प्रस, निजगढ, १६ पुस/
निजगढमा सञ्चालित बृहत् खेलकुद महोत्सवको चौथो दिन सोमवार जीतपुर युवा क्लब बारा १ का विरुद्ध ५ गोलले विजयी भएको छ । मध्यान्तर अघि गढीमाई युवा क्लब रौतहटलाई ५ गोल गरी खेलमा एकल वर्चस्वमा राखेको जीतपुरले मध्यान्तरपछि कडा प्रतिस्पर्धा झेल्नुपरेको थियो । विपक्षी टिमले गोल रक्षकसहित केही खेलाडी परिवर्तन गरेपछि खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । डि एरियाबाट विपक्षी टिमको गोलपोस्टमा गढीमाई युवा क्लबका खेलाडीले प्रहार गरेको बल आत्मघाती हुन पुग्दा गढीमाई युवा क्लबलाई १ गोल प्राप्त भएको थियो ।
प्रतियोगिताको अन्तिम २० मिनेट गढीमाई टिमले जीतपुरलाई निकै दबाबमा राखे पनि गोल गर्न सकेन । प्रतियोगिताको म्यान अफ दि म्याच जीतपुर युवा क्लबका लखन चौधरी घोषित भएपछि अम्बे सिमेन्टबाट प्राप्त ट्रफी स्थानीय विशाल हार्डवेयरका प्रोप्राइटर प्रमोदकुमार सिग्देलले प्रदान गरेका थिए । फूटबल तर्फको १२ खेलमा अम्बे सिमेन्ट प्रालिद्वारा ट्रफी वितरण गरिने जनाइएको छ । सेमीफाइनल खेल २० गते शुक्रवारदेखि सञ्चालन हुने आयोजक समितिका सदस्य विनोद लामाले जानकारी दिए । महोत्सवलाई निरन्तरता दिंदै म·लवार दिउँसो १२ बजे भलिबल प्रतियोगिता हुने भएको छ । सो प्रतियोगितामा निजगढ युनाइटेड युवा क्लव भर्सेज कोल्भी युवा क्लब र भलिबल ऐकेडेमी निजगढ भर्सेज दिपकिरण युवा क्लबबीच खेल हुने आयोजक क्लब निजगढका अध्यक्ष जीतसिंह लामाले जनाएका छन् ।
टेबल टेनिस सिङ्गल्स
टेबल टेनिस सिङ्गल्सतर्फको प्रतियोगिता सम्पन्न भएको छ । सोमवार भएको टेबल टेनिस सि·ल्सतर्फको खेलमा सचिव बर्तौला प्रथम भएका छन् भने गोकुल सापकोटा द्वितीय भए । ११–७, ११–५, ११–१, ११–९ स्कोर अन्तरले बर्तौला प्रथम भएको उक्त खेलका संयोजक हरिशरण सुवेदीले जानकारी दिए ।