वीरगंज कारागारमा बालबालिकाहरूको सङ्ख्या वृद्धि हुने क्रम जारी छ । अघिल्लो आर्थिक वर्षको उत्तराद्र्धसम्म ९ जना बालबालिका रहेको कारागारमा यस आर्थिक वर्षको सुरुआतमा नै १८ जना पुगिसकेको छ । कारागार महिला शाखातर्फ बालबालिका बढ्दो छ । महिला कैदी तथा बन्दीहरूका नजिकको नाता पर्ने बालबालिकाहरू कारागारमा थपिने गरेको वीरगंज कारागार प्रमुखको भनाइ छ । थुनुवामा परेका महिलाहरूलाई आफन्तजनले भेट्न आउने र उनीहरूले साथमा ल्याएका बालबालिकासमेत कारागार परिसरमा नै छाडेर जाने हुँदा उनीहरूको भरणपोषणसमेत कारागारले गर्नुपरेकोले समस्या सृजना भएको कारागार प्रशासनले जनाएको छ । थुनुवा महिलाका नातिनातिनीसमेतलाई कारागारले हेरविचार गर्नुपरेको समाचार सार्वजनिक भएको छ । विगतको तुलनामा कारागार निक्कै सुविधासम्पन्न भएको र सुधारिएको कारण बालबालिकाहरूको थपिंदै गइरहेको कारागारका अधिकारीहरूको दाबी छ ।
कारागार आपैंmमा संवेदनशील स्थल हो । जहाँ २४ सै घण्टा सुरक्षा प्रबन्ध मिलाइएको हुन्छ । थुनुवालाई भेट्न आउनेहरूको हुलिया एवं उनीहरूले साथमा ल्याएका सामग्रीहरूसमेत कडाइका साथ चेकजाँच गरिन्छ । सँगै आएका बालबालिकाले यसै पनि अभिभावकलाई छोड्दैनन् । उनीहरूलाई छोड्नका लागि आफन्तजनले फकाइफुल्याइ गरूञ्जेल कारागार प्रशासन वा कारागार सुरक्षाकर्मीको ध्यान जानुपर्ने हो । थुनुवाका आफन्तहरूले बालबालिका ल्याउँदै कारागार परिसरमा छोड्दै जानु र कारागारका सुरक्षाकर्मी एवं कर्मचारीहरू चुपचाप मूकदर्शक बनेर बसिरहनुले कारागारको सुरक्षा व्यवस्थामा चरम लापरवाही छ भन्ने बुझिन्छ । चनाखो भइदिएको भए बालबालिका छाडेर जानेहरूलाई समात्दै बच्चा जिम्मा लगाउन सकिन्थ्यो । अर्कोतर्फ आफन्तजनले बालबालिकालाई छाडेर गएपनि तिनको नाम, गाउँ तथा ठेगाना कारागारमा सुरक्षित हुन्छन् । यदि रहेनछ भने पनि थुनुवामा रहेका तिनका नातेदारबाट थाहा पाउन सकिन्छ । बालबालिकालाई अलपत्र छाडेर हिंड्ने आफन्तहरू नेपालका हुन् या भारतका कारागार प्रशासनले सम्बन्धित स्थानका स्थानीय प्रशासनसँग समन्वय गरेर तिनलाई झिकाउन र बच्चा जिम्मा लगाउन सक्छन् ।
बालबालिका भविष्यका कर्णधार हुन् । बालअधिकारप्रति खेलवाड गर्ने अभिभावक हुन् या समाज दण्डका भागीदार हुन् । जस्तोसुकै सुविधासम्पन्न भएपनि कारागारको अवस्था कसैबाट लुकेको छैन । वीरगंज कारागारको प्राथमिक विद्यालयमा वर्षमा ८ महिनाभन्दा बढी शिक्षक अनुपस्थित रहन्छन् । यो अवस्थामा त्यहाँ रहने बालबालिकाले शिक्षा पाउने कुरै भएन । अभियुक्त आमासँग छुटाउन नमिल्ने वा आमाबाहेक अन्य आफन्तजन नरहेका बालबालिकाहरूलाई मात्र कारागारको थुनुवा कोठामा राख्न पाउने कानुनी व्यवस्था छ । सो व्यवस्थाविपरीत कारागार प्रशासनले मनोमानी तरिकाले बालबालिकालाई थुनुवामा राख्दै जाने हो भने उनीहरूको भविष्य अन्योलमा पर्नुका साथै जिम्मेवारहीन अभिभावकहरूमा बालबालिकाप्रतिको उत्तरदायित्वबाट पन्छिने प्रवृत्ति बढ्दै जानेछ । यसो भएमा समाजमा उत्तरदायित्वविहीनहरूको सङ्ख्या बढ्दै जाने, कारागार तथा सरकारलाई आर्थिक भार थोपरिने, थुनुवामा रहेका महिला बन्दीहरूमा मानसिक तनाव थपिने र बालबालिकाको भविष्य अन्धकारतर्फ धकेलिने निश्चित छ ।