प्रस, वीरगंज, १६ पुस/
नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्र अन्तर्गत पर्सा जिल्लामा गरिने ग्रामीण विद्युतीकरणमा व्यापक भ्रष्टाचार हुने गरेको कर्मचारीहरूले बताएका छन् ।
ग्रामीण विद्युतीकरणका लागि वार्षिक करिब तीन करोडको हाराहारीमा बजेट आउने गरेको छ । चौमासिकरूपमा आउने सो बजेट जिल्लाको ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि खर्चिने हुँदा केन्द्रले आफूखुशी कोटेशनमा मात्र काम लगाउँदै आएको छ ।
केन्द्रमा धेरै वर्षदेखि रहेका ठेकेदारहरू मनोज साह, रामअवतार मण्डल, विनोद झा, आमोद चौरसिया, अरुण सिंहलगायतले मात्र लेखापाल प्रमोद झामार्फत् केन्द्र प्रमुख त्रिपुरारी सिंहलाई ४० प्रतिशत कमिशन दिएर काम लिने गरेका छन् ।
केन्द्रसँग धेरै वर्ष अघिदेखि अनुबन्धित यिनै ठेकेदारहरूले टुक्रा–टुक्ता गरेर कोटेशनमा काम लिने गरेका छन् ।
४० प्रतिशत कमिशन दिएर काम लिने गरिएकोले पनि पर्सा जिल्लाका धेरै गाविसहरूमा सञ्चालित ग्रामीण विद्युतीकरण योजना अधूरो अवस्थामा छ ।
केन्द्रले दिएको जानकारी अनुसार पर्साको अलौ, सुगौली, बगही, लिपनीबिर्ता, बेलवा, भौराटार, रामनगरी, बहुअर्वाभाटा, पिडरी, पोखरिया, सतवरिया, हरिहरपुर, देउरवाना, कल्याणपुर, गादी, सोनबर्सा, बुडगाई, जगरनाथपुरलगायत ५० भन्दा बढी गाविसमा ग्रामीण विद्युतीकरण योजना सञ्चालित थियो ।
करोडौंको योजना आर्थिक ऐन मिलाउन मात्र टुक्रा–टुक्रा गरेर कोटेशनमा दिनाले योजनाले गति लिन नसकेको कर्मचारीहरूको गुनासो रहेको छ ।
केन्द्रका लेखापाल झाले ठेकेदारमार्फत् काम भइरहेको बताए, तर उनले पनि टेन्डरबाट नभई कोटेशनबाट काम गराएको स्विकारे । करोडौंको योजना टेन्डरबाट दिंदा आफ्नो कमिशन सुरक्षित नहुने हुँदा कोटेशनबाट दिने गरेको कर्मचारीहरूको गुनासो छ ।