- चन्द्रकिशोर
वीरगंज एउटा पुरानो शहर । यहाँको आफ्नै तौरतरिका । आफ्नै तरिकाले इतिहास बन्दै गएको । आज हामी वीरगंजमा सवारी साधनको बदलावको सम्बन्धमा खोजतलास गर्ने प्रयास गर्छौं । यस आलेखको प्रस्तुतिपछि यस बहसलाई अगाडि बढाउन जानकार पक्षबाट सूचनाहरू प्राप्त हुनेछन् भन्ने विश्वास लिइएको छ । यस विषयमा त्यति गहिरिएर त्यति लेखिएको पनि भेटिएन । नेपाली सन्दर्भमा शहरहरूको इतिहास खोतल्ने, सँगाल्ने र सम्प्रेषण गर्ने चलन नै छैन त्यसैले यस्ता विषयमा खोजिएका–लेखिएका सामग्रीहरूको अभाव छ ।
वीरगंजले आफ्नो नाम वीरगंज पाएदेखि नै यो बस्ती गुलजार हुने क्रम बढ्दै गयो । तत्कालीन समयमा यातायातका कस्ता साधनहरू थिए ? आन्तरिक आवागमनका लागि बस्तीमा कस्तो–कस्तो साधन प्रयोग हुन्थ्यो ? तत्कालीन समयमा स्थानीय राणा र शाहहरू के कस्ता वाहन प्रयोग गर्थे ? त्यसको रूप कस्तो थियो ? साहु–महाजनहरू कस्ता साधन प्रयोग गर्थे ? सार्वजनिक यातायातको माध्यम के थियो ? शहरी र गाउँले साधनहरूमा के भिन्नता थियो । गाउँबाट अनाजहरू केमा ढुवानी भएर आउँथ्यो ?
रक्सौलसम्म भारतीय रेलको सम्पर्क भएपछि वीरगंज बाहिरी संसारसँग जोडिन सहज भएको मानिन्छ । त्योभन्दा पहिले लामो दूरीका लागि मोतिहारीसम्म पुग्नुपथ्र्यो । हात्ती, घोडाजस्ता पशु सवारी छँदै थियो । गाडाको रूप कस्तो थियो, सामान्य मान्छे चढ्ने र ठूलाबडा चढ्ने गाडाको रूपमा केही भिन्नता थियो कि ? राणा प्रधानमन्त्रीहरू यहाँ आउँदा के सवारी प्रयोग गर्थे, तत्कालीन महारानीहरूको वाहन के हुन्थ्यो ? २००७ सालको सेरोफेरोमा वीरगंजमा साइकलको थोरै प्रयोग हुन्थ्यो । त्यतिखेर वीरगंजमा निजी गाडी प्रयोग गर्ने कुन–कुन परिवार थियो र त्यो कुन मोडेलको थियो । वीरगंजको सडकमा गुडेको गाडीहरू आजभोलि कहीं थन्किएर राखिएको छ कि ? वीरगंजमा पुराना मोडेलका गाडी कसैको ग्यारेजमा थन्किएर बसेको छ कि ? बडा हाकिमहरू कुन गाडी प्रयोग गर्थे ? त्यसको ढाँचा कस्तो थियो ? यस्ता प्रश्नहरूको जवाफ वीरगंज शहरसँग सम्बन्धित पुराना पेन्टिङ वा फोटाहरूमा खोज्न सकिन्छ । पुराना फोटाहरू आफैंमा एउटा इतिहास हो । कसैको निजी फोटाहरू कुनै सवारी साधनसँगै खिचिएको छ वा बस्तीकै कुनै चोकको फोटो खिचिएको छ भने त्यसबाट पनि तत्कालीन समयको सवारी साधनको भेउ पाउन सकिन्छ । कसैले आफ्नै अनुभवको आधारमा जानकारी दिन सक्छ ।
काठमाडौं शहरलाई गाडी उपलब्ध गराउने बाटो वीरगंज थियो, आज पनि छ । इतिहास भन्छ– वीरगंज भएर लगिएका गाडी पहाडी बाटोमा मान्छेहरूले काँधमा बोकी काठमाडौं पुर्याएका थिए । काठमाडौं शहरमेैं गाडी गुडेको इतिहास सय वर्ष पुगेको छैन । वीरगंज तत्कालीन समयमा गाडी काठमाडौं पुर्याउने केवल साक्षी थलो भएर मात्र बस्यो होला । वीरगंजमा निजीरूपमा गाडी राख्ने पहिलो व्यक्ति को थिए ? ०७ सालतिर नै गाडी राख्नु भनेको बिग न्यूज हुन्थ्यो । शहरी बस्तीहरूमा मात्र होइन छेउछाउका जिल्लामा पनि यो खबर एक कान, दुई कान, मैदान हुन्थ्यो । कुनै जमानामा साइकल गुडाउनु नै ठूलो कुरो हुन्थ्यो । जुन हैसियत साइकल गुडाएर प्राप्त हुन्थ्यो, त्यो आज चार पाङ्ग्रे गुडाउँदा पनि पाइन्न ।
वीरगंजमा नेपाल गभर्नमेन्ट रेल्वे सञ्चालनमा आएपछि वीरगंजको यातायात इतिहासले फडको मार्यो । रेल्वेले वीरगंजको जनजीवनमा कसरी प्रवेश गर्यो, त्योसँग जोडिएर कस्तो दैनिकी शुरु भयो, यसबारे प्रसिद्ध साहित्यकार धनुषचन्द्र गोतामेले ‘घामको पाइला’ नामक उपन्यासमा धेरै कुरा लेख्नुभएको छ । त्यो पुस्तक पढ्दा तत्कालीन समयको वीरगंजको रेल्वेसँग जोडिएर कसरी वीरगंजको गाडी गुड्दै थियो, त्यो छर्ल· हुन्छ । वि.सं. १९९४ मा रक्सौलदेखि वीरगंज हुँदै अमलेखगन्जसम्म पुग्ने रेल्वे लाइन जडान गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशम्शेरकै पालामा नेपाल गभर्नमेन्ट नामाकरण गरिएको उक्त रेल्वे नेपालकै पहिलो हो । भनिन्छ, तराईमा जुन बेला औलोको महामारी चर्केको थियो ‘क्वीनाइन’ चक्कीहरू खाएर चारकोसे झाडी छेडने गरी रेल्वेसँग जोडिएका कथाहरू केही दशक पहिलेसम्म यस क्षेत्रका बुढापाकाहरू सुनाउने गर्थे । तत्कालीन भारतका अङ्ग्रेज शासकहरूको सहयोगमा बेलायतको मार्टिन कम्पनीले लोकोमोटिभ इन्जिनबाट चल्ने यो रेल्वे स्थापना गरेका थिए । सन् १९२७ मा निर्माण सम्पन्न भएपछि त्यसै वर्षको फरवरीमा तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरले नेपालकै पहिलो रेल ‘पशुपति’ मा चढेर यसको उदघाटन गरेका थिए । सञ्चालनको चालीस वर्षपछि नेपाल गभर्नमेन्ट रेल्वेले यात्रु सेवा बन्द गर्यो । त्यसको दुई वर्षपछि मालवाहक सेवा पनि बन्द गरेर रक्सौल वीरगंजको दूरीमा मात्रै यसको सेवा सीमित भयो । यो रेल्वे पूर्णत: बन्द भएको वर्षौं भइसकेको छ । रक्सौलदेखि अमलेखगन्जसम्म २९ माइल लामो उक्त रेल्वे सेवा रहेको थियो । नेपालविज्ञ टोनी हेगनले आफ्नो नेपाल डायरीमा सन् पचासको दशकको प्रारम्भमैं वीरगंज भएर पहिलोपटक काठमाडौं जानुपर्दा रेल्वेमा गरिएको शाही व्यवस्थापनको बडो रोचक चर्चा गरेका छन् ।
हाम्रा गाउँ–घरतिर नै पुराना सवारी साधनहरू कि त लोप भए, वा त्यसको रूप बदलियो । यो विषयमा कुनै अर्को बेला लेखौंला । तर वीरगंजकै टाँगाको कुरा गर्ने हो भने यहाँ पनि टाँगाको रूप फेरिएको दशकौं भयो । पहिला टाँगामा काठको पहिया हुन्थ्यो, छयालीसको परिर्वतनपछि त्यसलाई पनि हावा लाग्यो । आज भोलि टायरको पहिया हुन्छ । टाँगा सवारी पनि वीरगंजको पहिचान भइसकेको छ । एकजना पत्रकार र मानव अधिकारकर्मी छन् कुन्दन अर्याल । उनले देश विदेश भ्रमण गरे तर ट्रेन चढ्ने मौका पाएनन् । टाँगा पनि चढ्नु थियो । त्यसैले एक पटक चन्द्रनिगाहपुरमा पत्रकारिता सम्बन्धी तालिम सञ्चालन भएको मौका पारी उनलाई भारतको बैरगनिया हुँदै रक्सौलसम्म ल्याइयो ट्रेनमा अनि टाँगा पनि चढाइयो । यसरी सोखले टाँगा चढ्न खोज्ने कति होलान् कति । मैले चिनेका एक उद्योगी आफ्नो छोरालाई लिएर वीरगंज आउँदा उसका निमित्त दिनभरका लागि टाँगा भाडा गरिन्थ्यो र उद्योग परिसरमा घुमाइन्थ्यो ।
रिक्सा कुरा लिऊँ । कहिलेदेखि वीरगंजमा रिक्सा चल्न थाल्यो । पहिले पहिलेको रिक्साको बनोट कस्तो थियो ? यतिखेर टेम्पु, माइक्रो बस, सिटी बसहरू आन्तरिक सार्वजनिक सवारी साधन हुन् । काठमाडौंबाट विक्रम टेम्पु लखेटिएपछि केही यतातिर पनि आएका थिए । एक समय नगरपालिकाभित्र नगरबसको पनि बन्दोबस्त गरिएको थियो, त्यो अब इतिहास भयो । इतिहासै खोतल्ने हो भने पहिले वीरगंजबाट काठमाडौं जाने साधनमा ट्रकले प्रवेश पायो । वीरगंज काठमाडौं बस सेवाको पनि आफ्नै इतिहास छ । अहिले वीरगंजबाट काठमाडौं वातानुकूलित सेवा भएका र सुत्ने बेड भएका बसहरू सञ्चालनमा छन् । दिनको सेवामा बसहरू कम भए, टाटा सुमोहरू बढी भए ।
दशककै अन्तराललाई केलाउने हो भने वीरगंजको सवारी जीवन फेरिंदै गएको छ । यतिखेर सरकारी कार्यालयहरूमा पनि महँगा गाडी छन् । निजी गाडीहरू एक से एक महँगा ब्रान्डका प्रयोग गर्नेहरू पनि छन् । मोटरसाइकलकै महँगा मोडलहरू बजारमा प्रशस्त गुडेका छन् । हेर्दा सामान्य लाग्ने यी कुराहरूभित्र शहर विकासको कथा जोडिएको हुन्छ । गाडीको जीवनसँग शहरको आर्थिक र सामाजिक बदलाव जोडिएको हुन्छ । कुनै यस्तो पनि जमाना थियो कि आर्थिक हैसियत भएर पनि खास–खास वर्गका मान्छेले कुनै सवारी विशेष चढ्न पाउँदैनथे । जमाना बदलियो, सोच बदलियो । जोसँग हैसियत छ, ऊ चढ्न सक्छ । अहिले पनि तीसको दशकभन्दा पहिलेका वीरगंजेली गाडी जीवनबारे बताउनेहरू प्रशस्त छन् । वीरगंजमा त चालीसको दशकपछि गाडी जीवनमा तीव्र बदलाव आउँदै गएको छ । वीरगंजका सवारीहरू वीरगंजका ढुकढुकी हुन् । शहरको स्तर र गतिलाई यसले निर्धारित गरिरहेको छ । वीरगंजको सवारी, मज्जाको प्यारी ।
केही कुरा थियो जसलाई जोगाउनुपर्ने थियो, जसरी वीरगंजको रेल्वे । राजधानी काठमाडौंलाई आर्थिक राजधानीसँग जोडन विद्युत्बाट चल्ने रेल्वेको सपना एकातिर छ । तर इतिहासको नासो, त्यो पुरानो मोडेलको रेल्वेसँग जोडिएका सामग्रीहरूको सङ्ग्रहालय बनाउन सके, वीरगंजको रेल्वे सवारी इतिहास जहिले पनि आउने पुस्ताले पढिरहन पाउँथ्यो । हामीसँग अहिले पनि यस विषयमा गर्न सक्ने अवसर बाँकी छ । चाह्यो भने गर्न सकिन्छ ।