- नीरजकुमार गुप्ता
भनिन्छ हरेक क्रियाको प्रतिक्रिया हुन्छ । त्यो हो सकारात्मक र नकारात्मक । शिक्षा मन्त्रालयले लिएको फैसला अहिले चर्चाको विषय बनेको छ । यदि मन्दिरमा मूर्ति नभए मन्दिरको महत्त्व हुँदैन, ऐनामा सुरत नभए ऐनाको महत्त्व हुँदैन भनेझैं यदि विद्यार्थीहरूको ज्ञान नभए प्रमाणपत्र अर्थात् डिग्रीको कुनै महत्त्व हुँदैन । त्यसैले वर्तमान सरकारले कक्षा १०, ११ र १२ को सहयोगी पुस्तिका भनेर चिनिने गेसपेपरको खरिद बिक्रीमा पूर्ण रोक लगाएको छ । यस निर्णयमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा व्यक्ति र समाजमा बहस चलेको छ ।
गेसपेपरले विद्यार्थीहरूलाई अल्छी बनाई उनको सिर्जनशीलतामा रोक लगाउँछ । अध्ययनको मतलब ज्ञान वा सिक्नु होइन, सिकेको ज्ञान र सीप जीवनमा अपनाएर आफ्नो र परिवार, राष्ट्र तथा जगतको सेवा गर्नु हो । तर एसएलसीमा विद्यार्थीहरू गेसपेपरलाई चिटको माध्यम बनाउँछन् । गेसपेपर बजारमा सर्वत्र उपलब्ध भएकोले शिक्षक तथा शिक्षिकाहरूले पनि पढाउने संस्कृतिमा कमी आएको छ । गेसपेपर पढेर खाली डिग्री हासिल गर्ने तर ज्ञान, सिर्जनशीलता, बौद्धिकतामा खडेरी आएकोले सरकारको कदम उपयुक्त भएको केही अभिभावकले मानिरहेका छन् भने कतिले यसको विरोध गरिरहेका छन् । कतिपय विद्यार्थी पाठयसामग्री अध्ययन नै नगरी परीक्षाको एक दुई महिना बाँकी रहँदा गेसपेपर खरिद गरी अध्ययन गर्छन् जसले गर्दा राष्ट्रमा दक्ष जनशक्तिको अभाव हुन्छ । आजको विद्यार्थी नै भोलिको नयाँ नेपालको निर्माणकर्ता हुन् । यदि तिनीहरूमा नै ज्ञानको खडेरी लाग्छ भने राष्ट्रले स्वाभाविक विकासको स्वाद चाख्न पाउँदैन । त्यसैले यो कदम स्वागतयोग्य हो । वि.सं. २०४८ सालको जनगणनामा नेपालको साक्षर दर ५१.७ थियो तर वि.सं. २०६८ सालमा केही वृद्धि भई ६५.८ प्रतिशत भए पनि बेरोजगारी समस्या घटेको छैन । अधिकांश नेपाली समाजमा पढेर केही गर्न सकिन्न भन्ने सोच पलाएको छ, किनभने अहिले पनि अधिकांश विद्यार्थी डिग्री त हासिल गरेका छन् तर ज्ञान हासिल नगरेकाले बेरोजगारी समस्या सिर्जना भएको हो जसले गर्दा नेपाली समाजमा नकारात्मक सन्देश गएको छ । कक्षा कोठामा अनुपस्थित तथा गृहकार्य नगरी पास हुने माध्यम बनेको थियो गेसपेपर । यसमा प्रतिबन्ध लाग्दा विद्यार्थीहरू मेहनत गरी पढ्न र कक्षा कोठामा उपस्थित हुन बाध्य हुन्छन्।
शिक्षा क्षेत्रमा प्रत्येक वर्ष अर्बौ लगानी भइरहेको छ, तर दिन–प्रतिदिन शिक्षाको स्तर खस्कँदै जानुमा केही हदसम्म अभिभावकको पनि भूमिका छ । आफ्नो सन्तानलाई विद्यालय भर्ना गराई दायित्व पूर्ति भएको ठान्छन् ? कति अभिभावकले आफ्नो विद्यार्थीको गृहकार्य जाँच गरेका छन् ? कति अभिभावक स्कूलमा गई आफ्ना सन्तानको अध्ययनबारे छलफल गरेका छन् ? ‘नानीदेखि लागेको बानी पछि छुटाउन गार्हो हुन्छ’ भनेझैं तिनीहरू सानैदेखि खाली पास हुने गरी पढ्ने बानी बसालेका हुन्छन् । फलस्वरूप कक्षा १०, ११ र १२ उत्तीर्ण हुन सस्तो तथा सुलभ उपाय अपनाई अर्थात् गेसपेपरको सहारा लिई पास त हुन्छन् तर ज्ञानको खडेरी भएकोले जीवनमा सफलता हासिल गर्न सक्दैनन् । त्यसैले सरकारको फैसला स्वागतयोग्य छ भन्ने ठम्याइ छ, नेपाली जन समुदायको ।
जहाँ गेसपेपर प्रतिबन्धले सकारात्मक सन्देश दिएको छ, यसले केही नकारात्मक प्रभाव पनि पारेको छ हाम्रो समाजमा । नेपालका अधिकांश विद्यार्थी गरिब वा मध्यम परिवारका हुन्छन्, तिनीहरू दैनिक विद्यालय जान सक्दैनन् । के तिनीहरू विद्यालय नगई, बिना कुनै सहयोगी पुस्तक पढी परीक्षा उत्तीर्ण हुन सक्लान् ? विद्यालय गए पनि चर्को मूल्यको पुस्तक तिनका अभिभावकले खरिद गर्न सक्छन् ? शिक्षकहरूले पनि कक्षा कोठामा कन्जुस्याइँ गरी पढाउने गर्छन् र ट्युशन पढ्न बाध्य पार्छन्, के नेपाली समुदायको त्यो थेग्न सक्ने हैसियत छ ? हरेक विद्यार्थी आफ्नो मनपर्ने वा रुचि लाग्ने विषयमा राम्रा हुन्छन्, तर सबै विषयमा हुँदैनन्, गेसपेपर रुचि नभएको विषयमा उत्तीर्ण हुने माध्यमे थियो ।
मुस्ता·, म्याग्दी, रोल्पा र डोल्पा जस्ता अनकन्टार ठाउँ वा ग्रामीण क्षेत्रमा समयमा पुस्तक पुर्याउन सकिंदैन, यहाँसम्म कि पहिलो त्रैमासिक परीक्षा सम्पन्न हुन्जेल विद्यार्थी पुस्तकबाट वञ्चित रहनुपर्छ, त्यसको विकल्पको रूपमा गेसपेपर पठाइन्थ्यो र पढिन्थ्यो, अब के ? गेसपेपरमा एउटा प्रश्नको उत्तर घुमाई–घुमाई विभिन्न शैलीमा दिइन्थ्यो अब त्यो शैली हराउँछ । गेसपेपरमा महत्त्वपूर्ण प्रश्नहरू समावेश र पुरानो प्रश्नहरू स·ालोको रूपमा विद्यार्थीहरूले पढ्ने गर्थे । गेसपेपरले विद्यार्थीहरू कसरी र कति प्रश्नको उत्तर रचनात्मक ढ·ले लेख्न सिक्थे, त्यो अब कसरी सम्भव हुन्छ ? निमा पुस्तक प्रालि तथा विभिन्न गेसपेपर व्यवसाय गर्ने छापाखानाहरू लाखौंको नोक्सानीको जिम्मेवारी वा क्षतिपूर्ति कसले दिने ? यदि निर्णय नै गर्नुछ भने शैक्षिक वर्ष शुरु अघि नै गर्नुपथ्र्यो तर सरकारले नेपाली जनता र व्यवसायीलाई आज पनि ठग्दैछ र भोलि पनि ठग्नेछ ।
यदि गेसपेपरमा प्रतिबन्ध लगाउनु छ भने यसको सट्टा नयाँ विकल्प दिनुपर्छ । शैक्षिक वातावरण सुधार गरी विद्यार्थीहरूलाई त्यसतर्फ प्रेरित गर्न सकिन्थ्यो । आउँदो एसएलसी परीक्षामा सम्पूर्ण नेपाली विद्यार्थी सफल रहून् भन्ने शुभकामनाका साथ । –श्रीपुर, वीरगंज