्साका प्रजिअ कैलाशकुमार बजिमयले भारतलाई अवसरको रूपमा लिनुपर्ने बताए ।
उनले नेपालका राजनीतिक दलहरूले भारतलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल–भारत सहयोग मञ्च पर्साका अध्यक्ष बाबुलाल अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चन्द्रकिशोर झा, रक्सौलका समाजसेवी प्रा.डा. अनिलकुमार सिन्हा, वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोध गुप्ता, भरत गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए ।