प्रस, निजगढ, १३ पुस/
खेल र खेलाडीले नै राष्ट्रलाई विश्व सामु चिनाउने भएकोले खेलकुद विकासका लागि राज्यले बेलैमा सम्बोधन गर्नुपर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले बताएका छ् । खेल र खेलाडी कुनै पनि राजनितीक दलको पेवा होइन, राष्ट्रको शान, इज्जत र प्रतिष्ठा भएकोले खेललाई संस्थागत गराउन सक्दो पहल गरिरहेको उनले बताए । जबसम्म गाउँस्तरमा खेलकुदको विस्तार विकास हुँदैन, खेल र खेलाडीलाई केन्द्रस्तरको हौसला, प्रोत्साहन प्राप्त नहुने बताउँदै विद्यालयमा खेलकुदलाई अतिरिक्त क्रियाकलापमा सीमित नराखी अनिवार्य गर्न सदस्य सचिव युवराज लामाले जोड दिए ।
खेलको विस्तार, विकास, संवद्र्धन र खेलाडीलाई राष्ट्रले बेलैमा प्रोत्साहन, सम्मान दिन नसकेको नेपाल खेलकूद महासङ्घका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी भए मात्र पुरस्कार दिने प्रथा परिमार्जन गर्नुपर्ने जनाउँदै जिल्ला, अञ्चल, केन्द्रीय खेलाडीको प्रमाणीकरण गरी रोजगार, तलब, भत्ता उपलब्ध गराउनसके खेल क्षेत्रले थोरै समयमा सोचेभन्दा बढी फडको मार्नेमा आफू आशावादी रहेको अध्यक्ष पौडेलले बताए ।
सो कार्यक्रममा पूर्व खेलाडीहरू गोकुल घोरसाइने, शिव प्रधान, शड्ढर लामा, मानध्वज लामालगायतलाई अतिथिद्वयले सम्मान गरेका थिए । कार्यक्रममा संयोजक दिलबहादुर लामाले स्वागत गरेका थिए ।
आयोजक क्लबका अध्यक्ष जीतसिंह लामाको सभापतित्वमा बोधनाथ चौलागाईको कार्यक्रम सञ्चालन गरेका थिए ।
आज भएको फूटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल भद्रकाली गण पिलुवा र निजगढ युवा क्लबबीच भएको खेलमा निजगढ युवा क्लब ३–२ ले विजयी भएको छ । निजगढ युवा क्लबका तर्फबाट राजकिशोर धामीले १ गोल र सोही क्लबका रूपक लामाले २ गोल गरेका थिए । सशस्त्र प्रहरीका तर्फबाट सुमन गोधारी र चिरञ्जीवी कार्कीले १/१ गोल गरेका थिए । आजको प्रतियोगितामा रूपक लामा म्यान अफ दि म्याच घोषित भए ।