प्रस, निजगढ, १५ पुस/
बाराको निजगढमा सञ्चालित वृहत् खेलकुद महोत्सवको तेस्रो दिन आइतवार फूटबल र टेबल टेनिस खेल भएको छ । फूटबल प्रतियोगितामा शहीद स्मृति युवा क्लब रतनपुरीलाई पेनाल्टीमार्फत् ४ का विरुद्ध ५ गोल गरी नमोबुद्ध युवा क्लब चन्द्रनिगाहपुर विजयी भएको छ । मध्यान्तरअघि विपक्षी टिमको संवेदनशील क्षेत्रमा ह्यान्ड भएपछि सो अवसरलाई सदुपयोग गर्दै नमोबुद्ध युवा क्लबका जर्सी नं. १० का राजु लामाले पेनाल्टीमार्फत् बललाई जाली चुमाएका थिए ।
प्रतिस्पर्धात्मक खेलमा शहीद स्मृति युवा क्लबका तर्फका जर्सी नं. १५ का अशोक धामीले मध्यान्तरपछि ५७ औं मिनेटमा आकर्षक गोल गरेपछि पूरै खेल अवधिभर दुवै टिमले १/१ गोल गरी खेल बराबरी भएको थियो । थप १० मिनेटको समयमा पनि दुवै टिमका खेलाडीले कुनै गोल गर्न नसकेपछि पेनाल्टी भएको थियो । पेनाल्टीमा नमोबुद्ध युवा क्लब चन्द्रनिगाहपुर विजयी भयो । आजको प्रतियोगिताको म्यान अफ दि म्याच नमोबुद्ध युवा क्लब चपुरका जर्सी नं. ८ का बिम्बो मगर
घोषित भएका थिए । सोमवार गढीमाई युवा क्लब, रौतहट र जीतपुर युवा क्लब, बाराबीच कडा प्रतिस्पर्धा हुने आयोजक नेपाल खेलकुद क्लब, निजगढले जनाएको छ ।
डबल्सतर्फको टेबल टेनिस प्रतियोगिता सम्पन्न
त्यसैगरी आइतवार भएको टेबल टेनिस डबल्सतर्फको खेलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा निजगढका प्रहरी निरीक्षक मनोजकुमार शाही र गोपाल सुवेदी विजयी भएका छन् ।
सि·ल टेबल टेनिसतर्फ गोकुल सापकोटा र सचिन बर्तौता फाइनलमा प्रवेश गरेका उक्त खेलका संयोजक हरिशरण सुवेदीले जानकारी दिए । टेबल टेनिसको फाइनल खेल सोमवार लच्कामा बिहान हुने र फूटबल निर्माणाधीन क्याम्पस भवनको खेल मैदानमा भइरहेको छ ।