- सञ्जय साह ‘मित्र’
स्कूले जीवनका मानिसलाई भविष्यमा के बन्ने भनेर सोध्ने हो भने एकसूत्रीय जवाफ पाइन्छ – डाक्टर । कतिपयले विस्तारै इन्जिनियर भन्न पनि सक्छन् । यो भन्ने रोग मात्रै हुन्न । समाजमा यस्ता पेशाप्रतिको आकर्षणले यस्तो भन्न सजिलो हुन पुगेको हो । यहाँसम्म कि उच्च माध्यमिक तहमा पनि मेरो जीवनको लक्ष्य भन्ने विषयमा निबन्ध लेख्नलाई भन्दा आधा विद्यार्थीले यही डाक्टर बनेर रोगीको सेवा गर्ने लेख्छन् जबकि ती सबै विद्यार्थी शिक्षा वा कमर्सका हुन्छन् । विद्यार्थीहरू बजारमा पाइने निबन्धका किताबहरू किनेर पढ्छन् जसमा भविष्यको लक्ष्य डाक्टर–इन्जिनियर बन्ने लेखिएको हुन्छ र त्यही कुरालाई याद गरेको भरमा अहिलेको वास्तविकतालाई आत्मसात गरी सिर्जनात्मक प्रयोग गर्नुभन्दा पुरानै शैली व्यक्त गर्छन् । एक हिसाबले यस्ता विद्यार्थी आफ्ना लागि पढेका हुन्नन् । घरबाट अभिभावकले पढ्न पठाएकाले पढिदिएका हुन्, बुझाइसित सरोकार नराखेर । यस कारण पढेका कुरा लेख्छन् जसमा उनीहरूको चित्त बुझेको हुन्छ वा याद हुन्छ ।
गधा पचीसी उमेरका कुनै प्रमीलाई सोध्ने हो कि कसको लागि बाँचेको ? सजिलै प्राप्त गर्ने उत्तर हुन्छ – प्रेमिकाको लागि । प्रेमको अर्थ, परिभाषा, मर्म र लक्ष्यलाई बुझेर कतिजनाले यस्तो उत्तर दिएका हुन्छन् वा कतिजनाले यसलाई भावनात्मकरूपमा मात्र व्यक्त गरेका हुन्छन् यो यहाँको वण्र्य विषय होइन तर आफ्नो लागि नबाँचेको र प्रेमी वा प्रेमिकाको लागि बाँचेका भन्नेमध्ये जीवनमा मिलन हुन सक्यो र कतिजना चाहिं मिलनको विछोडमा अर्काको भनेको जीवनलाई त्यागे, यसबाट उनको उत्तरको गरिमालाई बुझ्न सकिन्छ ।
मानिस कसको लागि बाँचेको हुन्छ ? यसको उत्तरमा उसको जीवनको उद्देश्य निहित हुन्छ भनेर पनि कतिपयले भन्ने गरेका छन् तर जीवनको उद्देश्यभन्दा यसको जवाफ भिन्न हुन्छ ? जीवनको उद्देश्यकै विषयमा पनि मानिसको जवाफ र ध्यान अधूरो छ किनभने उद्देश्य प्राप्तिपछि जीवन समाप्त हुँदैन । एकछिनको लागि जीवनको उद्देश्य कसैले डाक्टर बन्ने राखेको छ भने डाक्टर बनेपछि उद्देश्य पूरा हुन्छ तर जीवन समाप्त हुन्न । यसपछि पनि मानिस बाँचेको हुन्छ र कसको लागि बाँचेको भन्ने प्रश्न जीवित रहन्छ ।
शास्त्रहरूले पनि मानव जीवनको उद्देश्यलाई स्पष्ट पारेको छ । जीवनको लक्ष्य मोक्ष प्राप्ति मानेको छ र मानव जीवनको प्रमुख अ·मा धर्म, अर्थ तथा काम र मोक्षलाई मानेको छ । यहाँ जीवनपश्चात् मोक्षको प्राप्ति हुने विश्वास व्यक्त छ र मोक्षको लागि धर्म आवश्यक मानिन्छ । वर्तमान परिवेशमा धर्मको अर्थ आफ्नो काम इमानदारीपूर्वक निर्वाह गर्ने भन्ने पनि लगाइन्छ र इमानदारीपूर्वक आर्जन गरिएको अर्थबाट दान पनि गर्नुपर्ने मान्यता छ । यसले आफ्नो आर्जनमा अरू पनि आश्रितलाई जीवन दिन सकिने अभिप्राय रहेको छ । शास्त्रले त जीवनको लक्ष्यलाई स्पष्टसित व्याख्या गरेको छ र यसको आधारमा मोक्षका लागि बाँचेको भन्ने अर्थ निस्कन्छ तर हाम्रो जीवनशैली तथा जीवनप्रतिको विश्वास सबै बदलिएको अवस्थामा मानिस केका लागि बाँच्छ, भन्ने प्रश्न उत्तिकै रहेको छ ।
धेरै मानिस बाँच्नका लागि बाँच्छन् । केका लागि बाँच्छन् भन्ने उनलाई थाहा हुँदैन । जनसाधारणले छोराछोरीको लागि बाँचेको पनि भन्छन् तर सबै छोराछोरी मरेको अवस्थामा पनि बाँच्छन्, छोराछोरीले नटेरेको अवस्थामा पनि बाँच्छन्, छोराछोरीलाई सरापेर बाँचेको जीवन पनि वृद्धाश्रमहरूमा भेटिन्छ । मानिस निरुद्देश्य बाँच्छ त उसो भए ? हो, कतिपय मानिस निरुद्देश्य बाँचेका हुन्छन् । आफू बाँचेर आफ्ना बालबच्चालाई आफूले सकेको राम्रो गर्दै बाँचेको जीवनलाई धेरैले सफल जीवन मान्ने चलन पनि छ । यथार्थ यही नै हो भन्ने होइन । हामीले देखेका छौं कि मानिसबाहेकका जीवन र जीवले पनि यति गरेका छन् । जसमध्ये कतिको हत्या गरेर हामी आफ्नो भोजन बनाउँछौं । कति जीवन र जीवलाई हामी आँखाले देख्न सकेका हुँदैनौं । तिनीहरू पनि जीवन बाँचेका छन् । साधारण पशुलाई नै हेरौं न, एउटा सर्पको अन्डा टिप्न गयौं भने सर्पले हामीलाई लखेट्छ अर्थात् आफ्नो सन्तानको सर्पलाई पनि माया हुन्छ । कुकुरको छाउरालाई पनि कुकुर्नीले कम्ती माया गर्दिन । जब आम जीवनको यही सामान्य प्रचलन रहेको छ कि आफूले आफ्नो सन्तानलाई सकेको राम्रो गर्ने हो भने हामीले आफ्नो जीवनलाई कति सफल किन भन्नुपर्यो ?
कसैले खेतबारी जोरजाम गर्न सकेन वा राम्रो नोकरी पाउन सकेन वा शहरमा घर बनाउन सकेन वा अरू कुनै महत्त्वपूर्ण लाग्ने प्राप्ति समाजमा देखाउन सकेन भने पनि जीवनलाई असार्थक वा असफल भन्न मिल्दैन । वास्तवमा आफ्नो लागि मात्र वा आफ्ना सन्तानको लागि मात्र बाँच्ने जीवनजति साधारण जीवन हुन् । जो आप््mनो लागि बाँचेर आफ्नो जीवनमात्रका लागि भन्दा पनि समाज, राष्ट्र, भाषा, साहित्य, संस्कृति वा अन्य मानव कल्याणका क्षेत्रमा काम गर्नेहरूले सार्थक जीवन बाँचेका हुन्छन् । बाँच्नुको वास्तविक अर्थ यस्तालाई मात्र थाहा छ । यस्ताले मात्र जीवनको सबैथरिको व्याख्या गर्न सक्छन् । यस्तोभन्दा टाढाको जीवन बाँच्ने त स्वार्थी जीवन बाँचेका हुुन् । स्वार्थको सीमा हुँदैन । यसै कारण स्वार्थको दलदलमा अल्झिएको जीवनले व्याख्या बढी र काम कम गर्छ वा बोल्छ, काम गर्दैन । बाँच्ने केका लागि वा कसका निम्ति भन्ने कुरामा साधारण सोचाइ राख्छ – आफ्नो लागि, सन्तानको लागि । कतिपयले त देश र समाजको लागि बाँचेको भन्छन् तर त्यसैमा भ्रष्टाचारको नयाँ आहाल बनाएका हुन्छन् । यस्तै खालेले गर्दा कहिलेकाहीं अरूका लागि बाँच्नेहरूप्रति शड्ढा उब्जाइदिन्छन् ।
शड्ढा भन्ने कुरा आफैंप्रति कम हुन्छ । अरूप्रति बढी हुन्छ । कसका लागि बाँचेको भन्ने कुरा अमूर्त होइन । समाजमा आइरहने परिवर्तन, जीवनमा बढिरहने चेतनाको स्तर र अन्य कारणले जीवनको उद्देश्य परिवर्तन भएजस्तै जीवन बाँच्नुको कारण पनि परिवर्तन हुन्छ । आफ्नो जीवनलाई अरू कसैको बनाएर बाँच्नु भनेको दास हुनु हो । मानिस दास भएर बाँच्न सक्ने अवस्थाबाट निकै अगाडि बढिसकेको छ ।
दासत्वलाई भगाएर स्वाधीन बनिसकेको जीवनलाई हामी फेरि आफैंमा अल्झाएर बाँच्न थालेका छौं । हो, यसैबाट अलिकति निकालेर हामी आफ्नो लागि र आफ्नोबाटै अलिकति अरू कामका लागि निरुद्देश्य लगानी गर्यौं भने यो जीवनको आनन्दमा कैयौं गुणा वृद्धि भएको पाउँछौं । जीवन आफूभन्दा पर बढी रमाउन चाहन्छ र ठूलो संसार प्राप्त गर्न सानो संसारबाट फुत्किने चाहना हुनु जरुरी छ । यस्तो चाहना भइसकेपछि हामी जुन छोराछोरीका लागि अहिले बाँचेको भन्दछौं तिनै छोराछोरीले कैयौं पुस्तासम्म आफ्नो नाम गर्वले लिन सक्छन् । समाजले गर्व गर्ने वातावरण बन्छ । यसरी हामी आफ्नो लागि बाँचेर पनि अलिकति समाजको निम्ति समय निकालेर बाँचौं । समाजले लामो समयको जीवन दिनेछ । अस्तु १