प्रस, वीरगंज, १३ पुस/
महिला हत्या, हिंसा र बलात्कारविरुद्ध पत्रकार महिला समूह पर्साले आज वीरगंजमा विरोध जुलुस प्रदर्शन गर्यो ।
“महिला हत्या, हिंसा, बलात्कार बन्द गर, दोषीलाई अविलम्ब कारबाई गर भन्ने मुख्य नाराका साथ घण्टाघर चोकबाट नाराबाजीका साथ शुरु भएको विरोध जुलुस आदर्शनगर हुँदै पुन: घण्टाघरमा कोणसभामा परिणत भएको थियो ।
भारतको दिल्लीमा एक छात्रामाथि भएको सामूहिक बलात्कार बर्दियाकी शिवा हाशमीको हत्याकाण्ड, काठमाडौं एयरपोर्टमा सरकारी कर्मचारीकै संलग्नतामा महिला यात्रुमाथि भएको लुटपाट तथा यौन दुव्र्यवहार र बारामा किशोरी बिन्दु ठाकुरको पाशविक हत्याको विरोधमा पत्रकार महिला समूहले विरोध प्रदर्शन गरेको हो।
विरोधसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष धु्रव साहले कडा कानुन निर्माण र इमानदारिताका साथ कार्यान्वयनमा जोड दिएका थिए । उपाध्यक्ष साहले महिला हिंसा र बलात्कारविरुद्ध नेपाल भारतलगायत मुलुकमा अझै पनि कडा कानुन नबनेको उल्लेख गर्दै बनेको प्रचलित ऐन कानुन कार्यान्वयनमा प्रहरी प्रशासनलगायत सरकारी निकाय उदासीन रहेको कारण अपराधीको मनोबल बढेको बताए ।
सो अवसरमा पत्रकार महिला सञ्जाल पर्साकी अध्यक्ष बबिता भट्टले महिला हिंसा तथा अपराधका घटनाहरू दिनहुँ भइरहेको सञ्चार माध्यममा आइरहेको भए तापनि अपराधीलाई कारबाई प्राय: शून्य अवस्थामा रहेको बताइन् ।
रेडियो सञ्जाल पर्साका अध्यक्ष क्रान्ति शाहले बारा, पर्सा क्षेत्रमा भइरहेको महिला हिंसाको तथयाड्ढ प्रस्तुत गर्दै यो भयावह स्थितिबाट मुक्ति पाउन नारी मुक्ति र न्याय आन्दोलनको अगुवाइ नागरिक समाजले गर्नुपर्ने बताए ।
विरोधसभामा नेपाल पत्रकार महासङ्घ पर्साका सहसचिव कृष्ण उदास खनालले महिला हिंसाका अपराधलाई मानव समाजविरुद्धकै अपराधको रूपमा मान्नुपर्ने र अपराधीलाई कठोर कारबाईको व्यवस्था राज्यले गर्नुपर्नेमा जोड दिए ।
पत्रकार महिला सञ्जाल पर्साकी सदस्य मायामितु न्यौपानेको सहजीकरणमा सम्पन्न भएको विरोध सभामा क्रान्तिकारी पत्रकार महासङ्घ पर्साका संयोजक प्रताप श्रेष्ठ र महिला मानव अधिकार रक्षक सञ्जाल पर्साकी अध्यक्ष सन्ध्या भट्टले सम्बोधन गरेका थिए ।
कार्यक्रममा सञ्चारकर्मी, अधिकारवादी र सामाजिक सङ्घ/संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।