- नीरजकुमार गुप्ता
कुनै पनि राष्ट्रको स्थानीय विकासको लागि जिविस, नगरपालिका र गाविसको विकास वा स्थापना गरिएको हुन्छ । किनभने घरघर मिली समुदाय, समुदाय–समुदाय मिली नगर र नगर–नगर मिली सि·ो राष्ट्र बन्छ । यदि समुदाय तथा नगरको नै विकास हुन सकेन भने यस्ता निकायको के आवश्यकता ? राष्ट्रमा स्थानीय निकायको निर्वाचन नभएको डेढ दशकभन्दा माथि भइसकेको छ तर पनि राष्ट्र वा सरकारको त्यसतर्फ ध्यान नजानु लाजमर्दो विषय बनेको छ । यसैको अभावमा जहाँ नेपाली जनता बिचल्लीमा छ, त्यसको अर्कोतर्फ वडा तथा गाविस सचिव आफ्नो मनपरी गरी विभिन्न किसिमको विकास बजेट तथा वृद्धवृद्धा, एकल महिलाको सामाजिक भत्ता रकम भ्रष्टाचार गरी आफ्नो सम्पत्ति वृद्धि गरिरहेका छन् । जहाँ सम्पूर्ण राष्ट्र भ्रष्टाचारमा लिप्त छ, हाम्रो नगरपालिका पनि यसबाट अछुतो रहन सकेन किनभने संस्कार नै यस्तै पाएको छ।
हाम्रो राष्ट्रमा एक महानगरपालिका र चार उपमहानगरपालिका गरी सयभन्दा बढी नगरपालिकाहरू छन् । साधारणतया तिनीहरूको कार्य हुन्छ, नगर विकास गर्ने तर हाम्रो वीउमनपालाई यस्तो नशा लागेको छ कि विकास गर्नुको सट्टा कार्यालयभित्र राजनैतिक गरी बस्छन् त्यहाँका कर्मचारी । नगर विस्तार तथा विकासको नाममा आएको रकम अर्थात् बजेट विकास नै नगरी सिद्धिन्छ । वीउमनपाले वीरगंज नगर व्यवस्थापन गर्ने अधिकार नेपाल सरकारबाट पाएको छ । यसको लागि बजेट पनि आउँछ तर त्यहाँका कर्मचारी र प्रमुखको मिलोमतोमा व्यापक अनियमितता भई प्रभावकारी काम हुन सकिरहेको छैन । यसले के देखाइरहेको छ भने नगरपालिका भ्रष्टाचारको अखडा भइसकेको छ ।
साधारणतया सरसफाइले नै सभ्य वा असभ्यको परिचय दिन्छ । आजको सबैभन्दा महत्त्वपूर्ण मुद्दा सरसफाइ हो, तर वीउमनपामा ५०० भन्दा बढी कर्मचारी सरसफाइ फाँटमा भए पनि नगरको सरसफाइ शून्य अवस्थामा छ । यसको जिम्मेवारी कसले लिने ? वीउमनपाको हरेक वडामा जहाँतहाँ फोहरको डङ्गुर लागेको छ, जसले गर्दा वीरगंजवासीको स्वास्थ्यमा प्रत्यक्ष असर पारी तिनीहरू विभिन्न किसिमको रोगका शिकार बनिरहेका छन् । कहाँसम्म भने हिन्दूहरू तथा मुसलमानहरूको धार्मिक चाड दशैं, तिहार, बकरिद तथा छठ पर्वमा समेत सडकबाट फोहर उठाइएन । योभन्दा ठूलो विडम्बना के हुन सक्छ वीरगंजवासीका लागि ? नालाबाट फोहर निकालेर राखेको हप्ता दिनभन्दा पनि बढी हुन्छ तर पनि त्यो नालाको फोहर उठ्दैन, जसले गर्दा वातावरण नै दुर्गन्धित हुन्छ । यसको जिम्मेवारी कसले लिने ? वडामा यसको शिकायत गर्न जाँदा त्यहाँका सचिवले कहिले कर्मचारीहरूको अभाव तथा कहिले ट्याक्टरको अभाव र कहिले इन्धन तथा सरसफाइ सामग्रीको अभाव बताएर जिम्मेवारी पन्छयाउँछन् । यसरी वीरगंज शहर फोहर भइरहेको छ र बदनाम भइरहेको छ, देश–विदेशमा । वीरगंज नेपालको प्रवेशद्वार र औद्योगिक नगरी भएकोले यसले राष्ट्रकै प्रतिनिधित्व गर्छ । यसलाई सुदृढ र सफा बनाउनु हामी सम्पूर्ण वीरगंजवासी तथा उपमहानगरपालिकाको कर्तव्य तथा जिम्मेवारी होइन र ?
नेपालको प्रमुख शहरहरूमध्ये एक शहर हो हाम्रो वीरगंज । तर यहाँ सडकको अभावले गर्दा विभिन्न किसिमको सास्ती भोगिरहेका छन् वीरगंजवासी र पर्यटक । सडकको अभावले वीरगंज ग्रामीण क्षेत्रमा परिणत भइसकेको छ । जहाँ सडक निर्माण पनि भएको छ, एक वा दुई वर्षभन्दा बढी कालोपत्र नटिक्ने भएकोले हामी सम्पूर्ण वीरगंजवासी आजित भएका छौं । यसको एउटा प्रमुख कारण सडक निर्माणका लागि गुणस्तरीय काम गर्ने ठेकेदारलाई काम दिनुको सट्टा नातावाद, कृपावाद तथा पैसावादले काम गरिरहेको प्रस्ट हुन्छ । वीरगंज औद्योगिक नगरी भएकोले यहाँ दिनहुँ हजारौं सवारी साधनको आवतजावत हुन्छ तर सडकको अभावले गर्दा चारैतिर भीड, जामले गर्दा व्यापारी, नागरिक दिक्क छन् । जसको फलस्वरूप वीरगंजबाट विभिन्न कलकारखानाहरू पलायन भइरहेको छ । यातायात तथा सडक नगर विकासको पूर्वाधारहरूमध्ये एक भएकोले यसको विकास गर्नु अति आवश्यक छ । बजेटको अभावमा सडक निर्माण गर्न नसकिएको नगरपालिकाका कर्मचारीहरूको तर्क छ । तर बजेट अभाव देखाएर आफ्नो जिम्मेवारीबाट पछाडि भाग्दैछ वीउमनपा । यदि बजेटको अभाव छ भने किन नयाँ–नयाँ कर्मचार नियुक्त गरेर राष्ट्रिय ढुकुटीमा ब्रह्मलुट मचाइँदै छ । एउटा व्यक्तिको स्वार्थ पूरा गर्न सम्पूर्ण वीरगंजवासीलाई किन यातना दिइँदैछ ? नगरपालिकाको कार्य हुन्छ नगरको विकास, तर नगरपालिकाले कर्मचारी सङ्ख्या बढाउने गरेको छ । बाटोघाटोमा बत्ती नहुँदा थप समस्या देखिएको छ । अहिले हिउँदे अर्थात् सुख्खा मौसममा छिटो राति हुन्छ र ढिलो बिहान हुन्छ । यो प्रकृतिको नियम हो तर बिहान स्कूल वा कलेज जाने विद्यार्थीहरू अँध्यारोमा बाटो हिंड्न बाध्य छन् । यदि केही खाल्डोमा, फोहरमा वा अन्य कुनै अप्रिय घटना भए भने यसको जिम्मेवारी कसले बेहोर्ने ? यो वीउमनपाको मात्र समस्या होइन, नेपाल विद्युत् प्राधिकरणको पनि भएकोले बिहान ६ बजे नै बत्ती निभाउने नियममा समयानुकूल परिवर्तन गर्न किन नसकेको ?
वीरगंज शहरको मुटुमा रहेको, वीरगंजवासीको शान मीनाबजार सड्ढटमा परेको छ । पुरानो मीनाबजारमा कम्प्लेक्स बनाउने निर्णय वीउमनपाले गर्यो, जुन स्वागतयोग्य छ तर हालसम्म अर्थात् समय अवधि सकिन लाग्दा पनि एक चौथाई कार्य पनि सम्पन्न नभएकोले मीनाबजारको अस्तित्व नै खतरामा परेको छ । ठेकेदार र नगरप्रमुख रुफि· अर्थात् छत बनाउन प्रयोग हुने फलामे डण्डीको विवादले अहिले कार्य ठप्प छ ।
साँढे आतड्ढले वीरगंजवासी हैरान छन्, त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी पनि वीउमनपाको भएकोले यसतर्फ पनि वीउमनपाले केही सकारात्मक पहल गर्नुपर्छ । एक वर्ष पहिले नगर प्रहरीले साँढेहरूलाई नियन्त्रणमा लिई ज·लतर्फ छाडेका थिए तर क्षेत्र नं. १ का प्रतिनिधि करिमा बेगमले विरोध गरिन् । के यो कार्य उचित हो ? बहुसङ्ख्यक जनताको हितविपरीत राजनीति गर्नु राम्रो थियो ?
जसरी वीउमनपाले आफ्नो नारा दिन्छ– ‘स्वस्थ सुन्दर शहर’ त्यसलाई व्यवहारमा उतारे वीरगंज स्वर्ग बन्थ्यो । आशा गरौं वीउमनपाका कर्मचारीले इमानदारीपूर्वक कार्य गरी वीरगंजलाई विकासको राजमार्गतर्फ डोर्याउने छन् ।