- बैद्यनाथ ठाकुर
गृहकार्य नगरेकोले परिचरद्वारा विद्यार्थीलाई रूखमा दुवै हात बाँध्न लगाई प्रधानाध्यापकले सुम्लो उठ्ने गरी कुटेको समाचारले यो साता निकै चर्चा पायो । केही समयप पहिले पोखरामा प्रधानाध्यापकले गृहकार्य नगरेको कारण विद्यार्थीलाई चर्पीमा थुनेको समाचार पनि निकै चर्चामा आएको थियो । शिक्षकहरूको तलब लिएर फरार भएको कारण जेल चलान गरिएका पर्सा जिल्लाकै एक प्रधानाध्यापकको खबर अभैंm ताजै छ । पर्सा जिल्लाका दर्जनौं प्रधानाध्यापक भ्रष्टाचारको मुद्दामा जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला शिक्षा कार्यालय, आन्तरिक राजस्व कार्यालय तथा विभिन्न तहको अदालतमा मुद्दा खेपिरहेको अवस्था छ । विद्यालयमा चार लाख भ्रष्टाचार गरेको ठहर भई केही समयअगाडि सिरहा जिल्लामा एकजना प्रधानाध्यापकलाई जेल चलान गरिएको छ । शिक्षणजस्तो सम्मानित पेशामा प्रधानाध्यापकजस्तो मर्यादित व्यक्तिबाट आर्थिक र प्रशासनिक पदीय भ्रष्टाचार भए गरेको सुन्दा पनि लाज लाग्ने काम उनीहरूबाट किन गरिन्छ ? प्रधानाध्यापकहरूले किन विद्यार्थीहरूमाथि सनकी व्यवहार गर्छन् ? बालमैत्री शिक्षाको तालिम लिनेदिने हाम्रा प्रधानाध्यापकहरू किन गाईगोरुलाई चुटेजस्तो विद्यार्थीमाथि खनिन्छन् ? शिक्षाको मन्दिरलाई भ्रष्टाचारको अखडामा रूपान्तरण गरेको हेर्दा सनकी प्रवृत्तिका प्रधानाध्यापक धुर्वे हात्तीजस्तै हुन् भन्दा के अन्यथा होला ?
प्रधानाध्यापक भन्नाले शिक्षकहरूबीच प्रधान, अर्थात् मुख्य शिक्षक भन्ने बुझिन्छ । प्रधानाध्यापक भनेपछि सबै शिक्षकभन्दा बढी सुझबुझ भएको, पठनपाठनमा विशेष क्षमता राख्ने, योग्य, कुशल प्रशासनिक क्षमता भएको, निष्पक्ष, इमानदार, अनुशासित तथा पारदर्शी र चरित्रवान् हुनुपर्दछ । यस्तो प्रधानाध्यापक भए मात्र विद्यालयमा बालमैत्री शिक्षण तथा भ्रष्टाचारमुक्त पारदर्शी विद्यालय प्रशासन बनाई शैक्षिकस्तरमा अपेक्षित सुधार ल्याई शिक्षाको राष्ट्रिय उद्देश्य प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तर व्यवहारमा यसको ठीक उल्टो प्रकृति र प्रवृत्तिका धेरैजसो प्रधानाध्यापकहरू देखिन्छन् ।
प्रधानाध्यापक भएबापत् नेपाल सरकारको शिक्षा मन्त्रालयले प्राविदेखि माविसम्म बढीमा रु. पाँच सयमात्र तलबबाहेक भत्ता दिने गरेको छ । प्रधानाध्यापकको कार्य विद्यालयमा शिक्षा ऐन अन्तर्गत रही समयमा शिक्षा कार्यालयबाट तलब माग गरी शिक्षक, कर्मचारीहरूलाई भुक्तानी दिने, उनीहरूको सञ्चय कोष, नागरिक लगानी कोष तथा सामाजिक सुरक्षाबापतको एक प्रतिशत कर सम्बन्धित ठाउँमा समयमैं पठाउने, शिक्षा कार्यालयबाट प्राप्त विद्यालयको भौतिक संरचना विकासको लागि योजना ल्याउने र सो अनुसार काम गर्ने, विद्यालयलाई अनुशासित तथा स्तरीय शिक्षण सिकाइको लागि निरन्तर प्रयत्न तथा व्यवस्थापन गर्ने, विद्यालयभित्र बालमैत्री शिक्षा लागू गर्ने, कक्षाकोठामा डण्डारहित शिक्षण सिकाइ प्रभावकारी ढ·बाट सञ्चालन गर्ने–गराउने, विद्यालयलाई धूमपान निषेधित क्षेत्र बनाउनेलगायत कामहरू गर्नुपर्छ । विद्यालयमा भएगरेका सम्पूर्ण आय–व्ययको आवधिक हिसाबकिताब पारदर्शी बनाई सार्वजनिक गर्ने, लेखा परीक्षण तथा सामाजिक लेखा परीक्षण गराउनेलगायत काम प्रधानाध्यापकको न्यूनतम तथा नगरी नहुने कामहरू हुन् ।
विद्यालयहरूको अवस्था
प्राय: प्रधानाध्यापकहरू आफूलाई शिक्षक तथा विद्यार्थीहरूको मालिक ठान्छन् । शिक्षकसँग उनीहरू आफ्नो घरको हरुवाचरुवासरह व्यवहार गर्छन् । आफूले भनेजस्तो नगरे बढुवाको लागि आफ्नो हातमा रहेको बीस नम्बर नदिने तथा अपायक सरुवा गराइदिने जस्ता धाकधम्की शिक्षकहरूलाई पटक–पटक दिइरहन्छन् । प्रधानाध्यापकको विचारमा शिक्षक भनेको टाँगाको घोडाजस्तै हो, जो घण्टाघरबाट खुलेपछि रक्सौल पुग्छ र रक्सौलबाट हिंडेपछि घण्टाघर पुग्छ । घोडाको आँखामा टप्पर लगाएको हुन्छ जसले गर्दा दायाँबायाँ केही हेर्दैन र खुरुखुरु दौडन्छ । प्रधानाध्यापक पनि यही चाहन्छन् । शिक्षक विद्यालयमा आओस् र कक्षा कोठामा पढाएर लुरुलुरु घर जाओस् । शिक्षकहरूले प्रधानाध्यापक पनि समयमा विद्यालय आउनुपर्छ, कक्षा लिनुपर्छ, परीक्षालगायत सम्पूर्ण आय–व्ययबारे पारदर्शी हुनुपर्छ भन्ने कुरा शिक्षकहरू कहिले नगरून् भन्ने उनीहरूको चाहना हुन्छ । यस्तो सोधीखोजी गर्ने शिक्षकले, प्रधानाध्यापकको नजरमा राजनीति गरेको ठहरिन्छ ।
प्रधानाध्यापक कुनै पनि विद्यालयमा कति बजे आउँछ र कति दिन जान्छ तथा कतिबेर बस्छ भन्ने सवाल समुदाय र शिक्षकहरूकै अगाडि छर्ल· छ । ससुराली गए पनि काज लेख्ने, घण्टौं व्यक्तिगत घरायसी काम गर्दा पनि विद्यालयको कोष खर्च गरेर मोबाइल रिचार्ज गर्ने, विद्यालय समयमा अनुपस्थित रहने तर शनिवारसमेत हाजिर गर्ने, प्राय: अनुपस्थित रहने भएका हुनाले आफूले लिएको विषयको पढाइ कहिल्यै नसकिने कार्य प्रधानाध्यापकहरूको दिनचर्या नै हो । विद्यालयमा आउने विभिन्न फन्ड (शीर्षक) को पैसा कसरी निकालेर खान पाइन्छ भन्ने योजनाबाहेक शिक्षण सिकाइतर्फ रचनात्मक कार्य कहिल्यै पनि नगर्ने हाम्रा प्रधानाध्यापकहरूको पुरानो बानीले गर्दा विद्यालय शिक्षा भ्रष्टाचारको दलदलमा घाँटीसम्म फसिसकेको छ ।
विद्यालयलाई धूमपान निषेधित क्षेत्र शिक्षा मन्त्रालयले घोषणा गरे तापनि कार्यकक्षमैं परिचरलाई सुर्ती मल्न लगाउने, चुरोट खाने, कहिले त जाडो बढी भयो भन्दै मद्यपानसमेत गरेर विद्यालयमा आइदिने, कतिपयले शड्ढरबुटी हो भन्दै गाँजासमेत खानेजस्ता कार्यशैली हेर्दा हाम्रा प्रधानाध्यापकहरू साँच्चिकै धुर्वेजस्तै हुन् भन्ने अनुभूति, शिक्षक तथा विद्यार्थी मात्र होइन, अभिभावकलाई समेत हुने गरेको छ । प्रधानाध्यापकहरूको यस्तै चरित्रले गर्दा सामुदायिक विद्यालयभित्र विद्यार्थीहरूको उपस्थिति निरन्तर घट्दै गइरहेको छ । आफ्नो भ्रष्टाचारमाथि पर्दा हाल्न शिक्षकहरूमा फूट पार्ने, गुट बनाउने, स्वार्थ अनुकूल चल्नेलाई विभिन्न पदमा राखी आर्थिक लाभ उपलब्ध गराउने, उक्त गुटका शिक्षकहरू विद्यालय समयभित्रै अरू निजी विद्यालयमा पठनपाठन गराउन जाँदा पनि पाच्य हुने तर अरू कोही एक मिनेट ढिलो आउँदा हाजिरी किताबमा रातो चिनो लगाउने, पिठियुँ पछाडि उछित्तो काढ्ने तर आफ्नो पक्षपोषण गर्नेहरूलाई निजी कार्यमा हिंड्दा पनि काज लेखिदिने कार्य गर्ने प्रधानाध्यापकहरूको सामन्ती शैलीले विद्यालयको पठनपाठन कुनै पनि अर्थमा स्तरीय बनाउन सकिंदैन । त्यसैले मुलुकको परिवर्तनसँगै प्रधानाध्यापकहरूले पनि आफ्नो व्यवहार गणतान्त्रिक बनाउन जरुरी छ । विद्यालयमा एकल निर्णय र सामूहिक जिम्मेवारीको परम्परागत कार्यशैलीलाई प्रधानाध्यापकहरूले यथाशीघ्र छोड्न जरुरी छ । यसै प्रवृत्तिले गर्दा प्राय:जसो विद्यालयमा प्रधानाध्यापक तथा शिक्षकबीच मनमुटाव, भैंmझगडा तथा विभिन्न खाले अन्तर्विरोध देखिएका छन् । वास्तवमा प्रधानाध्यापकहरू सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीमा हिंड्न सक्नुपर्छ । एक्काइसौं शताब्दीमा सम्पूर्ण विद्यालयको आर्थिक प्रशासनिक नियन्त्रण अपारदर्शी ढ·ले आफ्नो मुठ्ठीभित्र राखी भ्रष्टाचारमा डुब्नुभन्दा सबै कुरा पारदर्शी बनाई गणतान्त्रिक वातावरणमा विद्यालय सञ्चालन गर्नु बेस हुनेछ । यसबाट विद्यालयमा शिक्षण सिकाइको वातावरणसमेत सौहार्दपूर्ण भई शिक्षाको गुणस्तर वृद्धिमा बल पुग्नेछ।
यसको मतलब राम्रो प्रधानाध्यापक नै छैनन् भने पनि हो । यस्ता प्रधानाध्यापकहरू पनि छन् जो विद्यालयको शैक्षिक स्तर उकास्न तरकारी खेती गरिरहेका सुनिन्छन् । विद्यालयको वृद्धि विकासको लागि सुँगुर, बङ्गुर पालनसमेत गरिरहेका छन् । दिनरात विद्यालयको प्रगतिको लागि विभिन्नखाले रचनात्मक योजना बनाई कार्यान्वयन गरिरहेका छन् । फलस्वरूप विद्यालयमा निरन्तर विद्यार्थी सङ्ख्या बढिरहेको छ । विद्यालयभित्रको बालमैत्री शिक्षा नीतिले गर्दा निजी विद्यालयहरूबाट पनि अभिभावकहरूले विद्यार्थीहरूलाई हटाएर सामुदायिक विद्यालयमा पठाइरहेका समाचारहरू बारम्बार प्रकाशित भइरहेका छन् । यस्ता राम्रा हेडसरको सङ्ख्या अत्यधिक कम छ । यस्ता हेडसरहरूबाट हाम्रा हेडसरहरूले कहिले शिक्षा लिने ? काठमाडौंको दुई दर्जन सामुदायिक विद्यालय विद्यार्थी नभएको कारण बन्द भएको समाचार यसै साता सार्वजनिक भएको छ । पहाडका जिल्लाहरूमा थुप्रै विद्यालयहरू चल्न नसकेर एकअर्कामा गाभिएको समाचार बारम्बार प्रकाशित भइरहेको छ । तराईका जिल्लामा पनि शैक्षिक माफियाहरूले दर्जनौं झोले विद्यालयहरू सञ्चालन गरिरहेको समाचार निरन्तर प्रकाशमा आइरहेको छ । शैक्षिक माफियाहरूलाई दण्डित नगर्ने हो तथा विद्यालयलाई भ्रष्टाचारमुक्त बनाई स्तरीय पठनपाठन गर्न सकिएन भने तराईका सामुदायिक विद्यालयहरू पनि बन्द नहोलान् भन्न सकिन्न ।
भ्रष्ट प्रधानाध्यापकहरूलाई भ्रष्टाचार गरेबापत विद्यालयमा सिर्जित समस्याको निकास निजी शिक्षकलाई अरू नै विद्यालयमा सरुवा गरेर वा स्रोत व्यक्तिमा पठाएर वा सहायक शिक्षकमा झारेर कदापि निस्कँदैन । शैक्षिक माफियाहरूलाई कसुर अनुसारको कानुनी कारबाई गरिनैपर्छ । विद्यालय भनेको प्रधानाध्यापकले लुटेर खाने संस्था होइन भन्ने कुरा बुझ्न जरुरी छ । अभैंmपनि झोले विद्यालयहरू कारबाईको घेराभन्दा बाहिर छन् । शिक्षा र शिक्षण एउटा अभियान हो जसले एउटा पीढीलाई आवश्यक जनशक्ति प्रदान गर्छ । त्यसैले शिक्षामा सेवाको भाव बढी चाहिन्छ । सेवा भनेपछि निस्वार्थपनाभित्र बढी मौलाउने गर्छ । त्यसैले व्यक्तिगत स्वार्थै स्वार्थले भरिएको शैक्षिक माफियाहरूको चङ्गुलबाट शिक्षालाई निकाल्नुपर्छ अनि मात्र समाजले खोजेको शिक्षित जनशक्ति तयार भई देशको समृद्धि सम्भव हुनेछ ।