- अनन्तकुमार लाल दास
के तपाईंले कहिल्यै खाने प्लेटमा राखिएको खानाको विश्लेषण गर्नुभएको छ ? तपाईंको खाने प्लेटमा खानासँगै चटनी र अचार किन पस्किएको होला ? कसैलाई खाने प्लेटमा हरियो खुर्सानी र नून किन चाहिन्छ ? खाने प्लेटमा सलादको के आवश्यकता छ ? कसैकसैलाई त खानामा पापड चाहिन्छ नै, आखिर किन ? यी सबैथोकका बावजुद कसैसँग ‘आज के खायौ’ सोधियो भने जवाफ हुन्छ–‘दालभात वा रोटी–तरकारी ।’ तपाईंले यो त खानु नै भयो तर सँगसँगै ससाना अन्य खाद्य पदार्थ जस्तै चटनी, पापड, अचार वा सलाद पनि खानुभयो ।
मेरो प्रश्न यहाँ के छ भने यी कुराहरू खाएको किन बताउनुभएन ? तपाईं सम्झेबुझेर निश्चित रूपले यसो भन्नुहुन्न । मेरो दृष्टिमा यसो भन्नु पछाडिको कारण तपाईंले ससाना कुराहरूलाई महत्त्वपूर्ण बुझ्नु हुन्न तर रोचक कुरो के हो भने यी ससाना खाद्य पदार्थहरू तपाईंको खाने प्लेटमा नभइदिने हो भने दालभात वा रोटी–तरकारी त्यति मात्रामा खानुहुन्न जति मात्रामा खानुहुन्छ वा त्यति रुचिपूर्वक खानुहुन्न ।
अब प्रश्न उठ्छ, हाम्रो खानामा चटनी, पापड, अचार वा सलादजस्ता खाद्यपदार्थको के उपयोगिता छ ? वास्तवमा यी खाद्य पदार्थहरूले हाम्रो स्वाद बढाउने काम गर्दछ । हाम्रो खानालाई रुचिकर बनाउने काम गर्दछ । स्वादमा विविधता ल्याउने काम गर्दछ र यस विविधताले गर्दा नै नीरस लाग्ने खाद्यपदार्थ पनि स्वादिष्ट हुने गर्दछ ।
के हामीले यस कुरालाई आफ्नो मस्तिष्कको स्वादमाथि लागू गर्न सक्दैनौं र ? मलाई के लाग्छ भने हाम्रो मस्तिष्क पनि एकनासको कुरा पढ्दापढ्दै, सुन्दासुन्दै बोर हुन थाल्छ । त्यसलाई पनि स्वाद परिवर्तनको आवश्यकता महसुस हुन्छ । यदि हामीले उसको यस आवश्यकतालाई अलिकति पूरा गरिदियौं भने पुन: जाग्रत भई बाँकी पढाइ पूरा गर्न तत्पर भइहाल्छ ।
यस कारण अध्ययनको दृष्टिले के कुरा महत्त्वपूर्ण छ भने एउटै विषयलाई लामो अवधिसम्म वा लगातार कैयौं दिनसम्म पढ्नुहुन्न । यदि बीचबीचमा अन्य हलुका विषयहरू पनि पढ्यौं भने हाम्रो मस्तिष्क पुन: सरस भई प्रमुख विषयको अध्ययनका लागि तयार भइरहन्छ । यस सम्बन्धमा गरेको प्रयोगले के देखाएको छ भने शुरु–शुरुमा केही विद्यार्थीहरूले यसलाई पढाइबीचको अवरोध पनि सम्झे । यस बुझाइको तहसम्म जाँदा मैलै के पाएँ भने उनीहरू एउटा कठिन विषयको अध्ययनबीच अर्को कठिन विषय नै पढ्ने गर्थे तर पुन: उनीहरूलाई हलुका विषय वा मनोरञ्जन प्रदान गर्ने विषय पढ्न सल्लाह दिंदा भएको लाभले उनीहरूको बुझाइमा परिवर्तन भयो र पहिलेको अपेक्षा झन् सक्रिय भएर पढ्न थाले ।
विद्यार्थीहरूले पढ्ने हरेक विषयको उद्देश्य फरक–फरक हुन्छ । त्यसैगरी हाम्रो मस्तिष्कको विशेषता के छ भने त्यसलाई कराएर ‘निर्देशन’ दिनुपर्दैन । जस्तै अखबार पढ्दा जुन कुरो हाम्रो रुचिसँग मेल खाँदैन, त्यसलाई सरसर्ती हेरेर हामी अर्को पृष्ठ पढ्न थाल्छौं जहाँ हाम्रो रुचि अनुसारको समाचार हुन्छ । यसैगरी अखबारलाई पत्रिका जस्तो वा पत्रिकालाई विषयगत पुस्तक जस्तो पढ्दैनौं । यस उदाहरणबाट के स्पष्ट हुन्छ भने हामी जति कुरो पढ्छौं ती सबै पढ्ने उद्देश्य फरक–फरक हुन्छ । उद्देश्य स्पष्ट हुनासाथ हाम्रो मस्तिष्क एउटा आज्ञाकारी शिष्यजस्तै आफ्नो काम गर्न शुरु गर्छ । यो बेग्लै कुरो हो, मस्तिष्कले असजिलो कामको साटो सजिलो काम गर्न रुचाउँछ । के तपाईं असजिलो काम गर्न रुचाउनु हुन्छ ?
अध्ययनको दृष्टिले पढेका कुराहरूलाई बुझ्नु र बुझेर याद राख्नु एक प्रकारको असजिलो काम हो तर पढ्नु र बिर्सनु सबैभन्दा सजिलो काम हो । यदि उद्देश्य पढेर बिर्सनु नै हो भने अध्ययनकला आवश्यक नै छैन । अध्ययनकला यस कारणले आवश्यक छ किनभने तपाईं पढेको विषय बुझ्न चाहनुहुन्छ, बुझेर याद राख्न चाहनुहुन्छ र त्यसको उपयोग परीक्षामा बढी अड्ढ हासिल गर्नका लागि गर्न चाहनुहुन्छ । यस कारण विद्यार्थीहरूले कुनै पनि विषयको अध्ययन गर्दा त्यो विषय पढ्ने उद्देश्य निर्धारण गर्नुपर्छ । पढ्नुपूर्व यसमा के छ, यसमा भएका केही प्रमुख कुराहरू बुझ्न, त्यहाँ भएका कुरालाई परीक्षामा बढी अड्ढ ल्याउन उपयोग गर्न आदि कुरा ध्यानमा राखी अध्ययन गर्नुपर्छ । जसरी तपाईंले पढाइको उद्देश्य निर्धारण गर्नुहुन्छ त्यसरी नै मस्तिष्क स्वत: सोही अनुरूप काम गर्न थाल्छ र यसरी गरेको अध्ययन सार्थक पनि हुन्छ ।
क्यामराको लेन्सले जे कुरा देख्छ त्यही फिल्ममा अड्ढित हुन्छ, त्यसैगरी हाम्रो आँखाले जे कुरो पढ्छ वा देख्छ त्यो दृश्य हाम्रो मस्तिष्कको फिल्ममा अड्ढित हुन्छ किनभने हाम्रो आँखा मस्तिष्करूपी क्यामराको लेन्स हो । त्यही दृश्य हाम्रो अनुभूति, स्मृति र विचारमा परिणत हुन्छ । यस कारण हाम्रो वरिपरिको वातावरण अर्थात् अध्ययन गर्ने कोठा सफा र व्यवस्थित हुनुपर्छ । अध्ययन कक्षलाई सफा र व्यवस्थित गर्न ‘धन’को होइन, थोरबहुत मिहिनेतको आवश्यकता पर्छ ।
वास्तवमा म के बुझ्न सकिरहेको छैन भने कसरी अपवादबाहेक एउटा विद्यार्थी अस्तव्यस्त कोठामा राम्ररी अध्ययन गर्न सक्छ ? एउटा विद्यार्थी जो यस वर्ष फेल भयो संयोगवश एक दिन म उसको घर पुगें । उसको कोठामा प्रवेश गर्दा किताब र कापी जताततै फालिएको, पढ्ने मेचमाथि धूलो जमेको, च्यातिएका कागज पुतलीझैं भुईंमा यताउता उडिरहेका, बेल्टले थिचिएको प्यान्ट सोफामा आराम गरिरहेको, बिचरो कमीजले बस्ने ठाउँ नपाएको अर्थात् कोठामा भएको कुनै पनि सामग्रीको ठाउँ निश्चित नभएको हेरेर म छक्क परें । त्यो विद्यार्थी फेल भएको कारण म भेट्न गएको थिएँ । उसकोअध्ययन कोठा अस्तव्यस्त थियो तर त्यो विद्यार्थी यसबाट अनभिज्ञ थियो ।
सफा र व्यवस्थित वातावरण अध्ययनका लागि अति नै महत्त्वपूर्ण हुन्छ किनभने यसलाई हाम्रो आँखाले मन पराउँछ र यसबाट मन प्रसन्न रहन्छ । मन प्रसन्न भएपछि मस्तिष्कमाथि त्यसको सकारात्मक प्रभाव पर्छ । एउटा शोधले के देखाएको छ भने विद्यार्थीहरूको अध्ययन कक्षको भित्ता पहेंलो र·को हुनुपर्छ किनभने यो मस्तिष्कका लागि ऊर्जादायी हुन्छ । कारण के हो भने सूर्यको प्रकाश पहेंलो र·को हुन्छ जसले हामीलाई ऊर्जा प्रदान गर्छ । यसैगरी नीलो र· शान्त एवं फराकिलो भावलाई प्रदर्शित गर्छ भने अन्य र·ले चञ्चलता दर्शाउँछ । यसो भन्नुको तात्पर्य के हो भने हाम्रो वरिपरिको वातावरण अध्ययन अनुकूल हुनुपर्छ ।
पछिल्लो आलेखमा मैले अध्ययन गर्दा मनमाथि नियन्त्रण हुनुपर्छ भनेको थिएँ तर त्योभन्दा कम नियन्त्रण हाम्रो मस्तिष्कमाथि पनि हुनुभएन । जुन बेला तपाईं पढ्न खोज्नुहुन्छ तपाईंको मन तपाईंलाई त्यहीं छाडेर अन्त गइहाल्छ । हुन त तपाईंको मस्तिष्क अन्यत्र जाँदैन तर भ्यागुताझैं यताउता उफ्रिरहन्छ । उदाहरणका लागि एउटा हिन्दीको वाक्य, ‘राम अपने पिता दशरथ के आज्ञाकारी लकडे थे ।’ मलाई के विश्वास छ भने तपाईंले यस वाक्यलाई पढ्नुभयो तर सही पढ्नुभएन । यसमा लेखिएको ‘लकडे’ शब्दलाई तपाईंले ‘लडके’ पढ्नुभयो होला । तपाईंले गलत शब्दलाई सही किन पढ्नुभयो ? यसको सरल जवाफ के छ भने आँखा शब्दमाथि छ तर मस्तिष्क आँखाको गतिभन्दा बढी गतिले भाग्छ । आँखाले त्यही हेर्छ जो मस्तिष्कले उसलाई देखाउँछ । भयो के भने राम दशरथ पढ्नासाथ मस्तिष्कले ‘लकडे’ शब्दमाथि आँखा पुग्नुभन्दा पहिले त्यो शब्द ‘लडके’ हो भनी निर्देश दिएको हुनाले तपाईंले पनि सोही पढ्नुभयो । यस कारण अध्ययन गर्दा विद्यार्थीहरूले मस्तिष्कमाथि नियन्त्रण राख्नु आवश्यक छ ।
कहिलेकाहीं मस्तिष्कले एक प्रकारको चटक पनि देखाउँछ । हुन्छ के भने तपाईंले एउटा अनुच्छेद पढ्न शुरु गर्नुभयो । एक दुई वाक्य पढेपछि के महसुस भयो भने त्यो अनुच्छेद तपाईंलाई याद छ । प्राय: विद्यार्थीहरूले याद भएको अनुच्छेदमा समय किन खर्च गर्ने भनी छाड्ने गर्छन्, तर सत्यता के हो भने जाडोयाममा लाग्ने कुहिरो जस्तै स्मृति भ्रम हुन्छ र केही अवधिपश्चात् यो स्वत: मानसपटलबाट गायब हुन्छ । म यहाँ विद्यार्थीहरूलाई के सतर्क गराउन चाहन्छु भने एक दुई अनुच्छेद बिर्से तापनि के फर्क पर्छ भन्ने भ्रममा नपर्नुहोस् । यही कारण हो एउटै उत्तरलाई लेख्दा एउटा विद्यार्थीले पूरा अड्ढ प्राप्त गर्छ भने अर्कोले आधा । यस कारण एउटा सतर्क चालकझैं अध्ययन गर्दा स्टेयरिङमाथि पकड कसिलो बनाउनुपर्छ । चालकले गाडी चलाउँदा आँखालाई निदाउनु दिंदैन, किनभने अलिकति निदाउनु पनि दुर्घटनाको कारण बन्न सक्छ ।
यहाँनिर के प्रश्न उठ्छ भने पढ्दा आफ्नो मस्तिष्कमाथि नियन्त्रण कसरी गर्ने ? यो असजिलो छैन भने नगर्दा सजिलो पनि छैन । पढ्दा यदि मस्तिष्कले ‘यो याद छ, यो पढ्न जरुरी छैन, अहिले धेरै दिन बाँकी छ, यो कम महत्त्वपूर्ण छ, यसलाई पछि पढ्छु’ भन्ने चक्करमा नपर्नु नै बेस हुन्छ । पढ्दाखेरी मस्तिष्कमा यस्ता विचार उत्पन्न हुनासाथ के बुझ्नुपर्छ भने मस्तिष्कले धोखा दिन खोजिरहेको छ । त्यस बेला विद्यार्थीले सतर्क भई अध्ययन गर्नुपर्छ । सतर्क हुनुको साथसाथै विद्यार्थीहरूले के पनि स्मरण राख्नुपर्छ भने “म मस्तिष्कले प्रवाहित गर्ने यस्ता आदेशबाट परिचालित हुँदिन ।”