- उमाशङ्कर द्विवेदी
तराईको उर्वरभूमि धानखेतीको लागि आदर्श मानिन्छ । सदियौंदेखि यस भूमिमा धानखेती हुँदै आइरहेको छ । भोजपुरी भाषामा भनिने ‘दहाड सुखाड’ अर्थात् बाढी र खडेरी जुनसुकै अवस्थामा पनि किसानहरूले धानको खेती गरेर भाग्यअनुसारको बाली उब्जाउने गरेको परम्परा नै रहेको पाइन्छ । धानको खेती र उब्जनी प्रशस्त हुने भएकोले यस क्षेत्रका मानिसहरूको मुख्य आहार पनि चामलको भात नै रहेको छ । धानको पराल तथा चामलको ढुटो (ब्रान) भने पाल्तु चौपायाको आहारको लागि उपयुक्त हुन्छ । परालले ओछ्याएर सुत्ने चटाइ, बस्नको लागि बिठइ पनि बनाइन्छ तथा पराल फुसको घर छाउनको लागि पनि प्रयोग गरिन्छ । धानको भुस आगो बाल्नको लागि प्रयोग हुन्छ । जाडो महिनामा तराईमा बालिने घुरको प्रमुख सामग्रीमध्ये धानको भुस पनि एउटा अत्यावश्यक पदार्थ हो । समग्रमा भन्ने हो भने धानको प्रत्येक अवयव मान्छेको लागि उपयोगी हुन्छ ।
समयअनुसार धानको खेती तीन समयमा गरेको पाइन्छ । सारो (भदैया), अगहनी (मुख्य धानबाली) तथा दतुला । सारो धानको बीउ कृतिका, रोहिणी नक्षत्रमा नै ब्याडमा राखिन्छ तथा बीस– एकाइस दिनपछि मुख्य खेतमा सारिन्छ । सारो धान खेतमा रोपाइ गरेपछि प्राय: नब्बे दिनभित्रमा तयार हुन्छ । सारो धान भदौ महिनामा तयार हुन्छ । भदौ महिनामा साधारण गृहस्थको भकारी प्राय: रित्तिसकेको हुन्छ । यस्तो विषम स्थितिमा सारो धानले सञ्जीवनी सरहको काम गर्दछ । अगहनी धान मुख्यबालीको रूपमा गरिने भएकोले साउनको अन्त्य तथा भदौको शुरूसम्ममा खेतमा रोपाइँ गरिसक्नुपर्ने हुन्छ । यस प्रकारले रोपाइँ गरिएको धान कात्तिक महिनाको अन्त्य तथा मङ्सिर महिनाको शुरूमा तयार हुन्छ । रबीबालीको रोपाइँ गर्ने बेला यही महिना भएको हुनाले तयार धानबालीको कटनी गरेर खलामा थन्क्याएर पहिला रबीबालीको रोपाइँ गरेर मात्र धानको दाइँ गरेर घरमा भित्र्याइने गरिन्छ । सारो धान काटिसकेपछि खाली भएको खेतमा पुन: खनजोत गरेर पहिलो ब्याडबाट अर्को ब्याडमा सारिएको धानको बेर्ना पुन: उखेलेर रोपाइँ गरिन्छ । यस प्रकारले लगाउने धानबालीमा परिश्रम तथा खर्च बढी लाग्ने भएपनि एउटै खेतबाट दुईचोटि पाइने धानबालीले किसानको हकमा दोहरो फाइदा पुग्दछ । दतुलाको रूपमा प्राय: बासमती धान नै लगाउने गरिन्छ । बासमती धानको डाँठ अग्लो तथा धेरै पराल (काउर) हुने भएकोले मोरहनको रूपमा लगाएमा हावाले ढलेर कुहिने समस्याको समाधानको रूपमा दतुला विधिले सो धान लगाउँदा विशेष लाभदायक हुन्छ ।
वर्तमान समय वैज्ञानिक युग हो । जीवनोपयोगी प्रत्येक क्षेत्रमा वैज्ञानिक अनुसन्धान हुँदैछ तथा विकासे मल, बीउ, कीटनाशक पदार्थहरूको नयाँ–नयाँ नमूना आउँदैछन् । यस्तो स्थितिमा धानका पुराना प्रकारहरू वैज्ञानिक अनुसन्धानद्वारा विस्थापित हुँदै गइरहेका छन् तथा कम गुणस्तरका बढी उब्जनी हुने धानका प्रकारहरू देखिंदैछन्, जसद्वारा दिनानुदिन बढ्दो जनसङ्ख्याको आहारलाई थेग्ने भरमग्दुर प्रयास हुँदैछ । केही दशकअघिसम्म सारो धानको रूपमा गद्दर, मुटुरी, सनखरिका, झाली, गजगउर, साठी, कटउझर, नोखी आदि प्रसिद्ध थिए भने आज विभिन्न वैज्ञानिक नाम भएका सारो धानहरूको बाली लगाइँदैछ । अगहनी धानमा मुख्य दुइटा प्रकार हुन्थ्ये । मोटो तथा मसिनो । मोटोमा हाथीझुलन, लाँझी, खेर्हा, बाँसफूल, दूधराज, सतराज, हरखेत, मनेसरा, सीलन, अनन्दी, मर्चा आदि नाम गरेका धानहरू हुन्थ्ये भने मसिनोमा बासमती परिवारका बहरनी, रातो बासमती, ब्रह्माभूसी, रामजवाइन, कनकजीरा, कस्तुरी, गोखुलचन्द नाम गरेका धानहरू हुन्थ्ये । खानको लागि दुइटै किसिमका धानहरू अत्यन्त स्वादका हुन्थ्ये । मोटो धानको चामल सेतो भएपनि भात चाहिँ रातो तथा स्वादिलो हुन्थ्यो । बासमती धानको रातो बासमती र कस्तुरीबाहेकका अन्य बासमती धानका दानाहरू मसिनो आकारका हुन्थ्ये । चामल मसिनो आकारको भएपनि भात लामो लामो तथा बास्नादार हुन्थ्यो । गृहस्थको भान्छाघरमा बासमती चामलको भात पाक्न थालेपछि छड्कने बेलामा छिमेकका मानिसहरूले कुन घरमा बासमती चामलको भात पाकिरहेको छ, सजिलै थाहा पाउँदथे । धानको प्रयोग केवल भात पकाउने प्रयोजनको लागि मात्र नभई खट्टे तथा च्यूरा बनाउनको लागि पनि प्रयुक्त हुन्छ । अनन्दी धानको खट्टे यस क्षेत्रमा प्रसिद्ध छ । अनन्दी धानको पनि दुई प्रकार हुन्छ– भडेवा अनन्दी तथा पखियावा अनन्दी । यी दुवै किसिमका अनन्दी धानको खट्टेमा फूल भैंm लावा फक्रेको हुन्छ तथा गफ्फा हालेर खाँदा नरम तथा अत्यन्त स्वादिलो हुन्छ । आनन्दी धानको चामललाई घोनसारको माटोको कराहीमा बालुवामा भुटेर लावा बनाइन्छ, जसलाई भोजपुरी भाषामा भुजा भनिन्छ । भुजा, मिठा (चाकु) तथा भाँटिन
(काढादार झारमा फल्ने गोलो आकारको भन्टा) को चोखा (भाँटिनलाई आगोमा पोलेर पकाइ त्यसमा नुन, लसुन, तोरीतेल तथा हरियो खुसार्नीको टुक्रा राखेर हातले मुछेर चोखा तयार हुन्छ ।) मानिसहरूले स्वाद मानी खान्छन् । मर्चा भन्ने धानको च्युरा अत्यन्त प्रसिद्ध मानिन्छ । हरियो र·को लाम्चो आकारको च्युरा खाँदा झुरुम्म झुरुम्म गर्दछ तथा त्यसले दिव्य स्वाद प्रदान गर्दछ ।
अचेलका धानहरू प्राकृतिक नभएर कृत्रिमता लिएको भैंm प्रतीत हुन्छन् । बजारमा आधुनिक बी.टी. ५२ तथा अब्दुल नामका धानहरू जीरा बासमतीको नाममा बिक्री भइरहेको देखेर बाघको छालामाथि कुकुरको मासु बिक्री भइरहेको जस्तो लाग्दछ । के खाएर बी.टी. ५२ धानले कनकजीरा र रामजवाइन
जस्ता बासमतीको बराबरी गर्न सक्दछ, कुन्नि ?