रमेश पाण्डे, चितवन, १४ पुस/
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट डा. महेश्वर ढकाल चितवन राष्ट्रिय निकुञ्जमा संरक्षण अधिकृत भएर आएपछि ध्रुवे हात्तीले एक सातादेखि बूढी हात्ती लिएर फरार भएको छ ।
ध्रुवे नियन्त्रण गर्न असफल भएपछि पुराना संरक्षण अधिकृत झमकबहादुर कार्कीको सरुवा भएको थियो । त्यस्तै ध्रुवेले मेघौली विमानस्थलनजिकै रहेको कोशी टप्पु हात्तीसारमा बाँधेर राखिएको एक बूढी हात्तीलाई पनि सँगै लिएर भागेको मेघौली उपभोक्ता समितिका अध्यक्ष महाराम चौधरीले जानकारी दिए ।
हात्तीसारमा रहको तीनवटा हात्तीको सहयोगमा ध्रुवेको खौजी कार्य शुरू गरिएको उनले बताए । निकुञ्ज प्रशासनले पनि रेडियो कलरको सिग्नलको आधारमा ध्रुवे निकुञ्जको टाइगर टप्स क्षेत्रमा रहेको बताएकोले मेघौलीमा क्षति पुर्याउने हात्ती ध्रुवे नै भएको अडकल गरिएको छ ।
गत म·लवार चितवन आएर निकुञ्जको कार्यभार सम्हालेका प्रमुख संरक्षण डा. महेश्वर ढकालले धु्रवे र ऊसँगै हिंडेकी बूढी हात्तीको खोजी कार्य तीव्र पारिएको बताए ।
निकुञ्जका कर्मचारी, मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाली सेनासँग परामर्श गरी ढकालले हात्तीले आतड्ढ मच्चाउँदै आएको क्षेत्रमा थप क्षति हुन नपाओस् भन्ने हिसाबले सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।