–धर्मेन्द्र भट्टराई
कवि धरणीधर कोइरालाको ‘गरी काव्यसुधा रसपान अरे, गर मानव जीवन सार्थक रे १’ पद्यांशबाट प्रेरित भई जीवनमा पाएका दु:ख, पीडा, वेदना एवं वर्तमान युगीन जनजीवनसँग सम्बद्ध विषयवस्तु समेट्दै कवि प्रमोद सार· ‘अप्रिल फुल बाँचिरहेछ देश’ कविता सङ्ग्रहमार्फत् नेपाली साहित्य फाँटमा देखापरेका छन् । करिब पचास दशकको मध्यदेखि कविताफाँटमा उदाएका कवि सार·ले १४–१५ वर्षको अन्तरालमा रचेका रचनाहरूलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले प्रकाशमा ल्याएको हो । प्रारम्भमा कलाको क्षेत्रमा अग्रसर भएका सार· पछि विभिन्न साहित्यक व्यक्तित्वसँगको सामिप्य पाएर कवितातर्फ तानिएको कविको स्वीकारोक्ति रहेको छ । पत्रकारिता एवं अङ्ग्रेजी भाषामा स्नातकोत्तर गरेका सार·ले विभिन्न साहित्यिक गोष्ठीमा भाग लिंदा साहित्यतर्फ आकर्षित भई पहिलोपटक कविका रूपमा आफूलाई चिनाएका छन् ।
कविकै विचारमा ‘फूल नफुल्ने, पक्षी नबास्ने र गीत नगाइने कुनै ठाउँ नभएजस्तै देश, सीमा, दु:ख, सपना, त्रास, संवेदना, आशा एवं निराशाका अक्षर बिम्बहरू कोरेको छु’ । निश्चय पनि कविले प्रस्तुत कविता सङ्ग्रहमा अहिलेको जनजीवनसँग सम्बन्धित विभिन्न विषयवस्तुहरू समेट्दै पचासवटा कविताहरूमार्फत् मानव जीवनका जटिलता, जीवन सङ्घर्षका पीडा, आक्रोश, असन्तुष्टि, सामाजिक स्वार्थ, सामाजिक विस·तिका साथै नकारात्मक पक्षको कटु आलोचना, पछौटे यथास्थितिप्रति असन्तुष्टि एवं व्य· प्रहार गर्न पछि परेका छैनन् ।
कवि सार· कलाकार पनि भएका हुँदा भन्न खोजेका कुराहरूलाई चित्रात्मक बनाउँदै समाज सुधार र राष्ट्रोन्नतिका पक्षमा वकालत गर्दै जीवन र समाजबाट विम्ब, प्रतीकहरू चयन गरी अभिव्यक्ति दिएका छन् । साथै सुखी जीवन र सभ्य समाजको निर्माणका लागि आग्रह गर्दै पाठकहरूको मन छुने गरी पद र पदावलीहरूको कलात्मक संयोजन गर्दै सम्प्रेषणीय रचना समेत गरेको पाइन्छ ।
प्रस्तुत कविता सङ्ग्रहमा अहिलेको वर्तमान एकदमै निराशाजनक हुनुका साथै दु:खद, त्रासद अवस्थामा बाँच्न बाध्य छ । मानवीय अस्तित्वको पतन, र्हासोन्मुख मानवता, व्यक्तिवादी अहम् भावना, सड्ढटले भरिएका मानवीय, जीवनयात्रा, एकआपसमा बढ्दो अविश्वास, त्यस्तै आशा एवं निराशाका सुस्केराहरू आदि विषयवस्तु बनेका छन् । आजको युवाशक्ति विदेश पलायन भइरहेको र विदेशमा पाएको पीडा, भोकबाट आक्रान्त परिवेशको चित्रण, मानवीय दु:ख र पीडाहरूको त्रासदीपूर्ण परिदृश्य, देशका सिमानाहरू किचिंदै र मिचिंदै गएको तीतो यथार्थ पनि कवि सार·ले आफ्ना अभिव्यक्ति पहिलो कविता सङ्ग्रहमार्फत् दिएका छन् । २०५६ र ०५७ साल ताका प्रतीक दैनिकको वाटिकामा प्रकाशित कविताहरू समाविष्ट यस पुस्तकमा ५० कविता सङ्ग्रहित छन् ।
कवि मानवीय प्रेम प्रणयका अभिव्यक्ति, प्रकृति चित्रण तथा प्रकृतिको मानवीकरण गर्नसमेत पछि परेका छैनन् । समष्टिमा कवि सार·ले देश अप्रिल फुल भएर बाँचिरहेको यथार्थलाई चित्रण गर्दै नेपाली जनजीवन पीडा र दु:खमा पिल्सिंदै गइरहेको तथा आफ्नो स्वार्थ पूरा गर्न तिनको उपभोग गर्ने राजनेता र शोषकप्रति व्यङ्ग्य प्रहार गर्नुका साथै मात्र आश्वासन बाँड्ने, मानवीय मूल्य र श्रमको उचित सम्मान गर्न नसक्ने राजनीतिक धूर्तताका कारण आम नेपाली जनताले दु:ख भोग्नुपरेको भावचित्रसमेत स्पष्ट्याएका छन् ।
अन्त्यमा कविता भनेको मानव मनको मूर्त र कलात्मक अभिव्यक्ति हो । कविता कला र भावले अन्तर्निहित हुनुपर्छ । अझ भन्ने हो भने कला शरीर र भाव आत्मा हो । शरीर र आत्मा मिलेर जीवन सञ्चालन भएझैं यी दुवैको स·मले नै कविताले जीवन्तता पाउँछ । कविताले हार्दिक र बौद्धिक आनन्द दिन सक्नुपर्छ । कवितामा अनावश्यक क्लिष्टता र वैचारिक आग्रहले कविता, कविता नभएर केवल नारा मात्र हुन पुग्छ । कवितामा सौन्दर्यको सृष्टि हुन्छ, सिद्धान्तको वकालत होइन । जीवनको दर्शन हुन्छ, दर्शनको व्याख्या होइन, विचारको प्रस्तुति हुनुपर्छ, विचारको विस्तार होइन । प्रस्तुत कविता सङ्ग्रहमा सामान्य खालका कवितादेखि उत्कृष्ट खालका कविताहरूसम्म सड्ढलित छन् । कविको यो पहिलो प्रयास भए पनि सरदरमा अधिकांश कविताहरू पाठकहरूको हृदय स्पर्श गर्न सक्षम भएका छन् तर पनि उपर्युक्त भावनालाई मनन गर्दै यस सङ्ग्रहमा देखापरेका केही कसरलाई दृष्टिगत गरी कविको साहित्यमोहले सिर्जित प्रस्तुत कविता सङ्ग्रह नेपाली साहित्यको वाटिकामा थप एउटा सुवासित थु·ाका रूपमा मगमगाई रहने छ । कवि सार·को साहित्यप्रति देखिएको अनुराग, समर्पण भाव एवं लगनशीलताले निरन्तरता पाइरहोस् । आगामी दिनहरूमा पनि उर्वर प्रतिभाका माध्यमद्वारा नेपाली साहित्यवाटिका पुष्पित एवं पल्लवित भएको देख्न पाइयोस् । अस्तु १