$type=ticker$count=12$cols=4$cate=0

साधनोपयोगी पत्र

SHARE:

    प्रिय महोदय, सप्रेम हरिस्मरण । तपाईंका प्रश्नहरूको उत्तर निम्नलिखित छन्–
भगवत्बुद्धिको सेवा
    तपाईंसँग जे छ, त्यो सबै भगवान्को हो । घरद्वार, धनसम्पत्ति, कुटुम्ब–परिवार सबै भगवान्कै हो । तपाईं त उनीहरू सबैको यथायोग्य सेवा र सदुपयोग गर्नको लागि भगवान्द्वारा नियुक्ति गरिएको मुनिम हुनुहुन्छ । तपाईंले जुन वस्तुहरू आफ्नो सुखभोगको लागि पाएको ठान्नुभएको छ, यही नै तपाईंको भूल हो । तपाईं त्यस वस्तुहरूका मालिक कदापि हुनुहुन्न र ती वस्तुहरू तपाईंको भोगको लागि मात्र हो । तपाईं गृहस्थी हुनुहुन्छ, यो सही हो । तर, गृहस्थीको अर्थ घरको मालिक होइन । गृहस्थीको अर्थ घरको सेवक हो । घरमा जति मानिसहरू छन्, ती सबै तपाईंका सेव्य हुन् । तपाईंले यथायोग्य व्यवहार गरेर ती सबैको सेवा गर्नुपर्दछ । सेवा गर्नदेखि नभाग्नुस् र कोही आफ्नो नमान्नुस् । इमानदार मुनिमले मालिकको कारोबारको रेखदेख र स्याहारसम्भार पूरै सावधानीको साथ गर्दछ, परन्तु आफ्नो केही मान्दैन । उसले वफादारीपूर्वक सजग भएर काम नगरेमा ऊ नमकहराम कहलिन्छ र मालिकको धनमाथि मन लगाएमा बेइमान कहलाउँछ । यसैगरी तपाईंले घरलाई मालिकको पसल ठानेर उनीद्वारा दिइएको उनकै वस्तुहरूले उनैको आज्ञानुसार यथायोग्य उनको सेवा गर्दै रहनुहोस् । यस कर्तव्यपालनबाट कहिले पनि नचूक्नुहोस् ।
    धन साथमा जाँदैन, यो यहीं रहन्छ र साँचो कुरा यो हो कि कुनै खाल्डोमा जमेको पानी केही दिनमा फोहर, दुर्गन्धयुक्त, विषालु र पिउनेहरूको लागि रोगरूपी फल बन्दछ, त्यसैगरी सदुपयोगरहित जम्मा गरिएको धन धेरै पीडा दिने कारक तत्त्व बन्दछ । धनलाई आफ्नो नमानेर भगवान्को कार्यमा त्यसलाई मुक्तहस्तले उपयोग गर्नुपर्दछ । असलमा धन तपाईंलाई यसै कार्यको लागि प्राप्त भएको हो । मालिकको वस्तु मालिकले माग गर्दा नदिनु र आफ्नो मानेर मोहवश आफ्नो अधीनमा राख्ने प्रयत्न गर्नु अपराध हो, त्यसैगरी भगवान्को वस्तु भगवान्ले माग गर्दा ममता र अहंकारवश उनलाई नदिनु पनि ठूलो अपराध हो । जहाँ जुन वस्तुको अभाव छ, ठानौं भगवान्ले त्यही वस्तु माग गर्दैछन् । भगवान्को यस मागलाई नमान्ने भगवान्को चोर कहलाउँछ । मर्नुभन्दा पहिले वा मर्ने बेलामा त्यो वस्तु ऊसँग छिनिन्छ किनकि त्यो वस्तु उसको हुँदै होइन, बेइमानी र चोरीको अपराधमा दण्डस्वरूप उसलाई परलोकमा भीषण दु:ख र नराम्रो योनिहरूको प्राप्ति विशेषरूपले हुन्छ । त्यसैले जहाँ गरिबी छ, जहाँ दु:ख छ, जहाँ अन्न–वस्त्र र आश्रयको अभाव छ, त्यहीं आदरपूर्वक भगवान्को वस्तु भगवान्लाई अर्पण गरिरहनुपर्दछ । तर यस अर्पणमा अभिमान गर्नुहुँदैन । जसको वस्तु थियो, उनले माग गर्दा उनैलाई दिएपछि यसमा अभिमान गरिरहनुपर्दैन । यो त साधारण कर्तव्यपालन मात्र थियो ।
प्रेमभावको सेवा
    निर्मल प्रेमभावले तन–मन–धनले सबैको सेवा गर्नुपर्दछ । प्रेममा उँmच–नीचको भावना नभएर बराबरीको भावना हुन्छ । वरं प्रेमास्पद विशेष आदरको पात्र हुन्छ । आमा, पत्नी वा मित्रले आफ्नो सन्तान, पति वा मित्रको सेवा गर्दछ, यहाँ मनमा यही रहन्छ कि कसरी स्वाभाविक सेवाले तिनीहरूलाई सुख दिन सकिन्छ । तिनीहरूलाई सुख दिनुमा नै सुख मिल्दछ, अन्य कुनै उद्देश्य हुँदैन र यस सेवाको लागि उनीहरू ठूलोभन्दा ठूलो त्याग सजिलै गर्दछन् । यस त्यागमा उनीहरूलाई कुनै क्षोभ हुँदैन, वरं आनन्द प्राप्त हुन्छ र गर्न नसकेमा दु:ख हुन्छ । प्रेम प्रतिक्षण बढ्दछ, ‘प्रतिक्षणवर्धमानम्’ । त्यसैले  प्रेमपूर्वक गर्ने सेवा प्रतिपल बढी रहन्छ । यसमा कहिले उकताहट हुँदैन र यस्तो सेवाको कुनै सीमा निर्धारण हुँदैन । जति गर्‍यो त्यति नै कम । यसमा न उपकारको भावना हुन्छ र न बदलाको ।  न कहिले अनुग्रहको भावना हुन्छ र न मनमा कुनै गौरव वा अभिमान नै हुन्छ । यसमा सेव्यलाई सुखी देखेर मनमा प्रेमवश स्वाभाविकरूपले सुख मिल्दछ र यसै सुखको अभिलाषाको कारण अझै धेरै सेवा गरिन्छ । यस सेवामा उत्साह र सेवाभाव बढी नै रहन्छ । यसमा गरिएको सेवाको स्मृति हुँदैन किनकि यो सेवामा उपकाररूप हुँदैन, यो त आत्मसुख सम्पादनको चेष्टा मात्र हो । जस्तो आफ्नो भलो गरेर कसैले यो मान्दैन कि मैले कसैको उपकार गरेको छु, यसै प्रकार प्रेमाभावले गरिएको सेवामा  ‘स्व’भाव रहनाले उपकारको भावना रहँदैन । ‘पर’लाई ‘स्व’ र ‘स्व’लाई ‘पर’ बनाएर दुवैलाई एकीकरण गर्नु प्रेमको नै काम हो ।
दयावृत्तिको सेवा
    प्रेमभाव छैन भने दयाले सेवा गर्नुपर्दछ । प्रेममा जस्तै दयामा सेवा ग्रहण गर्नेप्रति सम्मानको शुद्धभाव सेव्यभाव हुँदैन र न बराबरीको भाव नै रहन्छ । दया उसैलाई गरिन्छ, जो ‘दयाको पात्र’ हुन्छ । यसको यही अर्थ हुन्छ कि दयावश जसको सेवा गरिन्छ, ऊ दया पाउन योग्य हुन्छ र सेवा गर्ने दयालु हुन्छ । संसारमा कुनै पनि स्वाभिमानी जीव अर्काको दयाको पात्र बन्न चाहँदैन । बाध्य भएर बन्नुपर्दछ । दया पाउने मनुष्य आफूलाई सधैं दबिएको महसुस गर्दछ । उसमा बराबरीको भावले आफ्नो शिर उँचो गर्ने हिम्मत हुँदैन । यस्तो गरेमा उसलाई कृतघ्न या अकृतज्ञ भनिन्छ । यो कुरा प्रेममा हुँदैन । यसैले प्रेमको स्तर दयाभन्दा धेरै उँचो छ। यति हुँदा पनि दयाको स्थान उँचो छ । दया साधुपुरुषको स्वभाव हुन्छ, जुन ह्दय ठूलोभन्दा ठूलो दु:खमा पनि सधैं निर्विकार, सम र अचल रहन्छ, अनि अरूको दु:खमा तुरुन्त पगलिन्छ र उसलाई त्यो दु:ख सहन हुन सक्दैन ।
    कविहरूले सन्त–ह्दयलाई मख्खनको समान कोमल बताएका छन्, तर असलमा कविहरूले सन्त–ह्दयको यथार्थ निरूपण गर्न सकेनन् किनकि मख्खन त स्वयं तापमा पगलिन्छ, तर  सन्त आफ्नो तापले कहिले पनि पगलिन्दैन । उनीहरूले आफ्नो दु:खहरूको कहिले पनि पर्वाह गर्दैनन् । महान् पवित्र आत्मा सन्त त अरूको तापले द्रवित हुन्छन् । पर–दु:ख देखेर दयालु पुरुषको ह्दयमा दयाको पवित्र आवेश उत्पन्न हुन्छ र त्यो आवेशको यति प्रभाव हुन्छ कि त्यस समय उसलाई यो पनि थाहा हुँदैन कि जसको दु:ख देखेर दयाको आवेश उत्पन्न भएको छ त्यो आफ्नो हो वा अरू, मित्र हो वा शत्रु । शास्त्रमा भनिएको छ–
परे वा बन्धुवर्गें वा मित्रे द्वेष्टरि वा तथा ।
आपन्ने रक्षितव्यं तु दयैषा परिकीर्तिता ।।
(अत्रिसंहिता)
    ‘अर्का हो वा आफ्नो, मित्र हो वा शत्रु, कसैलाई पनि दु:खमा देखेर रक्षा गर्ने जुन स्वाभाविक चेष्टा उत्पन्न हुन्छ, त्यसैको नाम दया हो ।’
    शुद्ध दयाको भावले गरिएको सेवामा अनुग्रहको भावना हुँदैन । त्यहाँ त दयाको वृत्तिले ह्दय यति प्रभावित हुन्छ कि दु:खीलाई दु:खबाट बचाउने सक्रिय प्रयत्न नगरूञ्जेलसम्म उसलाई शान्ति नै हुँदैन । सारांशमा यो हो कि दयालु पुरुषले दीनहरूको सेवा आफ्नो ह्दयको प्रसन्नता र शान्तिको लागि गर्दछ । जहाँ आफ्नो र अरूको भेद छ । आफ्नो वा आफ्नो मित्र हो भने दु:ख हटाउने चेष्टा गर्नु, अरू वा शत्रु हो भने उसको दु:ख देखेर उपेक्षा गर्नु, यो शुद्ध दयाको कार्य होइन । शुद्ध दयालाई भेदजनित उपेक्षा कहिले पनि सहन हुँदैन । हिजोआज जुन उपकार या सेवा–कार्य हुन्छ, त्यो प्राय: शुद्ध दयाको भावनाले गरिंदैन, ईश्वरबुद्धि या प्रेमभावको त कुरै बेग्लै भयो । कसैको सेवा गरेपछि त्यसलाई बिर्सनु नै राम्रो हुन्छ । त्यसको पहिचान पनि राम्रो होइन । यस्तो चेष्टा त कहिले पनि गर्नुहुँदैन कि तपाईंद्वारा कुनै समय सेवा ग्रहण गर्ने मनुष्य हिच्किचाउनु परोस्, पश्चाताप गर्नु परोस्, आफ्नो हार्दिक शुभ विचारहरूलाई दबाउनु या छोड्नु परोस् र बदलामा उसले तपाईंलाई केही गर्नु परोस् । कसैलाई केही दिनुपरेमा गुपचुपरूपमा दिनुपर्दछ, जसले गर्दा उसलाई अरूको सामुन्ने अपमानित हुनु नपरोस् ।  त्यसलाई सदा गुप्त राख्नुपर्दछ । कहिले पनि यस कार्यको लागि उसमाथि अनुग्रह गरेको नपर।ेस् र न उसमाथि कुनै कुराको दबाब परोस्, उसले बदलामा केही चुकाओस् भन्ने आशा पनि राख्नुहुँदैन । भगवान्को वस्तु भगवान्को काममा लाग्यो भनी प्रसन्न रहनुपर्दछ । शेष प्रभुकृपा ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : साधनोपयोगी पत्र
साधनोपयोगी पत्र
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/12/blog-post_29.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/12/blog-post_29.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy