Posts

Showing posts from December, 2012

ग्रामीण विद्युतीकरणमा व्यापक अनियमितता, करोडौंको योजना कमिशनका कारण कोटेशनमा

Image
प्रस, वीरगंज, १६ पुस/     नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्र अन्तर्गत पर्सा जिल्लामा गरिने ग्रामीण विद्युतीकरणमा व्यापक भ्रष्टाचार हुने गरेको कर्मचारीहरूले बताएका छन् ।     ग्रामीण विद्युतीकरणका लागि वार्षिक करिब तीन करोडको हाराहारीमा बजेट आउने गरेको छ । चौमासिकरूपमा आउने सो बजेट जिल्लाको ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि खर्चिने हुँदा केन्द्रले आफूखुशी कोटेशनमा मात्र काम लगाउँदै आएको छ ।     केन्द्रमा धेरै वर्षदेखि रहेका ठेकेदारहरू मनोज साह, रामअवतार मण्डल, विनोद झा, आमोद चौरसिया, अरुण सिंहलगायतले मात्र लेखापाल प्रमोद झामार्फत् केन्द्र प्रमुख त्रिपुरारी सिंहलाई ४० प्रतिशत कमिशन दिएर काम लिने गरेका छन् ।     केन्द्रसँग धेरै वर्ष अघिदेखि अनुबन्धित यिनै ठेकेदारहरूले टुक्रा–टुक्ता गरेर कोटेशनमा काम लिने गरेका छन् ।     ४० प्रतिशत कमिशन दिएर काम लिने गरिएकोले पनि पर्सा जिल्लाका धेरै गाविसहरूमा सञ्चालित ग्रामीण विद्युतीकरण योजना अधूरो अवस्थामा छ ।

बिन्दुको हत्यामा परिवारकै संलग्नता

प्रस, पथलैया, १६ पुस/     बारा प्रस्टोकाकी बिन्दु ठाकुरको हत्यामा उनकै परिवारको संलग्नता रहेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालयले कलैयामा पत्रकार सम्मेलन गरी घटनामा परिवारको संलग्नता रहेको जानकारी गराएको हो।     प्रहरीले बिन्दुका हत्यामा उनकै बुवा रामाको संलग्नता रहेको बताएको छ । अनुसन्धानमा भेटिएका प्रमाणबाट घटनामा रामाको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय बाराका अनुसन्धान अधिकृत रामनाथ घिमिरेले बताए ।     अनुसन्धान अधिकृत घिमिरेले बिन्दुको शवको साथमा उनकै बाबुले प्रयोग गर्ने टर्च फेला पर्नु, घरभित्र कालो लिपिएको देखिनु, उनकै घरमा मटीतेलको जर्किन फेला पर्नु, बिन्दुको सल शवमा ओढाइएको अवस्थामा भेटिनु, चप्पल घरमैं भेटिनुले हत्यामा बाबुको संलग्नता देखिएको बताए ।     हत्यामा रामाको संलग्नता देखिएपछि प्रहरीले १५ दिन म्याद थप गरी मुद्दा समेत दर्ता गरेको छ । हत्या देखिएपछि म्याद थप गरी मुद्दा दर्ता गरेका छौ– घिमिरेले भने, थप कुरा पछिको अनुसन्धानले बताउने छ ।     बिन्दुले गाउँकै एक युवकसँग प्रेम गरेको भन्दै बाबुले हत्या गरेको प्रहरीले जनाएको छ । यसअघि रामाले भने बिन्दु टिउसन पढ्न गए

जीतपुर युवा क्लब १ का विरुद्ध ५ गोलले विजयी

Image
प्रस, निजगढ, १६ पुस/     निजगढमा सञ्चालित बृहत् खेलकुद महोत्सवको चौथो दिन सोमवार जीतपुर युवा क्लब बारा १ का विरुद्ध ५ गोलले विजयी भएको छ । मध्यान्तर अघि गढीमाई युवा क्लब रौतहटलाई ५ गोल गरी खेलमा एकल वर्चस्वमा राखेको जीतपुरले मध्यान्तरपछि कडा प्रतिस्पर्धा झेल्नुपरेको थियो । विपक्षी टिमले गोल रक्षकसहित केही खेलाडी परिवर्तन गरेपछि खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । डि एरियाबाट विपक्षी टिमको गोलपोस्टमा गढीमाई युवा क्लबका खेलाडीले प्रहार गरेको बल आत्मघाती हुन पुग्दा गढीमाई युवा क्लबलाई १ गोल प्राप्त भएको थियो ।     प्रतियोगिताको अन्तिम २० मिनेट गढीमाई टिमले जीतपुरलाई निकै दबाबमा राखे पनि गोल गर्न सकेन । प्रतियोगिताको म्यान अफ दि म्याच जीतपुर युवा क्लबका लखन चौधरी घोषित भएपछि अम्बे सिमेन्टबाट प्राप्त ट्रफी स्थानीय विशाल हार्डवेयरका प्रोप्राइटर प्रमोदकुमार सिग्देलले प्रदान गरेका थिए । फूटबल तर्फको १२ खेलमा अम्बे सिमेन्ट प्रालिद्वारा ट्रफी वितरण गरिने जनाइएको छ । सेमीफाइनल खेल २० गते शुक्रवारदेखि सञ्चालन हुने आयोजक समितिका सदस्य विनोद लामाले जानकारी दिए । महोत्सवलाई निरन्तरता दिंदै म·लवा

राष्ट्रपतिको भारत भ्रमण र गतिरोधको निकासको उपाय

Image
- अधिवक्ता वीरेन्द्र प्रसाद यादव    लगभग सात महिनादेखि चुलिएको राजनीतिक गतिरोध अझ जटिल बन्दै गएको बखत राष्ट्रपतिको भारत भ्रमण अर्थपूर्ण छ । मङ्सिर ८ गते संविधानको धार ३८(१) अनुसार सहमतिको सरकार गठनको लागि राष्ट्रपतिबाट भएको आह्वानले राष्ट्रपति कार्यालय र सरकारबीच बढ्दो दूरीबीच हुने भ्रमणले धेरैलाई आश्चर्यचकित पनि बनाएको थियो । आश्चर्यको कारण के थियो भने वर्तमान सरकारउपर भारतको पूर्ण समर्थन रहेको विपक्षीको दाबी छ र वर्तमान सरकारको चाहनाविपरीत राष्ट्रपति सरकारलाई बर्खास्त गर्न चाहेका छन् भन्ने सत्तापक्षको आरोप छ । यस्तोमा भारत र राष्ट्रपतिबीच दूरी बढ्नुपर्ने हो । तर भारतले राष्ट्रपतिलाई भ्रमणको निम्तो दियो ।         राष्ट्रपतिको आह्वानलाई मन्त्रि परिषद्को निर्णयले असंवैधानिक घोषणा गरिसकेकोले भारतले पनि राष्ट्रपतिको कदमलाई समर्थन गर्ला भन्ने विपक्षीहरूको आशा थिएन । यही कारणले हुन सक्छ भ्रमण तिथि नजिकिंदै जाँदा र काङ्ग्रेस सभापतिलगायत विपक्षी नेताहरूले भ्रमण स्थगित गर्ने सुझाव दिएका थिए । तर भ्रमणमा राष्ट्रपतिले भारतद्वारा पाएको सम्मान र भारतीय नेताहरूले दिएको महत्त्वले सबै अनुमान गलत स

धु्रवे र सम्भावना

    चितवन राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्रलाई मुख्य वासस्थान बनाएर आसपासको क्षेत्रमा आतड्ढ मचाइरहेको ध्रुवे हात्ती अहिले चर्चामा छ । धु्रवे हिंसक आतड्ढककारी क्रियाकलापका कारण चर्चामा छँदैछ, अन्य थप कारणले पनि ऊ चर्चित बन्न पुगेको छ । बितेको तीन वर्षयता आतड्ढ शुरु गरेको धु्रवेले यस वर्ष असोज, पुस दुई महिनामा १२ जना मानिसको ज्यान लिइसकेको छ । मारिनेमा चितवनका ४, बाराका ५, पर्साका १ र पर्सासँग सिमाना जोडिएको भारतीय क्षेत्रबा दुईजना छन् । सबै घटनामा आक्रमणकारी हात्तीको हुलिया र घटनाको प्रकृति हेर्दा धु्रवे हात्ती नै हो भन्ने यकिन भइसकेको छ । २०६६ साल माघ २२ गते सेनाका जवान रिद्दवीर दोङलाई चितवनको घैलाघारीमा मारेर धु्रवेले मानव हत्या शुरु गरेको थियो । यसबीच धु्रवेको आक्रमणमा परी तीनवटा घरपालुवा हात्तीको मृत्यु भइसकेको छ भने घर भत्काउने, बाली नष्ट गर्नेजस्ता अनगिन्ती विध्वंसका कारण धु्रवे आतड्ढको पर्याववाची बनेको छ । त्यसैगरी भ्यालेन्टाइन डे र क्रिसमस डेको दिन घरपालुवा पोथी हात्ती भगाएर लगेको कारण पनि धु्रवे चर्चामा छ । तीन वर्षको अवधिमा दुईपटक लठ्याएर शक्ति कम हुने सुई लगाउने, दार्‍हा क

चिसोको कारण रौतहटमा मृत्यु हुनेको सङ्ख्या १२

Image
प्रस, रौतहट, १५ पुस/     दुई सातादेखि चलेको शीतलहरका कारण कठ्याङ्ग्रिएर रौतहटमा हिजो र आज मात्रै चारजनाको मृत्यु भएको छ ।     अत्यधिक चिसोको कारण रौतहटमा ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ । आज बिहान जाडोले कठ्याङ्ग्रिएर ओरैया गाविस–८ निवासी वर्ष ४५ का हृदयनारायण साह तेलीको मृत्यु भएको छ ।     रमौली बैरिया गाविस–१ घर भएका ४० वर्षका रामदेव महरा चमारको चिसोकै कारण मृत्यु भएको प्रहरी चौकी विश्रामपुरका प्रहरी सहायक निरीक्षक केशव दर्जीले जानकारी दिएका छन् ।     हिजो पिपरिया परोवा गाविस–६ की २० वर्षीया सन्तोषी कुमारी र इनरवारी गाविस–८ का वर्ष ४५ का सुखिया देवीको मृत्यु भएको थियो ।     अत्यधिक जाडोका कारण ज्यान गुमाउनेहरू अधिकांश विपन्न परिवारका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी शिवहरि उपाध्यायले जिल्लाको ९६ वटै गाविसका सचिव र गौर नगरपालिकाका प्रमुखलाई सार्वजनिकस्थलमा दाउरा बाल्नका लागि आफूले निर्देशन दिएको बताए ।

सरिता शाह काण्डका आरोपी जीआरपी अधिकारी निलम्बित

Image
राजेश केशरीवाल, रक्सौल, १५ पुस/     नेपाली चेली सरिता शाहसँग अमर्यादित व्यवहार गरेको आरोपमा भारतीय जीआरपी विभागले हिजो एकजना जीआरपीका अधिकारीलाई निलम्बित गरेको सामाचार प्राप्त भएको छ ।     निलम्बित हुनेमा नरकटियागंज रेल सुरक्षा अधिकारी विनोद सिंह रहेका छन् ।     रक्सौल रेल्वे स्टेशनमा कार्यरत सुरक्षाकर्मीहरूलाई निर्देशन दिन पुगेका रेल्वे विभागका एसपी शिवशड्ढरकुमार झाले सो कुराको पुष्टि गरेका हुन् ।     भारतमा हालै भएको महिलामाथिको सामूहिक बलात्कारको घटना नदोहोरियोस् भनी भारत सरकारले देशभरि उच्च सतर्कता अपनाउँदै सार्वजनिकस्थल, बस स्टेशन तथा रेल्वे स्टेशन जस्ता बढी सर्वसाधारणहरूको ओहोरदोहोर हुने ठाउँहरूलाई अति संवेदनशील मानी निगरानी बढाउँदै सबै सुरक्षा निकायहरूलाई चनाखो भई काम गर्नुका साथै कडा सावधानी अपनाउन  निर्देशन जारी गरेको छ ।     केही महिनाअगाडि नेपाली चेली सरिता शाहलाई दलित महिला जनकल्याण संस्था रक्सौलले रेल्वे स्टेशनबाट उद्धार गरी विभिन्न बहानामा नरकटियागंज लगी रेल्वे अधिकारी विनोद सिंहको निवासमा पुर्‍याएको घटना सार्वजनिक भएको थियो । सो घटनालाई भारतीय महिला आयोगले छानबिन गरिरह

युवतीको हत्यारा पत्ता लागेन, चौतर्फी विरोध, आन्दोलनको तयारी

कलैया, १५ पुस/     बारा प्रस्टोका–५ की १८ वर्षीया बिन्दुकुमारी ठाकुरको हत्यारा यथाशीघ्र पता लगाइ सत्यतथ्य बाहिर ल्याउन र दोषी उपर कडा कानुनी कारबाई गर्न  माग गर्दै विभिन्न राजनीतिक पार्टी एवं तिनका महिला तथा भातृ सङ्घस·ठन र गैरसरकारी संस्थाहरूले जोडदार माग गरेका छन् ।     नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वमन्त्री सरिता गिरीले हत्याराहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी कठघरामा ल्याउन दबाबस्वरूप आज कलैयामा र्‍याली निकाली जिल्ला प्रहरी कार्यालय बाराअगाडि आधा घण्टा धर्नासमेत दिएकी थिइन् ।     पूर्वमन्त्री गिरीले मृतकको पोस्टमार्टम रिपोर्ट अपूरो रहेको र हत्यामा संलग्न व्यक्तिहरूलाई पक्रनुको साटो परिवारजनलाई दु:ख दिने काम मात्र प्रहरीले गरेको प्रेस विज्ञप्तिमार्फत् आरोप लगाएकी छिन् । केही व्यक्तिहरूले घटनालाई दबाउन प्रहरीलाई दबाब दिइरहेकाले प्रहरी आफ्नो दायित्वबाट विमुख भएको र अनुसन्धानको दायरालाई सीमित पारेको उनले आरोप लगाइन् ।     त्यसैगरी  पूर्वभूमिसुधार राज्यमन्त्री एवं अखिल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय सचिवालय सदस्य ज्वाला साह, अनेमसङ्घकी केन्द्रीय सदस्य प्

रेडबुल जिल्लास्तरीय लिग फूटबल प्रतियोगिता हुने

प्रस, वीरगंज, १५ पुस/     आउँदो बुधवारदेखि अखिल नेपाल फूटबल सङ्घ पर्साले जिल्लास्तरीय लिग फूटबल आयोजना गर्ने बताएको छ ।     वीरगंजस्थित आदर्शनगर र·शालामा आयोजना हुने प्रतियोगितामा पर्साका १३ वटा क्लबलाई समूह ए, बी, सी र डीमा विभाजित गरेर प्रतियोगिता हुने अखिल नेपाल फूटबल सङ्घ पर्साका सदस्य विशेश्वर पटेलले बताए ।     अखिल नेपाल फूटबल सङ्घ पर्सा जिल्ला कार्यसमितिका कावा अध्यक्ष हरिबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमका संयोजक मानदेव हजरालाई त्यसको जिम्मेवारी दिएको छ ।

नमोबुद्ध युवा क्लव चपुर विजयी

Image
प्रस, निजगढ, १५ पुस/     बाराको निजगढमा सञ्चालित वृहत् खेलकुद महोत्सवको तेस्रो दिन आइतवार फूटबल र टेबल टेनिस खेल भएको छ । फूटबल प्रतियोगितामा शहीद स्मृति युवा क्लब रतनपुरीलाई पेनाल्टीमार्फत् ४ का विरुद्ध ५ गोल गरी नमोबुद्ध युवा क्लब चन्द्रनिगाहपुर विजयी भएको छ । मध्यान्तरअघि विपक्षी टिमको संवेदनशील क्षेत्रमा ह्यान्ड भएपछि सो अवसरलाई सदुपयोग गर्दै नमोबुद्ध युवा क्लबका जर्सी नं. १० का राजु लामाले पेनाल्टीमार्फत् बललाई जाली चुमाएका थिए ।     प्रतिस्पर्धात्मक खेलमा शहीद स्मृति युवा क्लबका तर्फका जर्सी नं. १५ का अशोक धामीले मध्यान्तरपछि ५७ औं मिनेटमा आकर्षक गोल गरेपछि पूरै खेल अवधिभर दुवै टिमले १/१ गोल गरी खेल बराबरी भएको थियो । थप १० मिनेटको समयमा पनि दुवै टिमका खेलाडीले कुनै गोल गर्न नसकेपछि पेनाल्टी भएको थियो । पेनाल्टीमा नमोबुद्ध युवा क्लब चन्द्रनिगाहपुर विजयी भयो । आजको प्रतियोगिताको म्यान अफ दि म्याच नमोबुद्ध युवा क्लब चपुरका जर्सी नं. ८ का बिम्बो मगर घोषित भएका थिए । सोमवार गढीमाई युवा क्लब, रौतहट र जीतपुर युवा क्लब, बाराबीच कडा प्रतिस्पर्धा हुने आयोजक नेपाल खेलकुद क्लब, निजगढले जन

युवती हत्या प्रकरणमा प्रशासन उदासीन

- जीतलाल श्रेष्ठ    जाडो बढी रहँदा जिउँदो मान्छे पोलेर आगो ताप्ने अभियुक्तहरू को को हुन् ? प्रहरीले अझै सुइँकोसमेत पाउन सकेको छैन ।     ५ दिनअघि बस्तीबीच जलेर मृत्यु भएकी १८ वर्षीया युवती बिन्दुकुमारी ठाकुरको घटनाबारे तथ्य बाहिर आउन ढिलाइ भइरहँदा सो घटनापछि प्रष्टोका गाउँ अहिलेसम्म त्रस्त अवस्थामा छ । बेलुकी अबेरसम्म चहलपहल हुने सो बस्ती अहिले साँझ पर्नासाथ आँगन र घरमैं सीमित हुन थालेका छन् स्थानीयहरू । सम्भँmदा पनि उकुसमुकुस लाग्ने कहालीलाग्दो घटनाले गाउँ छोडेर कामविशेषले दिनभर अन्यत्र जाने सो बस्तीका स्थानीयहरू अहिले साँझ नपर्दै घरमा पसिसकेका हुन्छन् ।     यस्तो घटना बस्तीमा कहिले नभएको एक्कासि बिन्दुको घटनाले गाउँलाई शोकमा डुबाएको त छ नै, त्रस्तसमेत बनाएको छ । ५ दिन नाघेपनि प्रहरीले घटनाको सत्यतथ्य बाहिर ल्याउन सकिरहेको छैन, गाउँका सचेत स्थानीयहरू भन्छन् । घटना छानबिनमा खटेका जिल्ला प्रहरी कार्यालय बाराका अनुसन्धान अधिकृत रामनाथ घिमिरेका अनुसार घरपरिवार, छरछिमेकले समेत प्रहरीलाई घटनाबारे केही भन्न चाहिरहेका छैनन् । स्थानीयले थाहा पाएर हो या नपाएर हो, घिमिरे भन्छन् ।     मृतक युवतीक

परीक्षामा बढी अङ्क ल्याउन यसरी अध्ययन गरौं–६

Image
- अनन्तकुमार लाल दास    के तपाईंले कहिल्यै खाने प्लेटमा राखिएको खानाको विश्लेषण गर्नुभएको छ ? तपाईंको खाने प्लेटमा खानासँगै चटनी र अचार किन पस्किएको होला ? कसैलाई खाने प्लेटमा हरियो खुर्सानी र नून किन चाहिन्छ ? खाने प्लेटमा सलादको के आवश्यकता छ ? कसैकसैलाई त खानामा पापड चाहिन्छ नै, आखिर किन ? यी सबैथोकका बावजुद कसैसँग ‘आज के खायौ’ सोधियो भने जवाफ हुन्छ–‘दालभात वा रोटी–तरकारी ।’ तपाईंले यो त खानु नै भयो तर सँगसँगै ससाना अन्य खाद्य पदार्थ जस्तै चटनी, पापड, अचार वा सलाद पनि खानुभयो ।     मेरो प्रश्न यहाँ के छ भने यी कुराहरू खाएको किन बताउनुभएन ? तपाईं सम्झेबुझेर निश्चित रूपले यसो भन्नुहुन्न । मेरो दृष्टिमा यसो भन्नु पछाडिको कारण तपाईंले ससाना कुराहरूलाई महत्त्वपूर्ण बुझ्नु हुन्न तर रोचक कुरो के हो भने यी ससाना खाद्य पदार्थहरू तपाईंको खाने प्लेटमा नभइदिने हो भने दालभात वा रोटी–तरकारी त्यति मात्रामा खानुहुन्न जति मात्रामा खानुहुन्छ वा त्यति रुचिपूर्वक खानुहुन्न ।     अब प्रश्न उठ्छ, हाम्रो खानामा चटनी, पापड, अचार वा सलादजस्ता खाद्यपदार्थको के उपयोगिता छ ? वास्तवमा यी खाद्य पदार्थहरूले हा

कारागारको निरीहता

    वीरगंज कारागारमा बालबालिकाहरूको सङ्ख्या वृद्धि हुने क्रम जारी छ । अघिल्लो आर्थिक वर्षको उत्तराद्र्धसम्म ९ जना बालबालिका रहेको कारागारमा यस आर्थिक वर्षको सुरुआतमा नै १८ जना पुगिसकेको छ । कारागार महिला शाखातर्फ बालबालिका बढ्दो छ । महिला कैदी तथा बन्दीहरूका नजिकको नाता पर्ने बालबालिकाहरू कारागारमा थपिने गरेको वीरगंज कारागार प्रमुखको भनाइ छ । थुनुवामा परेका महिलाहरूलाई आफन्तजनले भेट्न आउने र उनीहरूले साथमा ल्याएका बालबालिकासमेत कारागार परिसरमा नै छाडेर जाने हुँदा उनीहरूको भरणपोषणसमेत कारागारले गर्नुपरेकोले समस्या सृजना भएको कारागार प्रशासनले जनाएको छ ।  थुनुवा महिलाका नातिनातिनीसमेतलाई कारागारले हेरविचार गर्नुपरेको समाचार सार्वजनिक भएको छ । विगतको तुलनामा कारागार निक्कै सुविधासम्पन्न भएको र सुधारिएको कारण बालबालिकाहरूको थपिंदै गइरहेको कारागारका अधिकारीहरूको दाबी छ ।     कारागार आपैंmमा संवेदनशील स्थल हो । जहाँ २४ सै घण्टा सुरक्षा प्रबन्ध मिलाइएको हुन्छ । थुनुवालाई भेट्न आउनेहरूको हुलिया एवं उनीहरूले साथमा ल्याएका सामग्रीहरूसमेत कडाइका साथ चेकजाँच गरिन्छ । सँगै आएका बालबालिकाले यसै पनि

निजी तथा आवासीय विद्यालयको मध्यमाञ्चल भेला

Image
प्रस, वीरगंज, १४ पुस/     राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)को मध्यमाञ्चलस्तरीय क्षेत्रीय भेला आज वीरगंजमा सम्पन्न भएको छ ।     एन–प्याब्सन सधैं राज्य र अभिभावकप्रति उत्तरदायी हुँदै नेपालमा निजी लगानीको सुरक्षा एवं  बालबालिकाहरूका लागि नैतिक तथा स्तरीय जीविकोपार्जनमुखी गुणस्तरीय शिक्षाको स्तर बढाउने उद्देश्यले लागिपरेको प्रमुख अतिथि एन–प्याब्सनका वरिष्ठ उपाध्यक्ष प·ज सिंह राठौरले बताए ।     एन–प्याब्सनका जिल्ला अध्यक्ष नन्द यादवको सभापतित्वमा भएको क्षेत्रीय भेलामा एन–प्याब्सनका मध्यमाञ्चल संयोजक सुपबहादुर अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, निमित्त जिल्ला शिक्षा अधिकारी रामविनय सिंह, एन–प्याब्सनका कोषाध्यक्ष कुमार खड्का, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक टेमानी, नेपाली काङ्ग्रेसका जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरी, मजफो नेपालका उमेशलाल सहनी, मनोज रौनियारलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

रौतहटका अधिकांश पसल मूल्यसूचीबिना नै सञ्चालन

प्रस, रौतहट, १४ पुस/     रौतहट जिल्लाको सदरमुकाम गौरसहित जिल्लाका पसलहरू मूल्यसूचीबिना नै सञ्चालनमा रहेका छन् ।     किराना तथा मदिरापसलहरूमा स्पष्ट देखिने गरी मूल्यसूची राख्नुपर्ने अनिवार्य नियम भएपनि रौतहटका अधिकांश किराना तथा मदिरापसल सञ्चालकहरूले मूल्यसूची नै नराखी पसल सञ्चालन गरिरहेका छन् ।     सम्पूर्ण सामानहरूको मूल्य स्पष्ट देखिने गरी अनिवार्य मूल्यसूची राख्न रौतहट उद्योग वाणिज्य सङ्घले पटक– पटक आग्रह गरेपनि पसल सञ्चालकहरूले मूल्यसूची नराखेको उद्योग वाणिज्य सङ्घ रौतहटले जनाएको छ ।     मूल्यसूचीबिना नै पसल सञ्चालन हुँदा यहाँका सोझासाझा उपभोक्ताहरू ठगिएका छन् ।     बजार अनुगमन गर्ने निकाय सक्रिय नहुँदा स्थानीय व्यापारीहरूले मनपरी ढ·ले पसल सञ्चालन गरिरहेका छन् ।   सदरमुकाम गौरसहित जिल्लाका धेरैजसो पसल सञ्चालकहरूले सामान खरिद गर्ने ग्राहकहरूलाई बिलसमेत दिने गरेका छैनन् ।

जुत्ता सिउने पेशा लोपोन्मुख

Image
राधेश्याम पटेल, परवानीपुर, १४ पुस/     परवानीपुर बजारमा वर्षौंदेखि दलितहरूले जुत्ता, चप्पल सिएर जीविकोपार्जन गर्दै आएका छन् । तर अब यो पेशा लोप हुने सँघारमा पुगेको छ ।     “हामीले गर्‍यौं, अब हाम्रा सन्तान यो पेशा गर्न मान्दैनन्”– जुत्ता–चप्पल सिउँदै ४० वर्ष बिताएका रामपुर टोकनी–९ निवासी ग·ा राम चमारले बताए ।     उनी भन्छन्–“मैले जीवन बिताएको पेशालाई नयाँ पुस्ताले फोहरी काम ठानेर यो पेशा अँगाल्न चाहँदैनन् ।     दुई छोरामध्ये एकजना विदेश गयो र अर्को दर्जी भएर कपडा सिउने गर्छ– रामले बताए ।     त्यस्तै, यो पेशाबाटै दिनहुँ ५ सयदेखि १ हजार रुपियाँसम्म आमदनी गर्ने लिपनीमाल–६ निवासी कपिलदेव रामले पेशा लोप हुँदै गइरहेकोमा चिन्ता व्यक्त गरे ।     मैले दैनिक २० रुपियाँ कमाएर घर जग्गा त जोडें तर हामी जबसम्म छौं, तबसम्म यो पेशा चलिरहेको छ–कपिल राम दु:खेसो पोख्छन् ।     यो पेशा बन्द भएपछि सर्वसाधारणलाई मर्का पर्ने र एकचोटी टुटे–फाटेको जुत्ता, चप्पल नयाँ किन्नुपर्ने बाध्यता सिर्जना हुने चप्पल सिलाउन गएकी लिपनी बिर्ता–८ की सन्तोषी देवीले बताइन् ।

ध्रुवे बूढी लिएर फरार

रमेश पाण्डे, चितवन, १४ पुस/     राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट डा. महेश्वर ढकाल चितवन राष्ट्रिय निकुञ्जमा संरक्षण अधिकृत भएर आएपछि ध्रुवे हात्तीले एक सातादेखि बूढी हात्ती लिएर फरार भएको छ ।     ध्रुवे  नियन्त्रण गर्न असफल भएपछि पुराना संरक्षण अधिकृत झमकबहादुर कार्कीको सरुवा भएको थियो । त्यस्तै ध्रुवेले  मेघौली विमानस्थलनजिकै रहेको कोशी टप्पु हात्तीसारमा बाँधेर राखिएको एक बूढी हात्तीलाई पनि सँगै लिएर भागेको मेघौली उपभोक्ता समितिका अध्यक्ष महाराम चौधरीले जानकारी दिए ।     हात्तीसारमा रहको तीनवटा हात्तीको सहयोगमा ध्रुवेको खौजी कार्य शुरू गरिएको उनले बताए । निकुञ्ज प्रशासनले पनि रेडियो कलरको सिग्नलको आधारमा ध्रुवे निकुञ्जको टाइगर टप्स क्षेत्रमा रहेको बताएकोले मेघौलीमा क्षति पुर्‍याउने हात्ती ध्रुवे नै भएको अडकल गरिएको छ ।     गत म·लवार चितवन आएर निकुञ्जको कार्यभार सम्हालेका प्रमुख संरक्षण डा. महेश्वर ढकालले धु्रवे र ऊसँगै हिंडेकी बूढी हात्तीको खोजी कार्य तीव्र पारिएको बताए ।     निकुञ्जका कर्मचारी, मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाली सेनासँग परामर्श

हनुमानगन्ज युवा क्लब कोहल्वी विजयी

Image
प्रस, निजगढ, १४ पुस/     बाराको निजगढमा सञ्चालन भइरहेको वृहत् खेलकुद महोत्सवको दोस्रो दिन शनिवार फूटबल र टेबल टेनिस खेल भएको छ । फूटबल प्रतियोगितामा आयोजक टिमलाई ० का विरुद्ध ३ गोल गरी हनुमानगन्ज युवा क्लब, कोहल्वी विजयी भएको छ । दुवै टिमबीच  मध्यान्तरअघि कडा प्रतिस्पर्धा रहेपनि मध्यान्तरपछि आफ्नो पक्षमा एकतर्फी खेल पार्दै हनुमानगन्ज युवा क्लबले ३ गोल गरेको थियो । मध्यान्तरपछिको २५ औं मिनेटमा हनुमानगन्ज क्लबका जर्सी नं. १२ का आयुश चौधरीले पहिलो गोल गरी खाता खोलेका थिए । त्यसैगरी विपक्षी टिमका खेलाडीको ह्यान्ड भएपछि पेनाल्टीमार्फत् सोही क्लबका जर्सी नं. ७ का राकेश चौधरीले दोस्रो गोल गरेका थिए । जर्सी नं. १३ का सागर लामाले तेस्रो गोल गर्दै हनुमानगन्ज युवा क्लब विजयी हुन पुगेको थियो । सो क्लबका गोलरक्षक राजु लामाले विपक्षी टिमका खेलाडीले पटक–पटक प्रहार गरेको बललाई आकर्षक ढ·ले जोगाएपछि उनी आजको प्रतियोगिताको म्यान अफ दि म्याच घोषित भएका थिए । आइतवार नवबुद्ध युवा क्लब, चन्द्रनिगाहपुर र शहीद स्मृति युवा क्लब, रतनपुरीबीच कडा प्रतिस्पर्धा हुने आयोजक नेपाल खेलकुद क्लब निजगढले जनाएको छ । खेलको

माउन्ट एडमन्डद्वारा अन्तर सदन प्रतियोगिता

Image
प्रस, वीरगंज, १४ पुस/     माउन्ट एडमन्ड माध्यमिक विद्यालयले २९ औं विद्यालय दिवसको उपलक्ष्यमा “जीत वा हार रहौं सधैं तयार” नाराका साथ अन्तर सदन अन्तर्गत विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरूको आयोजना गरेको छ।     प्रत्येक वर्ष पुस महिनामा आयोजना हुने यो प्रतियोगिता एक सातासम्म चल्ने विद्यालयका संस्थापक अर्जुन शम्शेर जबराले बताए । प्रतियोगिताको प्रथम चरणमा प्रत्येक सदनले तोकिएको खेलमा आफ्नो सदनका सम्पूर्ण विद्यार्थीहरूलाई समावेश गरी छनोट प्रतियोगिता सञ्चालन गरेर निर्णायक खेलका लागि उत्कृष्ट खिलाडीहरूको छनोट गर्ने गरेको कार्यक्रम संयोजक सहनिर्देशक अरुण शम्शेर जबराले बताए ।     जाडोयाम कुनै पनि खेलका लागि र स्वास्थ्यको दृष्टिले पनि सहयोगी हुने भएकोले खेल सँगसँगै पढाइले विद्यार्थीहरूमा पढाइप्रति रुचि बढाउने, नयाँ जोश र जाँगर थपिने, जीवनका लागि चाहिने व्यावहारिक ज्ञान प्राप्त हुने, समूहमा कार्य गर्ने बानीको विकास, जीतका लागि कसरी लक्ष्य निर्धारण गर्ने, समूहगत अनुशासनको पाठ सिक्ने, एक अर्कालाई सहयोग गर्ने जस्ता गुणहरूको अप्रत्यक्ष विकास हुने भएकोले पनि विद्यालयहरूमा यस्ता प्रतियोगिताहरूको स

बाघको छालामाथि कुकुरको मासु

- उमाशङ्कर द्विवेदी    तराईको उर्वरभूमि धानखेतीको लागि आदर्श मानिन्छ । सदियौंदेखि यस भूमिमा धानखेती हुँदै आइरहेको छ । भोजपुरी भाषामा भनिने ‘दहाड सुखाड’ अर्थात् बाढी र खडेरी जुनसुकै अवस्थामा पनि किसानहरूले धानको खेती गरेर भाग्यअनुसारको बाली उब्जाउने गरेको परम्परा नै रहेको पाइन्छ । धानको खेती र उब्जनी प्रशस्त हुने भएकोले यस क्षेत्रका मानिसहरूको मुख्य आहार पनि चामलको भात नै रहेको छ । धानको पराल तथा चामलको ढुटो (ब्रान) भने पाल्तु चौपायाको आहारको लागि उपयुक्त हुन्छ । परालले ओछ्याएर सुत्ने चटाइ, बस्नको लागि बिठइ पनि बनाइन्छ तथा पराल फुसको घर छाउनको लागि पनि प्रयोग गरिन्छ । धानको भुस आगो बाल्नको लागि प्रयोग हुन्छ । जाडो महिनामा तराईमा बालिने घुरको प्रमुख सामग्रीमध्ये धानको भुस पनि एउटा अत्यावश्यक पदार्थ हो । समग्रमा भन्ने हो भने धानको प्रत्येक अवयव मान्छेको लागि उपयोगी हुन्छ ।     समयअनुसार धानको खेती तीन समयमा गरेको पाइन्छ । सारो (भदैया), अगहनी (मुख्य धानबाली) तथा दतुला । सारो धानको बीउ कृतिका, रोहिणी नक्षत्रमा नै ब्याडमा राखिन्छ तथा बीस– एकाइस दिनपछि मुख्य खेतमा सारिन्छ । सारो धान खेतमा रो

साधनोपयोगी पत्र

    प्रिय महोदय, सप्रेम हरिस्मरण । तपाईंका प्रश्नहरूको उत्तर निम्नलिखित छन्– भगवत्बुद्धिको सेवा     तपाईंसँग जे छ, त्यो सबै भगवान्को हो । घरद्वार, धनसम्पत्ति, कुटुम्ब–परिवार सबै भगवान्कै हो । तपाईं त उनीहरू सबैको यथायोग्य सेवा र सदुपयोग गर्नको लागि भगवान्द्वारा नियुक्ति गरिएको मुनिम हुनुहुन्छ । तपाईंले जुन वस्तुहरू आफ्नो सुखभोगको लागि पाएको ठान्नुभएको छ, यही नै तपाईंको भूल हो । तपाईं त्यस वस्तुहरूका मालिक कदापि हुनुहुन्न र ती वस्तुहरू तपाईंको भोगको लागि मात्र हो । तपाईं गृहस्थी हुनुहुन्छ, यो सही हो । तर, गृहस्थीको अर्थ घरको मालिक होइन । गृहस्थीको अर्थ घरको सेवक हो । घरमा जति मानिसहरू छन्, ती सबै तपाईंका सेव्य हुन् । तपाईंले यथायोग्य व्यवहार गरेर ती सबैको सेवा गर्नुपर्दछ । सेवा गर्नदेखि नभाग्नुस् र कोही आफ्नो नमान्नुस् । इमानदार मुनिमले मालिकको कारोबारको रेखदेख र स्याहारसम्भार पूरै सावधानीको साथ गर्दछ, परन्तु आफ्नो केही मान्दैन । उसले वफादारीपूर्वक सजग भएर काम नगरेमा ऊ नमकहराम कहलिन्छ र मालिकको धनमाथि मन लगाएमा बेइमान कहलाउँछ । यसैगरी तपाईंले घरलाई मालिकको पसल ठानेर उनीद्वारा दिइएको उनक

वीरगंज कारागारमा बच्चाको सङख्या बढ्दो, अभिभावकले नै छोडेर जान्छन्– प्रमुख मरासिनी

Image
प्रस, वीरगंज, १३ पुस/     पर्सा कारागार परिसरमा दुई दिनदेखि ७ वर्षीय बालक अलपत्र परेका छन् ।     कारागारको महिला शाखामा लागू औषध ओसारपसार अभियोगमा थुनुवा जीवन बिताइरहेकी भारत रक्सौल कौडिहार चोक निवासी सीतादेवी साहको नाति राजेशकुमार अलपत्र परेका हुन् । सीता देवीलाई भेट्ने बहानामा कारागार आएका उनका छोराले आफ्नो छोरा तथा सीताका नाति ७ वर्षीय बालकलाई कारागार परिसरमैं अलपत्र छोडी फरार भएको कारागारका सुरक्षा एकाइ इन्चार्ज प्रनानि राजकुमार महतोले बताए ।     आठ महिनादेखि थुनामा रहेकी सीता देवीका छोराछोरी बुहारीलगायत आफन्तजन बितेको बुधवार उनलाई भेट्न कारागार आएका थिए । भेटघाटपछि बालकलाई जेल हाताभित्र छोडी गएपछि बालक अलपत्र परेको करागार प्रमुख धीरज मारासिनीले प्रतीकलाई बताए । थुनुवासँग बालकको नाता टाढा परेको कारण थुनुवासँगै राख्न नमिल्ने हुँदा बालकलाई बाहिरै राखेर स्याहारसुसार गरिरहेको प्रमुख मरासिनीले बताए ।     विगतभन्दा अहिले जेलभित्र  नाबालकहरूको सङ्ख्या बढिरहेको भन्दै कारागार प्रमुखले  चिन्ता व्यक्त गरेका छन् । परिवारले कैदीसँग भेट्न आउने र बच्चालाई छोडी हिंड्ने चलन बढेकोले  समस्या परेको

महिला पत्रकारद्वारा विरोध जुलुस

Image
प्रस, वीरगंज, १३ पुस/     महिला हत्या, हिंसा र बलात्कारविरुद्ध पत्रकार महिला समूह पर्साले आज वीरगंजमा विरोध जुलुस प्रदर्शन गर्‍यो ।     “महिला हत्या, हिंसा, बलात्कार बन्द गर, दोषीलाई अविलम्ब कारबाई गर भन्ने मुख्य नाराका साथ घण्टाघर चोकबाट नाराबाजीका साथ शुरु भएको विरोध जुलुस आदर्शनगर हुँदै पुन: घण्टाघरमा कोणसभामा परिणत भएको थियो ।     भारतको दिल्लीमा एक छात्रामाथि भएको सामूहिक बलात्कार बर्दियाकी शिवा हाशमीको हत्याकाण्ड, काठमाडौं एयरपोर्टमा सरकारी कर्मचारीकै संलग्नतामा महिला यात्रुमाथि भएको लुटपाट तथा यौन दुव्र्यवहार र बारामा किशोरी बिन्दु ठाकुरको पाशविक हत्याको विरोधमा पत्रकार महिला समूहले विरोध प्रदर्शन गरेको हो।     विरोधसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष धु्रव साहले कडा कानुन निर्माण र इमानदारिताका साथ कार्यान्वयनमा जोड दिएका थिए । उपाध्यक्ष साहले महिला हिंसा र बलात्कारविरुद्ध नेपाल भारतलगायत मुलुकमा अझै पनि कडा कानुन नबनेको उल्लेख गर्दै बनेको प्रचलित ऐन कानुन कार्यान्वयनमा प्रहरी प्रशासनलगायत सरकारी निकाय उदासीन रहेको कारण अपराधीको मनोबल बढेको बताए ।    

उघौली पर्व (सकेला) चण्डी २०६९ धुमधामसँग मनाउँदै

Image
प्रस, वीरगंज, १३ पुस/     भाषा र संस्कृतिको जर्गेना गरौं, राष्ट्र निमार्णमा सहभागी होऊँ मूल नारासहित उधौली पर्व (सकेला) चण्डी पर्व राई र किराँतहरूले आज वीरगंजमा धुमधामसँग मनाएको छ ।     शिक्षा, स्वास्थ्य, संस्कृति, धर्म, जातपात रहनसहनआदिबाट पछि पर्दै गइरहेकोले छुट्टै पहिचानका लागि सरकारले आरक्षण स्वरूप सेवा सुविधा दिइरहे तापनि आआफ्नो मतभेदका कारण सेवा लिनेहरू वञ्चित भइरहेको  वीरगंज उपमहानगरपालिका कार्यकारी प्रमुख दिनेश घिमिरेले बताए ।     राज्यले दिएको सेवा सुविधा हाम्रो लागि हैन, राम्रो काम गरी देखाउन र जातीय विकास हुने कामका लागि हो, प्रमुख अतिथि घिमिरेले बताए । किराँत राई यायोक्खा जिल्ला तदर्थ समितिका पर्सा अध्यक्ष जगत राईको सभापतित्वमा शुरु भएको कार्यक्रममा किराँत राई यायोक्खा, वरिष्ठ सल्लाहकार अम्बाबहादुर राई, मकवानपुर अध्यक्ष देवकुमार राई, बारा उपाध्यक्ष लालशेर चामलिङ, थारु कल्याणकारी समिति पर्साका अध्यक्ष हेमनारायण चौधरी, नेपाल मगर सङ्घ पर्सामा अध्यक्ष कमल पिठाकोटे मगर, स्नेही नेपालका कार्यक्रम संयोजक कमल चौलागाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए ।     किराँत र राई समुदायले पर्

निजगढमा बृहत् खेलकुद महोत्सव शुरु

Image
प्रस, निजगढ, १३ पुस/     खेल र खेलाडीले नै राष्ट्रलाई विश्व सामु चिनाउने भएकोले खेलकुद विकासका लागि राज्यले बेलैमा सम्बोधन गर्नुपर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले बताएका छ् । खेल र खेलाडी कुनै पनि राजनितीक दलको पेवा होइन, राष्ट्रको शान, इज्जत र प्रतिष्ठा भएकोले खेललाई संस्थागत गराउन सक्दो पहल गरिरहेको उनले बताए । जबसम्म गाउँस्तरमा खेलकुदको विस्तार विकास हुँदैन, खेल र खेलाडीलाई केन्द्रस्तरको हौसला, प्रोत्साहन प्राप्त नहुने बताउँदै विद्यालयमा खेलकुदलाई अतिरिक्त क्रियाकलापमा सीमित नराखी अनिवार्य गर्न सदस्य सचिव युवराज लामाले जोड दिए ।     खेलको विस्तार, विकास, संवद्र्धन र खेलाडीलाई राष्ट्रले बेलैमा प्रोत्साहन, सम्मान दिन नसकेको नेपाल खेलकूद महासङ्घका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी भए मात्र पुरस्कार दिने प्रथा परिमार्जन गर्नुपर्ने जनाउँदै जिल्ला, अञ्चल, केन्द्रीय खेलाडीको प्रमाणीकरण गरी रोजगार, तलब, भत्ता उपलब्ध गराउनसके खेल क्षेत्रले थोरै समयमा सोचेभन्दा बढी फडको मार्नेमा आफू आशावादी रहेको अध्यक्ष पौडेल

हाइब्रीड प्रधानमन्त्री हराएको सूचना

Image
–कुमार रुपाखेती विगत केही समयदेखि नेपाल अधिराज्यका प्रधानमन्त्री हराइरहेकाले यो सूचना प्रकाशित गरिएको छ । प्रधानमन्त्री खोजेर ल्याउनेलाई राष्ट्रपति रामवरण यादवले उचित पुरस्कार टक्र्याउने सूचनासमेत प्राप्त भएको छ । सबै शीर्ष नेता र प्रमुख राजनैतिक दलहरूले खोजतलास गर्दासमेत फेला पार्न नसकेपछि, करिब १ महिनादेखि स्वयं राष्ट्रपति आपैंmले आह्वान गर्दै खोजतलास गर्दा समेत नभेटिएपछि प्रधानमन्त्री खोज्न भारत सवारीमा गएका छन् । भनिन्छ, भारतले प्रधानमन्त्री फेला पारिसकेको छ अरे । सुपुर्दगी सन्धि नभए पनि छिट्टै नेपाललाई बुझाउँदैछ रे । आफ्नो कामधाम त्यागेर भए पनि भारत नेपालको लागि चलायमान रहन्छ । यसअघि समेत हराएका चार भाग्यमानी प्रधानमन्त्रीहरू भारतले नेपाललाई सुपुर्द गरिसकेको रहेछ । प्रचण्ड, माधव, झलनाथ र बाबुराम नामक प्रधानमन्त्रीहरू भारतकै खोज र उपज हुन् रे । प्रधानमन्त्रीहरू राजनैतिक प्राणी हुन् । अर्थोक जायज सहयोग गर्न आनाकानी गरे पनि भारतले नाजायज राजनैतिक सहयोगस्वरूप प्रधानमन्त्रीहरू नियमित आपूर्ति गर्दै आएको छ ।     पञ्चायतकालमा हराएका र लुकेका प्रधानमन्त्रीहरू राजदरबारबाट फुत्त निस्कन्थ

बाँचेको कसका लागि ?

Image
- सञ्जय साह ‘मित्र’ स्कूले जीवनका मानिसलाई भविष्यमा के बन्ने भनेर सोध्ने हो भने एकसूत्रीय जवाफ पाइन्छ – डाक्टर । कतिपयले विस्तारै इन्जिनियर भन्न पनि सक्छन् । यो भन्ने रोग मात्रै हुन्न । समाजमा यस्ता पेशाप्रतिको आकर्षणले यस्तो भन्न सजिलो हुन पुगेको हो । यहाँसम्म कि उच्च माध्यमिक तहमा पनि मेरो जीवनको लक्ष्य भन्ने विषयमा निबन्ध लेख्नलाई भन्दा आधा विद्यार्थीले यही डाक्टर बनेर रोगीको सेवा  गर्ने लेख्छन् जबकि ती सबै विद्यार्थी शिक्षा वा कमर्सका हुन्छन् । विद्यार्थीहरू बजारमा पाइने निबन्धका किताबहरू किनेर पढ्छन् जसमा भविष्यको लक्ष्य डाक्टर–इन्जिनियर बन्ने लेखिएको हुन्छ र त्यही कुरालाई याद गरेको भरमा अहिलेको वास्तविकतालाई आत्मसात गरी सिर्जनात्मक प्रयोग गर्नुभन्दा पुरानै शैली व्यक्त गर्छन् । एक हिसाबले यस्ता विद्यार्थी आफ्ना लागि पढेका हुन्नन् । घरबाट अभिभावकले पढ्न पठाएकाले पढिदिएका हुन्, बुझाइसित सरोकार नराखेर । यस कारण पढेका कुरा लेख्छन् जसमा उनीहरूको चित्त बुझेको हुन्छ वा याद हुन्छ ।     गधा पचीसी उमेरका कुनै प्रमीलाई सोध्ने हो कि कसको लागि बाँचेको ? सजिलै प्राप्त गर्ने उत्तर हुन्छ – प्र

दशैंमा दिल्ली– २०१२

– गताङ्कको बाँकी  दिल्लीको रोहिणी सेन्टर स्वर्ण जयन्ती पार्कमा आर्य समाज भारतले आयोजना गरेको २०१२ को लागि सहभागी भएकाहरूका लागि आयोजकहरूले निकै मेहनतपूर्वक व्यवस्था गरेको देखियो । झन्डै हजार व्यक्ति सुत्न–बस्न सक्ने टेन्टहरू गाडिएका र घुम्दा कुनै शहरको विशाल गल्ली हो कि जस्तो भान हुन्थ्यो । तर पनि चिसोका दिन बन्द कोठामा बस्ने बानी परेका हामीहरूको लागि यस्ता समेनामा रात बिताउनु कठिन थियो । सहभागी मित्रहरूलाई लजहरूमा पनि व्यवस्था मिलाइएको छ भनी पर्चामा पढ्न पाइएको थियो । केही ठूलाबडा आर्यसमाजी पण्डितहरू लजमा बसेको पनि थाहा पाइयो । हुनत लजमा बस्नेहरूको पनि गुनासो थियो– लजबाट सम्मेलन स्थलसम्म आउन–जान कममा सय रुपियाँ भाडा तिर्नुपर्ने र दिनभर पट्टाइलाग्दा आराम गर्ने ठाउँको अभाव आदि । हामी समेनामा बस्नेहरूलाई सबेरै दिसा मैदान गर्न सार्‍है कठिनाइ हुन्थ्यो । महासम्मेलनमा भाग लिने व्यक्तिहरूले एक अर्काको ख्याल गर्नुपथ्र्यो, त्यस्तो पाइएन । आयोजकहरूले त्यत्रो भीडको लागि व्यवस्था राम्रै गरेका हुन् । तर भाग लिन आउनेहरू आर्य आचरणका देखिएनन् । आयोजकहरूले पाइखाना बाहिर थुपारिदिएको अघिल्लो दिनको हजारौ

नेपाल भारत सीमावर्ती साइनो

- चन्द्रकिशोर सीमा क्षेत्रका बासिन्दाहरू जहाँ बसेका छन् त्यहाँ इतिहासमा कैयौ राज्यहरूको निर्माण र पतन हुदै रह्यो । ती बस्तीहरू त्यही छन्, केवल कालखण्ड अनुसार राजनीतिक सिमानाहरू कोरिंदै गएका छन् । अहिले नेपाल र भारत दुई सार्वभौम देशका रूपमा छन् । निश्चय पनि, नेपाल–भारतबीचको धार्मिक, सामाजिक र सांस्कृतिक सम्बन्ध अविभाज्य छ । भन्न के खोजिएको हो भने राज्यहरूको निर्माण शुरु हुनुभन्दा पहिलेदेखि नै यहाँका सम्बन्धहरू अविभाज्य छन् । पछिल्ला दशकहरूमा यसलाई ‘रोटी–बेटीको सम्बन्ध’ भनेर चिनाइयो, तर अब यो सम्बन्ध पुनर्लेखनको खोजीमा छ । सीमावर्ती भारतीय राज्य बिहार, रक्सोैलका पत्रकार अशोककुमार भन्छन्– “हामी भारततिर नै वैवाहिक सम्बन्ध गर्न रुचाउँछौ” । सीमावारिपारि वैवाहिक सम्बन्ध अहिले पनि भइराखेका छन्, तर तुलनात्मकरूपमा पहिलेभन्दा त्यसमा कमी आउँदै गएको छ । भारततिरका उतैतिर र नेपालतिरका नेपालतिर नै बिहेबारी गर्न रुचाउँदै छन् । यसका पछाडि दुवैतिर विकसित सामाजिक–आर्थिक आधारहरूले उत्प्रेरित गरेको छ । पहिले भारतीय राज्य हरियाणा– पन्जाबमा कृषि मजदुरीका लागि जाने तराईका बासिन्दाहरू विस्तारै खाडी मुलुकतिर डो

सनकी प्रवृत्तिको प्रधानाध्यापक धुर्वे हात्तीजस्तै हो

Image
- बैद्यनाथ ठाकुर    गृहकार्य नगरेकोले परिचरद्वारा विद्यार्थीलाई रूखमा दुवै हात बाँध्न लगाई प्रधानाध्यापकले सुम्लो उठ्ने गरी कुटेको   समाचारले यो साता निकै चर्चा पायो । केही समयप पहिले पोखरामा प्रधानाध्यापकले गृहकार्य नगरेको कारण विद्यार्थीलाई चर्पीमा थुनेको समाचार पनि निकै चर्चामा आएको थियो । शिक्षकहरूको तलब लिएर फरार भएको कारण जेल चलान गरिएका पर्सा जिल्लाकै एक प्रधानाध्यापकको खबर अभैंm ताजै छ । पर्सा जिल्लाका दर्जनौं प्रधानाध्यापक भ्रष्टाचारको मुद्दामा जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला शिक्षा कार्यालय, आन्तरिक राजस्व कार्यालय तथा विभिन्न तहको अदालतमा मुद्दा खेपिरहेको अवस्था छ । विद्यालयमा चार लाख भ्रष्टाचार गरेको ठहर भई केही समयअगाडि सिरहा जिल्लामा एकजना प्रधानाध्यापकलाई जेल चलान गरिएको छ । शिक्षणजस्तो सम्मानित पेशामा प्रधानाध्यापकजस्तो मर्यादित व्यक्तिबाट आर्थिक र प्रशासनिक पदीय भ्रष्टाचार भए गरेको सुन्दा पनि लाज लाग्ने काम उनीहरूबाट किन गरिन्छ ? प्रधानाध्यापकहरूले किन विद्यार्थीहरूमाथि सनकी व्यवहार गर्छन् ?  बालमैत्री शि

बढ्दै गरेको महिला उत्पीडन

    नयाँ युगबोध तथा महिला अधिकारप्रति विश्वमैं आएको चेतनाबाट नेपाली पुरुषको अहम्ले टक्कर लिन खोजेको जस्तो छ । हिजोसम्म घुम्टोमा मुख लुकाएर बाहिर निस्कने, घरभन्दा बाहिर जान मनाही गरिएकी, घरभित्रको अमूल्य वस्तु ठानिएकी महिला आज पुरुषको काँधमा काँध मिलाएर, पुरुषसमान वर्चस्वको सङ्घर्षमा उत्रँदा पुरुष अहम्माथि चोट परेजस्तो देखिएको छ । त्यसैले त महिला हिंसाका एक से एक घटनाहरू भइरहेका छन् र प्रतिकारमा उत्रेको नारा भयावह हुँदाहुँदै पनि मानिसहरू महिला हिंसाबाट रत्ति विचलित छैनन् । महिलामाथि एकपछि अर्को पैशाचिक उत्पीडन जारी छ । भारत र नेपालको सामाजिक मनोविज्ञान एकनाशको भएकोले भारतमा जेजे भयो नेपालमा पनि त्यही हुनेस बलात्कार, जिउँदो जलाउने दुष्कृत्यहरू भइरहेका छन् । नेपालगन्जमा बिहे उमेर नपुगेकी चेलीले इच्छाविरुद्ध बिहे गर्न नमानेकोमा जिउँदै जलाइएको घटना सेलाउन नपाउँदै यही बुधवार बारामा पनि एउटी विद्यालयकी छात्रालाई जलाएर मार्ने अभिशप्त मानसिकताग्रस्त घटना भएको छ ।     भारतमा महिला बलात्कारबाट क्ष्ुाब्ध जनमानस, बलात्कारीलाई प्राणदण्डको सजाय दिनुपर्ने, नपुंसक बनाएर आजीवन कैद हाल्नुपर्नेजस्ता अतिवा