प्रस, पथलैया, १६ पुस/
बारा प्रस्टोकाकी बिन्दु ठाकुरको हत्यामा उनकै परिवारको संलग्नता रहेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालयले कलैयामा पत्रकार सम्मेलन गरी घटनामा परिवारको संलग्नता रहेको जानकारी गराएको हो।
प्रहरीले बिन्दुका हत्यामा उनकै बुवा रामाको संलग्नता रहेको बताएको छ । अनुसन्धानमा भेटिएका प्रमाणबाट घटनामा रामाको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय बाराका अनुसन्धान अधिकृत रामनाथ घिमिरेले बताए ।
अनुसन्धान अधिकृत घिमिरेले बिन्दुको शवको साथमा उनकै बाबुले प्रयोग गर्ने टर्च फेला पर्नु, घरभित्र कालो लिपिएको देखिनु, उनकै घरमा मटीतेलको जर्किन फेला पर्नु, बिन्दुको सल शवमा ओढाइएको अवस्थामा भेटिनु, चप्पल घरमैं भेटिनुले हत्यामा बाबुको संलग्नता देखिएको बताए ।
हत्यामा रामाको संलग्नता देखिएपछि प्रहरीले १५ दिन म्याद थप गरी मुद्दा समेत दर्ता गरेको छ । हत्या देखिएपछि म्याद थप गरी मुद्दा दर्ता गरेका छौ– घिमिरेले भने, थप कुरा पछिको अनुसन्धानले बताउने छ ।
बिन्दुले गाउँकै एक युवकसँग प्रेम गरेको भन्दै बाबुले हत्या गरेको प्रहरीले जनाएको छ । यसअघि रामाले भने बिन्दु टिउसन पढ्न गएको समयमा हत्या भएको बताउँदै आएका थिए ।