प्रस, वीरगंज, १३ पुस/
भाषा र संस्कृतिको जर्गेना गरौं, राष्ट्र निमार्णमा सहभागी होऊँ मूल नारासहित उधौली पर्व (सकेला) चण्डी पर्व राई र किराँतहरूले आज वीरगंजमा धुमधामसँग मनाएको छ ।
शिक्षा, स्वास्थ्य, संस्कृति, धर्म, जातपात रहनसहनआदिबाट पछि पर्दै गइरहेकोले छुट्टै पहिचानका लागि सरकारले आरक्षण स्वरूप सेवा सुविधा दिइरहे तापनि आआफ्नो मतभेदका कारण सेवा लिनेहरू वञ्चित भइरहेको वीरगंज उपमहानगरपालिका कार्यकारी प्रमुख दिनेश घिमिरेले बताए ।
राज्यले दिएको सेवा सुविधा हाम्रो लागि हैन, राम्रो काम गरी देखाउन र जातीय विकास हुने कामका लागि हो, प्रमुख अतिथि घिमिरेले बताए । किराँत राई यायोक्खा जिल्ला तदर्थ समितिका पर्सा अध्यक्ष जगत राईको सभापतित्वमा शुरु भएको कार्यक्रममा किराँत राई यायोक्खा, वरिष्ठ सल्लाहकार अम्बाबहादुर राई, मकवानपुर अध्यक्ष देवकुमार राई, बारा उपाध्यक्ष लालशेर चामलिङ, थारु कल्याणकारी समिति पर्साका अध्यक्ष हेमनारायण चौधरी, नेपाल मगर सङ्घ पर्सामा अध्यक्ष कमल पिठाकोटे मगर, स्नेही नेपालका कार्यक्रम संयोजक कमल चौलागाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
किराँत र राई समुदायले पर्वको अवसर पारी घण्टाघर र्याली तथा झाँकी प्रदर्शन गर्दै कार्यक्रमस्थल टाउन हल पुगेका थिए ।
समुदायका महिला तथा पुरुषहरू आफ्नो वेशभूषामा सजेर कार्यक्रमस्थल पुगेका थिए ।