$type=ticker$count=12$cols=4$cate=0

नेपाल भारत सीमावर्ती साइनो

SHARE:

- चन्द्रकिशोर
सीमा क्षेत्रका बासिन्दाहरू जहाँ बसेका छन् त्यहाँ इतिहासमा कैयौ राज्यहरूको निर्माण र पतन हुदै रह्यो । ती बस्तीहरू त्यही छन्, केवल कालखण्ड अनुसार राजनीतिक सिमानाहरू कोरिंदै गएका छन् । अहिले नेपाल र भारत दुई सार्वभौम देशका रूपमा छन् । निश्चय पनि, नेपाल–भारतबीचको धार्मिक, सामाजिक र सांस्कृतिक सम्बन्ध अविभाज्य छ । भन्न के खोजिएको हो भने राज्यहरूको निर्माण शुरु हुनुभन्दा पहिलेदेखि नै यहाँका सम्बन्धहरू अविभाज्य छन् । पछिल्ला दशकहरूमा यसलाई ‘रोटी–बेटीको सम्बन्ध’ भनेर चिनाइयो, तर अब यो सम्बन्ध पुनर्लेखनको खोजीमा छ । सीमावर्ती भारतीय राज्य बिहार, रक्सोैलका पत्रकार अशोककुमार भन्छन्– “हामी भारततिर नै वैवाहिक सम्बन्ध गर्न रुचाउँछौ” । सीमावारिपारि वैवाहिक सम्बन्ध अहिले पनि भइराखेका छन्, तर तुलनात्मकरूपमा पहिलेभन्दा त्यसमा कमी आउँदै गएको छ । भारततिरका उतैतिर र नेपालतिरका नेपालतिर नै बिहेबारी गर्न रुचाउँदै छन् । यसका पछाडि दुवैतिर विकसित सामाजिक–आर्थिक आधारहरूले उत्प्रेरित गरेको छ । पहिले भारतीय राज्य हरियाणा– पन्जाबमा कृषि मजदुरीका लागि जाने तराईका बासिन्दाहरू विस्तारै खाडी मुलुकतिर डोरिएका छन् । बरु काठमाडौंकै काठ क्षेत्रमा धान काट्न बर्सेनि पुग्नेहरू कम छैनन् । अर्थात् रोजगारी र रगतको नाताले बाँधिएको सम्बन्धलाई जोड्ने सूत्रहरू पातलिंदै गएका छन् ।
    नेपाल भारतबीचको सम्बन्धलाई कुनै एउटा घटना विशेषको आधारमा व्याख्या गर्न सकिंदैन । यो कुरा जति तथ्यपरक छ, त्यतिकै नेपाल भारत सम्बन्धलाई राम र देवी सीताको उदाहरण दिएर मात्र बुझ्न र बुझाउन सकिंदैन । समयको बदलिंदो धारसँगै सम्बन्धमा आयाम थपिंदै गएका छन् । दिल्ली र काठमाडौंको सम्बन्ध आफ्नो ठाउँमा छ भने सीमावर्ती क्षेत्रका बासिन्दाहरूको साइनो आफ्नै प्रकारका छन् । सीमावर्ती क्षेत्रका बासिन्दाबीच सम्बन्धको आधारमा काठमाडौं र दिल्लीको सम्बन्ध परिभाषित हुनुपर्ने हो तर काठमाडौं र दिल्लीको सम्बन्धको आधारमा सीमावर्ती सम्बन्धलाई जोडने अभ्यासहरू पनि भइराखेको छ ।
    नेपाल र भारतबीच तीन प्रकारका स्वार्थहरू छन् । एक, ऋयलखभचनष्लन क्ष्लतभचभकतक (कुरा मिल्ने स्वार्थहरू) उदाहरण – ऐतिहासिक, धार्मिक, सामाजिक सम्बन्धका कुराहरू । दुई इखभचबिउउष्लन क्ष्लतभचभकतक (जहाँ दुवै राष्ट्र एउटै कुरामा रुचि राख्छन् र आफ्नो अधिकतम फाइदा खोज्छन्) उदाहरण– जलस्रोत, व्यापार आदिका कुरा । तीन ऋयलाष्अितष्लन क्ष्लतभचभकतक (स्वार्थ नमिल्ने कुरा) उदाहरण– सन् पचासको सन्धि, सुरक्षाको अवधारणा । नेपाल भारत सम्बन्धबारे अहिलेसम्मको बिन्दुसम्म आइपुग्दा यी दुई मुलुक सम्बन्धलाई बँुदागतरूपमा विज्ञहरू यसरी नै परिभाषित गर्न रुचाउँछन् । हो पनि, नेपाल भारतबीच सम्बन्धलाई वस्तुनिष्ठरूपमा बुझ्नका लागि यी तीनै प्रकारको आधार अथ्र्याउन सहज हुन सक्छ । नेपालको भारतसँगको सुसम्बन्ध नै समस्याको समाधान हो । भारतसँग सुमधुर सम्बन्ध विकसित गर्दै लैजानु बाहेक अर्को विकल्प छैन ।
    आधुनिक भारत र आधुनिक नेपालको इतिहास छोटो भए पनि यस क्षेत्रका बासिन्दाबीच सम्बन्ध अत्यन्त पुरानो छ । नेपाल भारत सम्बन्धलाई तात्कालिक लाभहानिको तथ्यगत जोड घटाउभन्दा पनि दीर्घकालीन दुईपक्षीय हिततिर डोर्‍याउन दुईतिरकै नागरिक समाजको सक्रियताको खाँचो छ । नागरिक तहका सम्बन्धहरू जोड्ने काम नभएसम्म अन्य प्रयास कारगर हुँदैन । यस सन्दर्भमा सीमावर्ती क्षेत्रका बासिन्दामाझको सम्बन्ध उपयोगी हुन सक्छ । नेपाल भारत सम्बन्धलाई मजबुत बनाउन सीमावर्ती क्षेत्रका बासिन्दाको भूमिका प्रभावकारी हुन सक्छ । यसका लागि सीमावर्ती क्षेत्रका बासिन्दाहरूले बेलैमा विचार पुर्‍याउनु ढिलो हुँदै गएको छ । हामीबीच खुला सीमा छ र यो सीमाको खुलापन नै हाम्रो सम्बन्धको मौलिक पक्ष हो । विश्वका अरू मुलुकहरू भन्दा नेपाल भारतबीचको सम्बन्धलाई सीमाको खुलापनले नै पृथक बनाएको छ ।
    इतिहासको नासोको रूपमा रहेको खुला सिमानाको उपयोगिता आउने पुस्तासम्मका लागि छ । त्यसका लागि हामीले खुला सिमानाको लाभबारे फराकिलो बुझाइ बनाउन जरुरी छ । खुला सीमाले गर्दा सीमावर्ती क्षेत्रमा सम्बन्धका सूत्रहरू कसरी जेलिएका छन्, त्यसलाई पनि केलाउन जरुरी छ । यी सबले गर्दा सम्बन्धको आवश्यकता जनस्तरमा फराकिलो बन्छ । यसका लागि मिडियाले प्रभावकारी भूमिका खेल्न सक्छ । मिडियालाई दुई पक्षबीचको सम्बन्धका आधारहरूलाई विस्तार गर्न अन्तक्र्रियाहरूको संस्थागत आवश्यकता छ । समाजका अन्य स·ठित संस्थाहरूले पनि सीमा वारिपारि जोड्ने काम गर्न सक्छन् । इतिहासको नासोलाई दुवैतिरको फाइदा पुगोस्, त्यसका लागि वर्तमानले क्रियाशीलता देखाउनै पर्छ ।
    २००७ सालको सेरोफेरोमा तराईका बासिन्दाले पारिपट्टि शहर–बजारमा घर बनाउनु प्रतिष्ठाको सूचक मानिन्थ्यो । नेपाली सीमासँग जोडिएका भारतीय बजारहरूमा नेपालीहरूका घर हुन्थे, बरु आफ्नै जिल्लाको सदरमुकाममा घडेरी किन्न त्यति उत्साह हुँदैन थियो । शिक्षा, स्वास्थ्य, व्यावसायिक कारोबार सबै दक्षिणतिर डोरिएको थियो । एउटा जिल्लाबाट अर्को जिल्ला जान वा जिल्ला सदरमुकामबाट गाउँतिर जानुपर्दा छिमेककै बाटो भएर गुज्रिनुपथ्र्यो । विस्तारै यो स्थितिमा फेरबदल आउन थाल्यो । पछिल्ला छ दशकमा पारिपट्टिको निर्भरतामा धेरै कमी आएको छ । आफ्नै सदरमुकाममा बसोबास गर्ने मनोविज्ञान बढेको छ । तराईका जिल्ला सदरमुकामको जनसङ्ख्या ह्वात्तै बढ्दै गएको छ । शिक्षा र स्वास्थ्य सेवाका लागि बरु सीमावर्तीहरू यतै आउन थालेका छन् । नेपालगंजबाट पारिको रुपैडिया पढ्न जाने आम प्रवृत्तिलाई  अपवाद मान्न सकिन्छ । दुई दशक पहिलेसम्म पारिको शहरहरूमा पढ्न जाने नेपालीहरूको सङ्ख्या बढी थियो । तराईकै जिल्लाहरूमा पठनपाठनका सुविधाहरू थपिएका छन् र राजधानी काठमाडौं निकै पायक बनेको छ । काठमाडौंमा तराईबाट पढ्न जानेहरूको सङ्ख्या निकै थपिएको छ । पहिले मध्य र पूर्वी तराईका बासिन्दा बिहारको दरभ·ा उपचारका लागि जान्थे, अब धरानले आकर्षित गरेको छ । बदलिएको यो प्रवाहलाई यसरी भन्न सकिन्छ, सीमाञ्चलमा दक्षिणमुखी प्रवाह मोडिएर केन्द्रतिर जान थालेको छ ।
    नेपालपट्टि बरु उताको  राजनीतिक उठापटकबारे थोरबहुत उत्सुकता हुन्छ तर पारिपट्टि खासै जानकारी भएको पाइँदैन । तराईवासीमा बिहार र उत्तरप्रदेशको राजनीतिबारे सामान्य ज्ञान राख्नेहरू बढी छन् तर पटना र लखनऊमा नेपालबारे त्यहाँको बौद्धिक वर्गमा पनि कमजोर जानकारी पाइन्छ ।  त्यहाँको प्रशासनिक संरचनाबारे यता र यताको बारे उता खासै आम जानकारी हँुदैन । मुख्य दुई सीमावर्ती भारतीय राज्य बिहार र उत्तरप्रदेशका प्रमुख शहरहरूमा नेपाल मामिलाबारे जानकारी राख्नेहरू पातलिंदै गएका छन् । फणीश्वरनाथ रेणु, रामवृक्ष बेनिपुरी, देवेन्द्र सिंह, भोला चटर्जी जस्ताको सन्दर्भ  अहिलेको पुस्ताका लागि मिथकजस्तै हुँदै गएको छ ।
    पहिले सीमा खुला थियो, नाकाहरू सहज र सुलभ थिए । अब त्यहाँ दुवैतिरबाट सुरक्षा बन्दोबस्ती बढ्दै गएको छ । भारततिर सशस्त्र सुरक्षा बल र नेपालतिर सशस्त्र प्रहरीलाई सीमा निगरानी राख्ने जिम्मेवारी दिइएको छ । भारतीय पक्षबाट नेपाली तुलनामा सीमामा बढी निगरानी बढाइएको छ । आम नेपालीको परम्परागत दैनिकीमा दबाब बढेको छ । आम मानिसले कठिनाई बेहोरी राखेको भए तापनि स·ठित अवैध कारोबारीहरू दुवैतिर गुलजार भइराखेका छन् । सीमा क्षेत्रमा भारतीय रुपियाँ सहज प्राप्य छैन, नक्कली रुपियाँको कारोबार गर्नेहरू वा भारतीय रुपियाँ सटही गर्नेहरू मौलाएका छन् । पहिले केवल भारतीय नक्कली रुपियाँको कारोबार हुन्थ्यो भने अवैध कारोबारीहरूले नक्कली नेपाली नोट पनि ल्याएका छन् । सीमा क्षेत्रमा तस्करीको चरित्र पहिले पनि थियो, वारिपारि केही मानिसको जीविका पनि मूल्यान्तरको लाभ उठाउनमा टिकेको थियो । अब, पारिको सस्तो वारि र वारिको सस्तो पारि मात्र जाँदैन, तेस्रो मुलुकका लागि पनि स·ठित अवैध कारोबारीहरू देखिन थालेका छन् । सीमापार अपराधको जालो तेस्रो मुलुकसँग पनि जोडिन थालेको छ । खुला सीमाको मौका छोपी अनेक तत्त्व र पक्ष सक्रिय देखिएका छन् र उनीहरूका कारण नै काठमाडौं र दिल्लीको दृष्टिकोण बदलिंदै गएको छ । अर्थात् सीमा क्षेत्रको सम्बन्धमा एउटा नयाँ मोड आउन थालेको छ । तारबारले छेकवार नलाइए पनि कतिपय प्रकारका पर्खालहरू खडा हुँदै गइरहेका छन् ।
    पछिल्लो नागरिकताको वितरणका बेला बहती ग·ाको लाभ लिंदै भित्रिएका ‘नवनागरिकहरू’ले ग्रहण गरेको सामाजिक– आर्थिक लाभले गर्दा यहाँको रैथाने बासिन्दामा असन्तोष बढ्दै गएको छ । पहिले यतातिर के बुझाइ थियो भने दोहोरो नागरिकता लिएकाहरूलाई पारिपट्टि सामाजिक स्वीकार्यता छ ।  तर पछिल्लो समयमा पारिपट्टि पनि दोहोरो नागरिकता लिई दुवैतिर अवैध कारोबार गर्नेहरूबारे जनस्तरमा विरोध सुनिन थालिएको छ, प्रशासनिक निगरानी थपिएको छ । नवनागरिकहरूको समाजिक प्रकोपले पनि सम्बन्धमा खाल्डो खन्ने काम गरेको छ ।  
    एक दशक पहिलेसम्म दुवैतिरका सीमाञ्चल क्षेत्र तुलनात्मकरूपमा उपेक्षित थियो । दक्षिणी क्षेत्रभन्दा उत्तरका राजमार्ग छेउछाउ बढी गुलजार हुने र पारिपट्टि पनि सीमान्त शहर र बजारहरू ओझेलमा राखिएका थिए । अहिले भारत सरकारले उत्तरप्रदेश र बिहारमा सीमा समान्तर राष्ट्रिय राजमार्ग निर्माण गर्न थालेको छ। रेलवे सेवालाई ब्रोडगेजमा बदलिंदै छ । सीमा शहरहरूको स्तरोन्नति गरिएको छ । विकासले ल्याएको बदलावले व्यावसायिक सम्बन्धलाई बहुआयाम दिंदै गएको छ ।
    सीमा क्षेत्रका सम्बन्धबारे दिल्ली र काठमाडौंमा अनेकौ कोणबाट हेर्न थालिएको छ । काठमाडौं र दिल्लीको  स्वार्थको आधारमा सीमावर्ती सम्बन्धलाई परिभाषित गर्ने काम भइराखेको छ । सीमा क्षेत्रमा रहेको अपेक्षा, आकाङ्क्षा र अप्ठयाराहरूलाई सीमावर्तीहरूकै आँखाले हेर्ने र त्यसलाई सहज बनाउने काम टाढा हुँदै गएको छ।
    सम्बन्धका सूत्रहरू फेरिंदै जानु, पारम्परिक धरातल भासिदै जानु र नयाँ आयामहरू उदय हुने स्थितिले गर्दा सीमावर्ती सम्बन्ध सङ्क्रमणकालबाट गुज्रिदै गइराखेको छ । जहाँ भावनात्मक पक्ष पछाडि पर्दै गएको छ । यस परिप्रेक्ष्यमा इतिहासको नासोको रूपमा रहेको सीमाञ्चल सम्बन्धलाई आत्मीय र आकर्षकयुक्त बनाइराख्न स·ठित प्रयासको खाँचो ढिलो हुँदै गइराखेको छ । समाजको विभिन्न स्तरमा हुने स·ठित संवाद र सम्पर्कले नै एक अर्काप्रति बदलिंदो सन्दर्भमा पनि बुझाइलाई फराकिलो र परिपक्व बनाउँंछ । सीमाञ्चलको विशेष सम्बन्ध बुझेर नै होला, नेपालमा क्रियाशील दातृ समुदायले सीमापार सम्बन्धबारे संवाद गराउन सहयोग गर्न थालेको छ । तर यस्ता संवादहरू आफ्नै प्रयासमा भए सर्वोत्तम ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : नेपाल भारत सीमावर्ती साइनो
नेपाल भारत सीमावर्ती साइनो
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/12/blog-post_2908.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/12/blog-post_2908.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy