प्रस, वीरगंज, १४ मङ्सिर/
नेपाल सरकारले निजामती कर्मचारी एवं शिक्षकहरूलाई गत वर्षदेखि पोशाक उपलब्ध गराउँदै आए पनि पर्साका अधिकांश निजामती कर्मचारी एवं शिक्षकहरूले पोशाक नलगाएको पाइएको छ ।
पर्सा जिल्लाका ८० वटा सरकारी कार्यालयहरूमा करिब २ हजार कर्मचारी कार्यरत छन् । त्यस्तै सामुदायिक विद्यालयमा १२ सय स्थायी शिक्षक शिक्षिकाहरू कार्यरत छन् । तर जिल्लाका अधिकांश सरकारी कार्यालय र सामुदायिक विद्यालयहरूमा पोशाक नलगाएर कर्मचारी एवं शिक्षकहरू कार्य गरिरहेका जो कोहीले देखेको हुनुपर्छ । निजामती कर्मचारी र शिक्षकहरूले पोशाकबापत रकम बुझेर पोशाक नलगाएको पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोशाकबापत रकम बुझेर पोशाक नलगाएर काम गर्ने कर्मचारीहरूलाई हाजिर गर्न नदिनुका साथै जिम्मेवारीबाट वञ्चित गर्न गत भदौमा निर्देशन दिएको थियो ।
अख्तियारको निर्दैशनको परिपालना गर्न क्षेत्रीय प्रशासनले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिएको र जिप्रकाले पर्साका सबै कार्यालयहरूलाई सो निर्देशन परिपालनाका लागि पत्राचार गरेको भएपनि पोशाक नलगाएकै कारण कुनै कर्मचारी एवं शिक्षक कारबाईमा परेका छैनन् ।
पर्साका प्रजिअ कैलाशकुमार बजिमयले आफूले नियमित निर्धारित पोशाक लगाउने गरेको बताए । उनले पोशाक नलगाउनेको हकमा हाजिर रोक्का गरी जिम्मेवारीबाट वञ्चित राख्न अख्तियारले पत्राचार गरेपनि आफू भर्खरै आएको कारण सो विषयमा ध्यान दिन नसकेको बताए । उनले आफू गएको सरकारी कार्यालयहरूमा प्राय: कर्मचारीहरू पोशाकमैं भेटेको पनि दाबी गरे ।
प्रजिअ बजिमयले सबै कार्यालय प्रमुखहरूलाई पोशाकारे कडाइ गर्न पुन: ताकेता गर्ने र नियमित बैठकमा पनि निर्देशन दिने गरेको बताए ।
नेपाल निजामती कर्मचारी स·ठन पर्साका अध्यक्ष सच्चिदानन्द सिंहले जिल्लाका सबै निजामती कर्मचारीहरूले पोशाक लगाउने गरेको दाबी गरे । तर उनी कार्यरत जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीहरू नै सरकारी पोशाकमा भेटिएनन् ।
प्रतीक संवाददाता मङ्सिर १३ गते जिल्ला जनस्वास्थ्य कार्यालयमा समाचारका लागि जाँदा सो कार्यालयका केही महिला कर्मचारीहरू बिनापोशाक काम गरिरहेको पाएका थिए ।
यता नेपाल शिक्षक युनियन पर्साका अध्यक्ष रामचन्द्र पडितले यसवर्ष शिक्षकशिक्षिकाहरूलाई पोशाकबापतको रकम प्राप्त नभएको बताए ।
उनले पोशाकबापतको रकम नपाएको कारण अधिकांशले नलगाएका स्विकारे । शिक्षकशिक्षिकाहरूले गत वर्ष भने पोशाकबापत साढे सात हजार रुपियाँ बुझेका थिए ।