प्रस, वीरगंज, १३ मङ्सिर/
कुशल समाजको निर्माण गर्ने दायित्व विद्यार्थी तथा बालबालिकाहरूको भएकोले दिगो सोच लिएर अगाडि बढ्नुपर्ने कार्यक्रममा प्रमुख अतिथि तथा पर्साका जिल्ला अधिकारी कैलाशकुमार बजिमयले बताएका छन् ।
सुरक्षा र कानुनी सुशासनको सबलीकरणका लागि विद्यार्थी जागरण विषयक अन्तक्र्रिया कार्यक्रममा प्रजिअ बजिमयले सो कुरा बताएका हुन् ।
स्वस्फूर्त भई समाज निर्माणका लागि अगाडि बढ्न समाजका सबै पक्षलाई उनले सो अवसरमा अनुरोध गरेका थिए ।
नागरिक सुरक्षा, कानुनी शासन स्थापना गर्नु, सुरक्षाकर्मी कर्मचारीहरूको काम मात्र नभई समाजमा रहेका सबैको दायित्व हो । एक आपसमा हातेमालो गरी अगाडि बढेमा समृद्ध समाजको विकास हुने यु.एस.ए.आइ.पी.का प्रतिनिधि शोभाकर पराजुलीले बताए ।
संसारमा परिवर्तन नै स्थायी हो । हामी आफूबाट परिवर्तन गरे मात्र सुशासन र समाजको विकास हुने पर्साका प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले बताए । स्वागत मन्तव्यको क्रममा प्रउ अधिकारीले समाजको विकृतिको रूपमा रहेको लागू औषधर कुलत, साइबर क्राइम, रोड ट्राफिक, घरेलु हिंसा, यौनजन्य हिंसा, बाल अपराधलगायत विकृति रोक्न र भोलिको समाज निर्माण गर्ने बालबालिकाहरूको चेतना अभिवृद्धिमूलक कार्यक्रमलाई जोड दिनुपर्ने प्रउ अधिकारीले बताए ।
गलत बाटोमा लागेका समाजका केही व्यक्तिविरुद्ध तत्काल तिनका अभिभावक वा प्रहरीलाई खबर गर्नुपर्ने पर्साका स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरले बताए । विद्यार्थीहरूलाई
किताबी ज्ञानका अलावा जीवन उपयोगी सीपको खाँचो रहेकोमा जिल्ला शिक्षा अधिकारी प्रमोदकुमार साहले जोड दिएका थिए ।
वरिष्ठ प्रहरी उपरीक्षक पड्ढज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष केसी लामिछाने, ब्रह्माकुमार गुणराज, डा. दीपक शाक्य, नन्दन यादव, रामचन्द्र पडित, इमामुद्दिन अन्सारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्सा, रेस नेपाल वीरगंज, युनाइटेड स्टेट इन्स्टिच्युट अफ पिस परियोजनाको संयुक्त लगानीमा कार्यक्रम भएको हो । चेतनामूलक पुस्तक पम्पलेटसमेत वितरण गरिएको उक्त कार्यक्रमको सहजीकरण रेस नेपालका गोविन्द देवकोटाले गरेका थिए ।