नयाँ युगबोध तथा महिला अधिकारप्रति विश्वमैं आएको चेतनाबाट नेपाली पुरुषको अहम्ले टक्कर लिन खोजेको जस्तो छ । हिजोसम्म घुम्टोमा मुख लुकाएर बाहिर निस्कने, घरभन्दा बाहिर जान मनाही गरिएकी, घरभित्रको अमूल्य वस्तु ठानिएकी महिला आज पुरुषको काँधमा काँध मिलाएर, पुरुषसमान वर्चस्वको सङ्घर्षमा उत्रँदा पुरुष अहम्माथि चोट परेजस्तो देखिएको छ । त्यसैले त महिला हिंसाका एक से एक घटनाहरू भइरहेका छन् र प्रतिकारमा उत्रेको नारा भयावह हुँदाहुँदै पनि मानिसहरू महिला हिंसाबाट रत्ति विचलित छैनन् । महिलामाथि एकपछि अर्को पैशाचिक उत्पीडन जारी छ । भारत र नेपालको सामाजिक मनोविज्ञान एकनाशको भएकोले भारतमा जेजे भयो नेपालमा पनि त्यही हुनेस बलात्कार, जिउँदो जलाउने दुष्कृत्यहरू भइरहेका छन् । नेपालगन्जमा बिहे उमेर नपुगेकी चेलीले इच्छाविरुद्ध बिहे गर्न नमानेकोमा जिउँदै जलाइएको घटना सेलाउन नपाउँदै यही बुधवार बारामा पनि एउटी विद्यालयकी छात्रालाई जलाएर मार्ने अभिशप्त मानसिकताग्रस्त घटना भएको छ ।
भारतमा महिला बलात्कारबाट क्ष्ुाब्ध जनमानस, बलात्कारीलाई प्राणदण्डको सजाय दिनुपर्ने, नपुंसक बनाएर आजीवन कैद हाल्नुपर्नेजस्ता अतिवादी माग गरिरहेको छ । तर पनि पुरुष, एकपछि अर्को अधम कार्य गरिरहेको छ । महिला हिंसाका लागि यौन मात्र होइन, महिलामाथि पुरुष वर्चस्वको सवाल ज्यादा अहम् देखिएको छ । अन्यथा नेपालगन्जको घटना हुने थिएन, कमोबेस बारामा पनि यौन र वर्चस्वको अन्तसङ्घर्षले यो घटना भएको हुन सक्छ । प्रहरीले छानबिन शुरु गरेको बताएको छ, तर छानबिन पौरखशाली पुरुषतर्फ तानियो भने प्रहरीको क्रियाशीलता अविराम शिथिलतामा परिवर्तित नहोला भन्न सकिन्न । जयम·लापुर घटनामा यस्तै भएको छ । जयम·लापुर घटनामा व्यक्तिहरू प्रभावशाली भएपनि नामजद तस्कर हुन् । तस्करको प्रभावमा त प्रहरीको क्रियाशीलता शिथिल बन्छ भने बारा घटनामा कुनै राजनीति दलको कार्यकर्ता, कुनै निकै धनी बाबुको छोरा अथवा प्रशस्त धाक–रवाफ भएको व्यक्ति संलग्न छ भने, प्रहरीले घटनाको कारण र कारकलाई आफ्नो बलियो मुठ्ठीबाट कदापि फुत्कन दिने छैन भन्ने कुरा अहिले नै पत्याइबसे हुन्छ ।
भारत तुलनात्मकरूपले नेपालभन्दा बढी शिक्षित र जागरुक छ, महिला–मैत्री पनि छ । त्यसैले नारीको अस्मिताविपरीत घटनामा सारा मुलुक तात्यो । नेपालमा यस्तो घटनामा सामाजिक प्रतिकारको नितान्त अभाव छ । नेपालगन्जमा भएको घटनाकी पात्र विद्यार्थी थिइन् र बारा घटनाकी पात्र पनि विद्यार्थी हुन् । समाज पुरातनपन्थी भएकोले ‘छोरी मोरी ठूलो घर परी’ ठान्ला तर तिनका सहपाठी विद्यार्थीहरू त पुरातनपन्थी होइनन्, तिनीहरू सड्ढठित पनि छन्, तर तिनले पनि प्रतिरोध, प्रतिकार वा मृतकलाई न्याय दिलाउने दिशामा कुनै काम गरेको देखिएन । यद्यपि नेपालमा यस्ता अतिचारहरूको विरोध गर्ने, त्यस क्षेत्रमा काम गर्ने थुप्रै सङ्घ–संस्थाहरू पनि छन् । भारतभन्दा नेपालमा यस्ता घटनाहरूप्रति विरोधको स्वर प्रस्फुटित हुनुपर्ने हो । तर नेपाली समाज, लाग्दछ संज्ञाशून्य छ । ऊ आफूमाथिबाहेक अन्यको सरोकारसँग पटक्कै वास्ता राख्दैन । त्यसैले भारतमा कानुनमाथि अपराधीलाई सजायको माग उठिरहेको बेला यहाँको नागरिक समाजले कानुन अनुसर कारबाई र दण्डको आवाजसमेत उठाउन आवश्यक ठोनेको छैन ।