प्रस, वीरगंज, १४ पुस/
माउन्ट एडमन्ड माध्यमिक विद्यालयले २९ औं विद्यालय दिवसको उपलक्ष्यमा “जीत वा हार रहौं सधैं तयार” नाराका साथ अन्तर सदन अन्तर्गत विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरूको आयोजना गरेको छ।
प्रत्येक वर्ष पुस महिनामा आयोजना हुने यो प्रतियोगिता एक सातासम्म चल्ने विद्यालयका संस्थापक अर्जुन शम्शेर जबराले बताए । प्रतियोगिताको प्रथम चरणमा प्रत्येक सदनले तोकिएको खेलमा आफ्नो सदनका सम्पूर्ण विद्यार्थीहरूलाई समावेश गरी छनोट प्रतियोगिता सञ्चालन गरेर निर्णायक खेलका लागि उत्कृष्ट खिलाडीहरूको छनोट गर्ने गरेको कार्यक्रम संयोजक सहनिर्देशक अरुण शम्शेर जबराले बताए ।
जाडोयाम कुनै पनि खेलका लागि र स्वास्थ्यको दृष्टिले पनि सहयोगी हुने भएकोले खेल सँगसँगै पढाइले विद्यार्थीहरूमा पढाइप्रति रुचि बढाउने, नयाँ जोश र जाँगर थपिने, जीवनका लागि चाहिने व्यावहारिक ज्ञान प्राप्त हुने, समूहमा कार्य गर्ने बानीको विकास, जीतका लागि कसरी लक्ष्य निर्धारण गर्ने, समूहगत अनुशासनको पाठ सिक्ने, एक अर्कालाई सहयोग गर्ने जस्ता गुणहरूको अप्रत्यक्ष विकास हुने भएकोले पनि विद्यालयहरूमा यस्ता प्रतियोगिताहरूको सञ्चालन हुनु आवश्यक भएको विद्यालयका प्रधानाध्यापक एवं शिक्षा पत्रकार अनन्तकुमारलाल दासले बताए ।
यस प्रतियोगितामा पोशाक लगाउने, लूडो, क्यारम, सुघ्ने शक्तिको विकास, शरीरका अ·हरूको विकास हुने खेल, मनोरञ्जनात्मक खेल, साथीलाई सहयोग गर्ने खेल, छात्राहरूका लागि चाहिने सियो र धागो, मस्तिष्क विकासका लागि गणितीय खजानाको खोज, छात्रछात्राहरूका लागि ब्याडमिन्टन जस्ता खेलहरू समावेश गरिएको कार्यक्रम संयोजक अरुण राणाले बताए ।
हालसम्म सम्पन्न खेलको परिणामअनुसार ८ वटा स्वर्णपदक प्राप्त गरी माछापुच्छ्रे सदन प्रथम, ७ वटा स्वर्णपदक प्राप्त गरी सगरमाथा सदन द्वितीय र ६/६ वटा स्वर्णपदक प्राप्त गरी कञ्चनजङ्घा र अन्नपूर्ण सदन तृतीय स्थानमा रहेको प्रअ दासले बताए ।