- सुशील मुडभरी
सन् २०१२ सालको अन्तर्राष्ट्रिय आर्य महासम्मेलन अक्टुबर २५–२८ चार दिन दिल्लीमा भव्यताका साथ हुने
समारोहमा भाग लिन बाराका आर्य समाजका अध्यक्ष विन्देश्वरी आर्यले आर्य समाजका प्रचारक र हामी शुभेच्छुकहरूसँग धेरै दिनदेखि अनुरोध गर्दै आउनुभएको थियो । पहिले–पहिले कलकत्तामा हुने गरेको आर्य सम्मेलनहरूमा पनि भाग लिन जान उहाँले सार्है जोड दिनुभएको थियो । तर त्यस बेला अनुकूल नमिलेको र स्वास्थ्यले साथ नदिएकोले पनि गइएन । यसपटक चाहिं उहाँको आग्रह टार्न सकिएन ।
नेपाल आर्य समाज बाराका अध्यक्ष विन्देश्वरी श्रमजीवी मानिस हुन्, उनी खेतीपाती गरेर, तरकारी बेचेर आफ्नो गुजारा गर्छन् । पण्डितहरूस जो आफूलाई ठूलै सम्झन्छन्, चाहे ती आर्य समाजका ठेली फलाक्नेहरू हुन् वा आफूलाई माक्र्सवादी नेता सम्झनेहरू हुन् । सबै सङ्घसंस्था पार्टीहरूमा त्यस्ता घोकन्तेप्रति मेरो तिरस्कार नै रह्यो । आफूले काम गरेको सामाजिक, धार्मिक, राजनैतिक संस्थाप्रति पूरै इमानदार रहने व्यक्तिले कम बुझेपनि, कम जोनपनि समाजको अहित गर्दैन भन्ने मेरो ठम्याइ छ । सबेरै सत्स·हरूमा शान्ति शान्तिको मन्त्र फलाक्नेहरू दिउँसो किसानबीच गएर अध्यात्मवाद भ्रम हो, हतियार उठाउ भनी भाषण गर्ने नेताहरू त समाजका घातक नै हुन् भन्ने मेरो मान्यता छ । आफू जहाँ रहेपनि अरू सबैको सम्मान गर्न जान्ने व्यक्तिमात्र पूजनीय हुन्छ । आजकल आर्य समाजीहरूसँग दैनिक सम्पर्कमा रहने गरेको देखेर कसै–कसैले मलाई आर्य समाजी बन्नुभयो कि भन्ने प्रश्न गर्ने गरेका छन् । मैले चाहिं आफूलाई पानीसँग तुलना गरेको छु । पानी बहँदै जाँदा, जहाँ खाल्डो देख्छ, पुरिदिन्छ र अन्यत्र खाल्डो पुर्न बगिरहन्छ, बगिरहन्छ । ममात्र होइन, लाग्दछ सम्पूर्ण मानव जाति नदीझैं हो, सागर हुँदै महासागर बन्दछ । एउटा मार्मिक भनाइ छ– ‘चरीको कहाँ छ घर, जहाँ वास त्यही घर’ ।
उक्त महासम्मेलनमा जान निश्चितै गरेर ट्ेरन रिजर्वेशन गर्न पैसा जम्मा गर्न जाँदा पो थाहा भयो, यो महासम्मेलन मध्य दशैंमा पर्दोरहेछ । खल्लो हुने भयो, दशैं परेकोले त्यता नजान परिवारजनबाट निकै जोड भयो । तर मैले सम्झाएँ– “दशैंजस्ता चाडहरू त आइरहन्छन्, गइरहन्छन् तर महासम्मेलन ? अनि वचन फर्काउनु पनि त राम्रो होइन” भनी सबैको चित्त बुझाएँ ।
२०६९ साल काात्तिक ७ गते देवीशक्ति उपासनाको अन्तिम दिन, महानवमीका दिन अर्थात् २०१२ नोभेम्बर २३ का दिन सबेरै ६ बजे आर्य समाज बाराका अध्यक्ष लक्ष्मी पाण्डे, रामअयोध्या तिवारी, नन्दलाल साह, उनको परिवार र मलगायत करिब सोर्ह–सत्रजना कलैया धर्मशालामा जम्मा भयौं र वीरगंज हुँदै रक्सौलतर्फ प्रस्थान गर्यौं । दिल्ली जाने मिथिला एक्सप्रेसको समय बिहान ८:५० मा भए पनि एकाध घण्टा चाँडो पुग्दा रेल चढ्न बोगी र सिट खोज्न सजिलो पर्ने भएकाले चाँडै प्रस्थान गर्यौं । आठ बजेभित्रै स्टेशन पुग्यौं । हाम्रो डफ्फामा सहभागीमध्ये कलैया बिजुलपुरका ९२ वर्षीय लक्ष्मी पाण्डे नमुनाको रूपमा देखिनुहुन्थ्यो । ‘भीडभाड छ, वृद्ध हुनुहुन्छ तपाईंका परिवारका कोही सदस्य आएनन्, एक्लै जाँदा गार्हो पर्दैन ?” भन्ने मेरो प्रश्नमा उहाँले जवाफ दिंदै भन्नुभयो– “जहिलेसम्म हातखुट्टा चल्छ, यस्ता धार्मिक यात्रा वा तीर्थस्थल गइरहने मेरो अठोट छ । भगवानलाई दिमागमा राखिसकेपछि अरू को चाहियो र ? यस्ता यात्रामा निक्लेपछि कोही न कोही निक्लिहाल्छ । यसपटक मेरो सेवा गर्ने तपाईं र अध्यक्ष विन्देश्वरी भइहाल्नुहुन्छ नि भनी हाँस्नुभयो । उहाँको हाँसोमा साथ दिंदै हामी पनि हाँस्यौं । ठीक ८:५० मा ट्ेरन खुल्यो, यस रेलमा क्यान्टेनको व्यवस्था रहेन छ, साथीहरूले घरबाट बनाएर लगेको रोटी मिठाइहरू र नाङ्ले व्यापारीहरूले ट्ेरनमा बेच्ने गरेको कट्याककुटुक खाएर दिन रात बिताइयो । रेलले भोलिपल्ट ११ बजे दिल्ली स्टेशनमा उतार्यो । महासम्मेलन स्थलसम्म जानको लागि आयोजकहरूले बसको व्यवस्था गरेका रहेछन्, स्टेशनबाहिर । निक्लनासाथ त्यो बस देखियो । खाँदखुद गरी करिब सत्तरी–असीजना चढेपछि बस सम्मेलन स्थलतिर प्रस्थान गर्यो ।
स्टेशनबाट करिब एक–डेढ घण्टा बस गुडेपछि सम्मेलनस्थल रोहिणी सेक्टर स्वर्णजयन्ती पार्क हामी ओल्र्यौं र एउटा सिंगारिएको ठूलो द्वारबाट भित्र छिर्यौं । विशाल चौरमा सम्मेलन स्थल कायम गरिएको रहेछ, जहाँ सयौं–सयौं सामियाना गाडिएको देखियो । करिब एक लाख मानिस सुत्न, बस्न सक्ने र दुई–तीन लाख मानिस जम्मा हुन सक्ने परिसर सिंगारिएको थियो । परिसरको उत्तरी भागमा विशाल उद्घाटन मञ्च देखियो । मञ्चदेखि केही दक्षिणपिट्ट व्यायामशाला र त्योभन्दा केही दक्षिणपट्टि बाँसका कर्चीहरूले घेरिएको यज्ञमण्डप देख्न सकिन्थ्यो । यज्ञ मण्डपसँग टाँसिएर पश्चिमपिट्ट सानो झुपडीमा गौशाला बनाइएको थियो । उक्त गौशालामा दुईवटा राम्रा थुनेला गाई थिए र साना दुईटा बाच्छाबाच्छी उफ्री–उफ्री रमाइलो गरिरहेको देखिन्थ्यो । त्यो रमाइलो दृश्य हेर्दाहेर्दै गौशालामा टाँगिएको एउटा बोर्डले हाम्रो ध्यानाकर्षण गर्यो । त्यसमा ‘गाई’ समाजका लागि कति उपयोगी छ भन्ने कुरा झल्काइएको थियो, त्यसमध्ये घतलाग्दो कुरा यस्तो थियो । गायका दूध–अमृतमय । घृत: स्वर्णमय । दही– सञ्जीवनीमय । मूत्र: औषधिमय । गोबर– ऊर्जामय । यसपछि मण्डपमाथि टाँगिएको त्रिकोणात्मक झन्डाले हामीलाई आकर्षित गर्यो । धार्मिक जगत्मा त्रिकोणात्मक झन्डाको बढी महत्त्व मानिन्छ । हामी नेपालीहरूको राष्ट्रिय झन्डा पनि त्रिकोणात्मक भएकोले पनि गौरव लाग्नु स्वाभाविकै थियो । परिसरभित्र प्रदर्शनी स्टलहरू, ज्ञानगुनका पुस्तकका स्टलहरूलगायत सानोतिनो शहर बजारकै रौनक देखिन्थ्यो । ज्ञानगुन प्रदर्शनी स्टलभित्र दयानन्द सरस्वतीले हिन्दू धर्मलाई नष्ट हुनबाट बचाउनुभएका घटनाका कुराहरू र भारतीय मुक्ति सङ्ग्राममा खेलेको भूमिका र ठूला–ठूला क्रान्तिकारी र स्वतन्त्र सेनानीहरूमाझ सरसल्लाह गर्दाका प्रसिद्ध र राम्रा–राम्रा तस्बिर चित्रहरू प्रदर्शन गरिएको देखिन्थ्यो ।
भित्र छिरेर एकाध घण्टा घुमेपछि नजिकैे एक हजारभन्दा बढी मानिस सुत्न, बस्न मिल्ने सामियानामा गएर थकाइ मार्न थाल्यौं । व्यवस्थापनमा आफ्नो ठाउँ पत्ता लगाउन जानुभएका विन्देश्वरीजीले भन्नुभयो– यी ५–७ वटा सामियानामध्ये एउटा गुरुकुलका विद्यार्थीहरूको लागि रहेछ, हाम्रो लागि उता व्यवस्था छ । उता सयौं सामियानाबीच नेपालीको लागि भनी लेखिएको सामियानामा गएर बस्यौंंं । बिहान ८ बजेदेखि शुरु गरेर राति १०–११ बजेसम्म ताँती लगाएर खाना खुवाएको देखिन्थ्यो । सुत्ने–बस्ने व्यवस्था मिलाई, झिटीगुन्टा राखी हामीले पनि लामबद्ध भएर खाना खायौं । क्रमश: