राजेश केशरीवाल, रक्सौल, १५ पुस/
नेपाली चेली सरिता शाहसँग अमर्यादित व्यवहार गरेको आरोपमा भारतीय जीआरपी विभागले हिजो एकजना जीआरपीका अधिकारीलाई निलम्बित गरेको सामाचार प्राप्त भएको छ ।
निलम्बित हुनेमा नरकटियागंज रेल सुरक्षा अधिकारी विनोद सिंह रहेका छन् ।
रक्सौल रेल्वे स्टेशनमा कार्यरत सुरक्षाकर्मीहरूलाई निर्देशन दिन पुगेका रेल्वे विभागका एसपी शिवशड्ढरकुमार झाले सो कुराको पुष्टि गरेका हुन् ।
भारतमा हालै भएको महिलामाथिको सामूहिक बलात्कारको घटना नदोहोरियोस् भनी भारत सरकारले देशभरि उच्च सतर्कता अपनाउँदै सार्वजनिकस्थल, बस स्टेशन तथा रेल्वे स्टेशन जस्ता बढी सर्वसाधारणहरूको ओहोरदोहोर हुने ठाउँहरूलाई अति संवेदनशील मानी निगरानी बढाउँदै सबै सुरक्षा निकायहरूलाई चनाखो भई काम गर्नुका साथै कडा सावधानी अपनाउन निर्देशन जारी गरेको छ ।
केही महिनाअगाडि नेपाली चेली सरिता शाहलाई दलित महिला जनकल्याण संस्था रक्सौलले रेल्वे स्टेशनबाट उद्धार गरी विभिन्न बहानामा नरकटियागंज लगी रेल्वे अधिकारी विनोद सिंहको निवासमा पुर्याएको घटना सार्वजनिक भएको थियो । सो घटनालाई भारतीय महिला आयोगले छानबिन गरिरहेको थियो । महिला आयोगले छानबिनपछि विनोद दोषी ठहर भएको प्रतिवेदन सम्बन्धित निकायमा बुझाएपछि विभागले सिंहलाई निलम्बन गरेको बुझिएको छ ।