- जीतलाल श्रेष्ठ
जाडो बढी रहँदा जिउँदो मान्छे पोलेर आगो ताप्ने अभियुक्तहरू को को हुन् ? प्रहरीले अझै सुइँकोसमेत पाउन सकेको छैन ।
५ दिनअघि बस्तीबीच जलेर मृत्यु भएकी १८ वर्षीया युवती बिन्दुकुमारी ठाकुरको घटनाबारे तथ्य बाहिर आउन ढिलाइ भइरहँदा सो घटनापछि प्रष्टोका गाउँ अहिलेसम्म त्रस्त अवस्थामा छ । बेलुकी अबेरसम्म चहलपहल हुने सो बस्ती अहिले साँझ पर्नासाथ आँगन र घरमैं सीमित हुन थालेका छन् स्थानीयहरू । सम्भँmदा पनि उकुसमुकुस लाग्ने कहालीलाग्दो घटनाले गाउँ छोडेर कामविशेषले दिनभर अन्यत्र जाने सो बस्तीका स्थानीयहरू अहिले साँझ नपर्दै घरमा पसिसकेका हुन्छन् ।
यस्तो घटना बस्तीमा कहिले नभएको एक्कासि बिन्दुको घटनाले गाउँलाई शोकमा डुबाएको त छ नै, त्रस्तसमेत बनाएको छ । ५ दिन नाघेपनि प्रहरीले घटनाको सत्यतथ्य बाहिर ल्याउन सकिरहेको छैन, गाउँका सचेत स्थानीयहरू भन्छन् । घटना छानबिनमा खटेका जिल्ला प्रहरी कार्यालय बाराका अनुसन्धान अधिकृत रामनाथ घिमिरेका अनुसार घरपरिवार, छरछिमेकले समेत प्रहरीलाई घटनाबारे केही भन्न चाहिरहेका छैनन् । स्थानीयले थाहा पाएर हो या नपाएर हो, घिमिरे भन्छन् ।
मृतक युवतीका बुबा रामनाथ ठाकुरलाई सोही दिन प्रहरीले बयान लिई छाडे पनि शुक्रवार दिउँसो फेरि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । घटनाबारे कोही बोल्न नचाहेकोले अनुसन्धानमा ढिलाइ भइरहेको प्रहरी अनुसन्धान अधिकृत घिमिरे बताउँछन् । तर सत्यतथ्य पक्कै पनि बाहिर ल्याउँछौं, उनले भने । घटनाबारेमा प्रहरी प्रशासनलाई सचेत नागरिक, अधिकारकर्मी, राजनीतिकर्मीको चर्को दबाब नपुगेर पनि प्रहरीबाट घटनाको तथ्य बाहिर आउन ढिलाइ भएको हुनसक्छ भन्नेहरू पनि प्रशस्तै छन् । मृतक बिन्दुका घरपरिवार, आफन्त र साथी गरी एक दर्जनभन्दा बढीसँग पालैपालो प्रहरीको अनुसन्धान टोलीले सोधपुछ गरिसकेको छ । सो क्रम अझै जारी रहेको जिल्लास्थित प्रहरी उच्च स्रोतले बताएको छ । मृतक बिन्दुलाई फालिएको स्थानमा जलाएको हो भन्ने घटनास्थलले नदेखाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले भनिसकेको छ । किनकि घटनास्थलमा रहेको झाडी हरियो नै छ । आगोको लप्काले डढेको वा रापको कारण झाडी ओइलाएकोसमेत छैन । त्यस दिन घटनास्थल पुगेका जो कोहीको पनि ठम्याइ यस्तै थियो । पाइतालासँगै घुँडादेखि तलको केही भागबाहेक शरीरको सम्पूर्ण भाग डढेर चिन्नै नसकिने अवस्थामा बिन्दुको मृत शरीर घटनास्थलमा थियो । बस्तीबीच र मृतक बिन्दुको घरदेखि बढीमा १०० मिटरमा जलेको शव भेटिनु र घटनाबारे घरपरिवार, छरछिमेकी, गाउँलेलाई समेत थाहा नहुनु वास्तवमैं घटना शड्ढास्पद एवं रहस्यमय रहेको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान आजसम्म प्रहरीले गर्न सकेको छैन । यसरी अनुसन्धानका नाममा सोधखोजमैं दिन लम्बिंदै जाने हो भने समाजमा मानवरूपी राक्षसहरूको मनोबल बढी फेरि यस्तै घटना नहोला भन्न सकिन्न । तसर्थ घटनाबारे प्रहरीलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सघाउने जनताको पनि दायित्व हो ।
त्यसैले प्रहरीको अनुसन्धानलाई निगरानी गर्नु पनि सचेत नागरिक, अधिकारकर्मी, राजनीतिककर्मीहरूको दायित्व हो । सत्यतथ्य बाहिर ल्याइ दोषीलाई कानुनी कारबाई गराउन प्रहरीको हौसला बढाउनु, प्रोत्साहन गर्नु र घटनालाई ढाकछोप गर्ने गराउन खोज्ने जो कोहीलाई पनि सचेत गराउँदै पदबाट समेत बर्खास्त गर्नुपर्ने कार्यमा अग्रसर भई सबै एकजुट हुन सके यस्ता घटनाहरू निरुत्साहित हुँदै जानेछ ।