प्रस, निजगढ, १४ पुस/
बाराको निजगढमा सञ्चालन भइरहेको वृहत् खेलकुद महोत्सवको दोस्रो दिन शनिवार फूटबल र टेबल टेनिस खेल भएको छ । फूटबल प्रतियोगितामा आयोजक टिमलाई ० का विरुद्ध ३ गोल गरी हनुमानगन्ज युवा क्लब, कोहल्वी विजयी भएको छ । दुवै टिमबीच मध्यान्तरअघि कडा प्रतिस्पर्धा रहेपनि मध्यान्तरपछि आफ्नो पक्षमा एकतर्फी खेल पार्दै हनुमानगन्ज युवा क्लबले ३ गोल गरेको थियो । मध्यान्तरपछिको २५ औं मिनेटमा हनुमानगन्ज क्लबका जर्सी नं. १२ का आयुश चौधरीले पहिलो गोल गरी खाता खोलेका थिए । त्यसैगरी विपक्षी टिमका खेलाडीको ह्यान्ड भएपछि पेनाल्टीमार्फत् सोही क्लबका जर्सी नं. ७ का राकेश चौधरीले दोस्रो गोल गरेका थिए । जर्सी नं. १३ का सागर लामाले तेस्रो गोल गर्दै हनुमानगन्ज युवा क्लब विजयी हुन पुगेको थियो । सो क्लबका गोलरक्षक राजु लामाले विपक्षी टिमका खेलाडीले पटक–पटक प्रहार गरेको बललाई आकर्षक ढ·ले जोगाएपछि उनी आजको प्रतियोगिताको म्यान अफ दि म्याच घोषित भएका थिए । आइतवार नवबुद्ध युवा क्लब, चन्द्रनिगाहपुर र शहीद स्मृति युवा क्लब, रतनपुरीबीच कडा प्रतिस्पर्धा हुने आयोजक नेपाल खेलकुद क्लब निजगढले जनाएको छ । खेलको मुख्य रेफ्रीमा ददीर प्याकुरेल, सहायक रेफ्रीमा सानुमाया मगर र राजेश पुनमगर रहेका थिए । खेललाई विवादरहित बनाउन मुख्य रेफ्रीसँगै सहायक रेफ्रीहरू होशियारीका खेल अवधिभर आफ्ना कार्यमा तल्लीन थिए ।
टेबल टनिस प्रतियोगिता शुरू
त्यसैगरी सोही दिन टेबल टेनिस खेल सञ्चालन भएको छ । स्थानीय समाजसेवी तथा खेलाडी केशरबहादुर लामाले बल र ब्याड प्रदान गर्दै खेल प्रारम्भ गरेका थिए । सो अवसरमा नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलको पनि उपस्थिति थियो । आज शुरू भएको पहिलो चरणको टेबल टेनिस प्रतियोगितामा २२ खेलाडी सहभागीमध्ये १२ जना खेलाडी दोस्रो चरणमा प्रवेश गरेका उक्त खेलका संयोजक हरिशरण सुवेदीले जानकारी दिए । दोस्रो चरणमा प्रवेश गर्ने खेलाडीहरूमा मनोजकुमार शाही, गोकुल सापकोटा, रोशन लामा, सचिन बर्तौला, राजु अर्याल, गोविन्द सुवेदी, मनीष चौलागाईं, समुद्र राउत, योगेश न्यौपाने, कमल लामा, नीरज राई, लक्की तिमल्सिना रहेका जनाइएको छ । टेबल टेनिस खेल लच्कामा, फूटबल निर्माणाधीन क्याम्पस भवनको खेल मैदानमा भइरहेको छ भने भलिबल पनि सोही स्थानमा हुने जनाइएको छ ।