- शीतलप्रसाद महतो
नेपालमा पहिलोपटक सन् १९८८ मा एकजना विदेशीलाई एचआईभी सङ्क्रमण भएको तथ्य फेला परेपछि २५ वर्षमा यसको जोखिम झनै बढेर गएको छ । एचआईभी सङ्क्रमितहरूमध्ये अधिकांश गरीब नेपाली छन् । त्यसैले नेपालमा गरिबी र विकाससँग गाँसिएको एउटा सशक्त मुद्दा हो, एचआईभी र एड्स । विश्वका एचआईभी र एड्सको इतिहासलाई केलाएर हेर्ने हो भने गरीब मुलुकहरूमा यसको सङ्क्रमण दर बढ्दो छ । नेपालमा पनि एचआईभीको सङ्क्रमण दर बढ्नुका मुख्य कारण गरिबीलाई चित्रण गरिएको छ । एउटा सशक्त र महत्त्वपूर्ण कारण गरिबी रहे पनि यो मात्र एड्स उत्पत्तिको कारक तत्त्व भने होइन । नेपालको सामाजिक एवं आर्थिक परिस्थिति, स्रोतको केन्द्रीकरण, वैदेशिक रोजगारीमा जाने दरमा वृद्वि, जातीय, लै·िक र आर्थिक विभेदका कारण शिक्षाबाट वञ्चित रहेको अवस्था, चेतनाको अभाव, असुरक्षित यौनसम्पर्क, छाला छेड्ने अप्रशोधित सुईको अत्यधिक प्रयोग तथा द्वन्द्व यस सङ्क्रमणका प्रमुख कारक तत्त्वहरू हुन् ।
त्यस्तै पितृसत्तात्मक सामाजिक परिपाटीका कारण बालविवाह, बहुविवाह, घरेलु हिंसा, यौनजन्य यातना तथा बलात्कार र महिलामाथि हुने हिंसाहरूले पनि उनीहरू बाध्यात्मक देहव्यापार र परिवारभित्रै पनि एचआईभी सङ्क्रमणका कारक तत्त्वहरू विद्यमान छन् । लागूऔषध दुव्र्यसन, जोखिमपूर्ण व्यवहार तथा असुरक्षित यौनसम्पर्कका कारण नेपालमा एचआईभी सङ्क्रमण दर बढिरहेको छ । यसको रोकथामको लागि सञ्चालित कार्यक्रम पुरुष र महिला यौनकर्मी, उनीहरूका ग्राहक, सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने दुव्र्यसनी र उनीहरूका यौन सहकर्मीप्रति केन्द्रित रहेको पाइन्छ । तर मजदुरीका लागि भारत र तेस्रो मुलुक जान बाध्य ग्रामीण क्षेत्रका अधिकांश युवा र निरक्षर गृहिणीको घरआँगनमा सुरक्षित यौन व्यवहार र कन्डम प्रयोगको पहुँच पुर्याउने कार्यमा बढी केन्द्रित हुन सकेको छैन । गरिबी र आन्तरिक द्वन्द्वबाट विस्थापनमा परेकाहरूले ज्यान पाल्नैका लागि यौन पेशा अँगाल्न बाध्य महिला र सोख एवं रमाइलोका लागि यौनसम्पर्कमा आकर्षित देखिएका ठूलो सङ्ख्याका किशोरकिशोरीमा सुरक्षित यौनसम्पर्क र व्यवहार परिवर्तनका कार्यक्रमलाई लक्षित गर्न सकेमा मात्र एचआईभी र एड्सको नियन्त्रण र रोकथाममा सफलता प्राप्त गर्न सकिन्छ ।
त्यसैले एचआईभी र एड्सविरुद्धको अभियानमा सामाजिक संरचना र राज्यसित जोडिएका कारणहरूलाई पनि उपेक्षा गर्न सकिंदैन । नेपालमा एचआईभी सङ्क्रमणको अवस्थाको मूल्याड्ढन र विश्लेषण गर्ने हो भन्ने सामाजिकरूपमा अपहेलित, उत्पीडित र उपेक्षित, आर्थिकरूपमा स्रोतसाधनबाट वञ्चित तथा शिक्षा र स्वास्थ्य सेवामाथिको सहज पहुँच नभएका समुदायमा यसको सङ्क्रमण दर बढ्दो छ । त्यसैले अब एचआईभी र एड्सको मुद्दा विगतमा चित्रण गरिएको जस्तो रहेन । यो एउटा आर्थिक, सामाजिक र सांस्कृतिकलगायतका बहुआयामिक पक्षहरूसँग अभिन्नरूपमा गाँसिएको मुद्दा हो ।
एचआईभी र एड्ससम्बन्धी राष्ट्रिय नीतिमा सरकारले एचआईभी र एड्स तथा यौनरोग नियन्त्रणका लागि उच्च प्राथमिकता दिने र सोहीअनुरूप सरकारी तथा गैरसरकारी दुवै क्षेत्रबाट कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरिने उल्लेख छ । अन्तरिम तीनवर्षे योजनाले समेत एचआईभी र एड्सलाई राष्ट्रिय विकासमा चौतर्फी प्रभाव पार्ने विषयको पहिचान गरेको छ । सहस्राब्दी विकास लक्ष्यमा पनि एचआईभी र एड्सको सङ्क्रमण दरलाई न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ ।
एचआईभी र एड्स राष्ट्रिय रणनीतिले रोकथाम, उपचार तथा स्याहारसुसार, वकालत, नीति तथा कानुनी सुधार, नेतृत्व तथा प्रबन्धन, सर्वेक्षण र अनुसन्धान, लगाानी तथा स्रोत परिचालन र सन् २०११ सम्म सर्वव्यापी पहुँचको लक्ष्य जस्ता रणनीतिक बुँदाहरूमा विशेष जोड दिएको छ भने एचआईभी र एड्स तथा यौनरोग नियन्त्रण बोर्डसमेत गठन भएको छ । तर पनि मानव स्वास्थ्यको अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौतीको रूपमा देखिएको एचआईभी सङ्क्रमण दर नियन्त्रणमा ठूलो सफलता प्राप्त गर्न सकेको छैन । दुई दशक लामो अथक प्रयासबाट पनि प्रतिदिन चार हजार मानिसको ज्यान जाने दिनसम्म आइपुग्दा विश्वका वैज्ञानिकहरू यसलाई निको पार्ने औषधि पत्ता लगाउन सकिरहेका छैनन् ।
यद्यपि यसको निराकरणका लागि भने विश्वका विभिन्न भागमा विविध उपायहरू डेढ दशकअघिदेखि नै अपनाउँदै आएका छन् । निको पार्ने नै औषधि पत्ता लगाउन नसके पनि सन् १९८८ मा पहिलोपटक देखापरेको यो सङ्क्रमण घटाउन वा नियन्त्रण गर्न अनेकखालका कार्यक्रमहरू सञ्चालित छन् । यसको पछिल्लो समयमा एचआईभी सङ्क्रमितहरूको जीवन लम्ब्याउने एन्टिरेट्रोभाइरल (एआरभी) नामक औषधिको उपयोग हुन थालेको छ, जुन एचआईभी सङ्क्रमितहरूका लागि ज्यादै ठूलो उपलब्धि र गौरवको विषय पनि हो ।
नेपालमा एचआईभी सङ्क्रमणको मुख्य कारणहरू गरिबी, द्वन्द्व, अशिक्षा र चेतनाको अभाव नै हुन् । यिनै कारणहरूले स्वदेश र विदेशबाट यो सङ्क्रमण दिन प्रतिदिन बढिरहेको छ । आफ्नो गर्जो टार्न वा जीवन निर्वाहका लागि रोजगारीको खोजीमा भारत जानु नेपाली युवाहरूको धेरै पुरानो बाध्यता हो र अहिले पनि जारी नै छ । आफ्नो र परिवारको जीवन निर्वाहका लागि जस्तोसुकै गार्हो कामसमेत गर्न तयार भएर जाने यी निर्दोष नेपालीले जीवन धान्ने केही पैसासँगै एचआईभी र एड्स बोकेर पनि ल्याउने गरेका छन् । यससँगै आफ्ना श्रीमान् नै एचआईभी सङ्क्रमित भइसकेको बारेमा जानकार नहुँदा ती गृहिणीहरू र ती दम्पतीका बालबच्चाहरूसमेत सङ्क्रमित बनिराखेका छन् । यो भुसको आगो यसरी फैलँदो छ कि यसले आउने दिनमा कस्तो रूप लिने हो भन्नेबारे राज्य र सरोकारवालाहरू अहिले नै सजग हुनु अति आवश्यक छ र त्यसैअनुरूपका कार्यक्रम, योजना र नीति बनाइ त्यसको पूर्ण र प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जरुरी पनि त्यतिकै छ । प्राप्त एक तथ्याड्ढअनुसार भारतको कोलकाता र मुम्बईमा रहेका नेपाली आप्रवासी कामदारहरूमध्ये झण्डै १२ प्रतिशतमा एचआईभी सङ्क्रमण पाइएको छ । त्यसैले एचआईभी र एड्सलाई विकासको बहस बनाउन जरुरी भइसकेको छ ।
नेपाली युवाको श्रम अहिले भारतमा मात्र सीमित छैन । खाडीलगायत विश्वका विभिन्न देशमा ज्यादै तल्लोस्तरको समेत श्रम गर्न नेपालका झण्डै पैतीस लाखको हाराहारीमा युवाहरू पुगेका छन् । देशका योजनाविद् एवं अर्थशास्त्रीहरू देशमा भित्रिने करिब खरबको रकमको रेमिटेन्समा नै मख्ख छन् । तर ती युवाले स्वेदश फर्किंदा भित्र्याउने एचआईभी सङ्क्रमणका बारेमा कसले सोचिदिने ?
त्यतिमात्र नभएर नेपालमा एचआईभी सङ्क्रमण बढ्नुको अर्को कारण द्वन्द्वले बढाएको आन्तरिक विस्थापन पनि हो । यौनकर्मी महिलामा गरिएको एक सर्वेक्षणअनुसार यो पेशा अपनाएकामध्ये २० प्रतिशतले आफूहरू विस्थापित भएपछि ज्यान पाल्नका लागि बाध्य भएर यो पेशा अपनाएको बताएका थिए । नेपालमा एचआईभी सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि विशेषगरी युवा लक्षित कार्यक्रमहरूलाई सञ्चालन गर्नेतर्फ अब ढिलाइ गर्नुहुँदैन । नेपालको कुल जनसङ्ख्याको एक तिहाइ युवाहरू (१० देखि २४ वर्ष ) छन् । जसमध्ये २० वर्षसम्म उमेर समूहका किशोरकिशोरीहरूमध्ये झण्डै ६४ प्रतिशतले यौनसम्पर्क गरिसक्ने र तीमध्ये १५ प्रतिशतले मात्र आफ्नो पहिलो यौनसम्पर्कमा कन्डमको प्रयोग गर्ने गरेको तथ्याड्ढ गतवर्ष नै सार्वजनिक भएको थियो ।
मजदुरीका लागि भारत र तेस्रो मुलुक जान बाध्य ग्रामीण क्षेत्रका युवा र निरक्षर गृहिणीको घरआँगनमा सुरक्षित यौन व्यवहार र कन्डम प्रयोगको पहुँच पुर्याउने काममा एड्स दिवसका कार्यक्रम केन्द्रित हुनु आवश्यक छ । गरिबी र आन्तरिक द्वन्द्वबाट विस्थापनमा परेकाहरूले ज्यान पाल्नैका लागि यौन पेशा अँगाल्न बाध्य महिला र सोख एवं रमाइलोका लागि यौनसम्पर्कमा आकर्षित देखिएका ठूलो सङ्ख्याका किशोरकिशोरीमा सुरक्षित यौन र व्यवहार परिवर्तनका कार्यक्रमलाई लक्षित गर्न सकेमा मात्र एड्स दिवस मनाएको सार्थक हुनेछ । विश्वका प्राय: जसो सबै भू–भाग एचआईभी सङ्क्रमणबाट अछूतो छैन । तर विभिन्न भू–भाग एवं राष्ट्रमा एचआईभी सङ्क्रमणको एउटै कारण कदापि रहन सक्दैन । त्यसैले हामीले पनि हाम्रो देशको परिवेश र कारणमा मात्र केन्द्रित रहेर निराकरणका उपायहरू खोज्न सके मात्र हामीले सोचेको जस्तो प्रतिफल प्राप्त हुन्छ ।
हरेक वर्ष डिसेम्बर १ तारिखलाई विश्व एड्स दिवसको रूपमा मनाउने गरिन्छ । विश्वका अन्य मुलुकहरू जस्तै नेपालमा विश्वव्यापी नारालाई समातेर त्यसैलाई मात्र प्रमाणित गर्ने गरी शहरका विभिन्न भू–भागमा झकिझकाउ र्याली निकाल्ने र छापा तथा विद्युतीय सञ्चारमाध्यममा दृश्य खिचाएर प्रचारप्रसार गर्ने ढर्राले मात्र नेपालको एचआईभी सङ्क्रमणको बढ्दो दरलाई कहिल्यै निस्तेज पार्न सकिंदैन । एचआईभी र एड्स रोकथाम गर्ने एकमात्र सुरक्षित र भरपर्दो उपाय कन्डमको प्रयोग गर्नु हो भन्ने प्रचारबाजी पनि व्यापक छ । केही हदसम्म यो सत्य पनि हो । कन्डम नयाँ सङ्क्रमण रोक्न महत्त्वपूर्ण भएपनि गरिबी, राजनीतिक र सामाजिक भेदभाव तथा द्वन्द्व आदिले एचआईभी र एड्सलाई बढावा दिएको तथ्यलाई बिर्सन मिल्दैन । एचआईभी र एड्सको बहस एवं पैरवीलाई कन्डम, स्वास्थ्य र चेतना अभिवृद्धिभन्दा माथि गएर हेर्न नसकेकै कारण यस क्षेत्रमा सोचे जस्तो परिवर्तन आउन नसकेको हो । त्यसैले यस विषयलाई गरिबी, विकास र सुशासनको दृष्टिले पनि हेर्नुपर्दछ ।