–कुमार रुपाखेती
‘नखेल्नु है जुवा र तास, धनको नाश समयको बर्बाद’ भन्ने नारा जति घन्काए पनि तिहारताका जुवा र तासमा मान्छेहरू आकर्षित हुन्छन् । जुवाडेहरूलाई तह लगाउन प्रशासन निकै सक्रिय हुन्छ, यो बखत । हुनत नेपालमा सधैं जुवा खेल्ने पनि छन्, यस्तालाई ‘बार्हमासे’ भनिन्छ ।
नेपालमा जुवा खेल्नेहरूमा स्कूले विद्यार्थीदेखि सत्तरी बर्से वृद्धसमेत भेटिन्छन् । आजकल त जुवाको खालमा महिलाहरूको समेत सहभागिता देखिन्छ । तिहारतामा सोखका लागि जुवातास खेल्नेहरू निकै भेटिन्छन् । भनिन्छ, लक्ष्मीपूजाका दिन दुईचार रुपियाँको जुवा खेल्नु लक्ष्मीलाई प्रसन्न पार्नु हो रे । तर तिहारमा एकै रातमा जिन्दगीभरको कमाइ गुमाउनेहरू पनि थुप्रै भेटिन्छन् ।
बार्हमासेहरूलाई त सधैं तिहार लागिरहन्छ । निश्चित समयमा निश्चित स्थानमा निश्चित मान्छेहरू जम्मा भएर जुवा खेलिरहेको प्रायस: सुनिन्छ । ‘हिङ लगे न फिटकिरी, माल चोखा’ भन्दै केही चल्तापूर्जा मान्छेहरू बोट काटेर जुवामात्र खेलाउँदैनन्, अपितु जुवाडेहरूलाई सुरक्षासमेत दिन्छन् र टाट पल्टेकाहरूलाई हैसियत अनुसार चर्को ब्याजमा खालमैं ऋण सापटीसमेत दिन्छन् । हुन त नेपालको राजधानी काठमाडौंमा हुनेखाने बार्हमासेहरूको सोख पूरा गर्न थुप्रै क्यासिनोहरू सञ्चालित छन् । त्यसो त सुरक्षा दिंदै, बोट काटेर जुवा खेलाउने राजधानीका ठूलाबडाका थुप्रै महल बदनाम छन् । वीरगंजमा समेत आफ्नो हैसियत अनुसार जुवाका थुप्रै पारखी र सोखिनहरू छन् । जुवा यस्तो खेल हो, जहाँ मान्छे आफ्नो हैसियतसित मिल्दोजुल्दो खेलाडी जम्मा हुने खालमा खेल्न रमाउँछ । वीरगंजको मुर्ली धेरै अघिदेखि बार्हमासे कौडाको लागि बदनाम छ । भनिन्छ मुर्लीमा कुनै बेला भारतका नामुद कौडाबाज भेला हुन्थे ।
कौडाको स्थान आजभोलि तासले ओगटेको छ । तासमा ‘मैरीज’ खासै लोकप्रिय छ । कतै–कतै ‘गोलखाडी’ समेत प्रसिद्ध छ । वीरगंजमा क्यासिनो पनि खुलेको छ । अहिले वीरगंजको दुई स्थानमा क्यासिनो सञ्चालनमा छ । क्यासिनोमा नेपालीको प्रवेश निषेध भए पनि लुकिछिपी तलतल मेटाउन मान्छेहरू क्यासिनो धाउँछन् । बोट काट्ने, जुवा खेलाउने, सुरक्षा दिने काममा प्रशासनसँग लिड्ढ भएका दादा, छोटे नेताहरू सक्रिय भेटिन्छन् । समयमा, ठाउँमा तोकिएको नजराना नपुग्दा कोरम पुर्याउँदै प्रशासनले छापा मारेको नौटड्ढीसमेत गर्छ । अहिले पनि ठूलाठालु प्रशासकहरूको इशारा पाए ठूल्ठूलो जुवा खाल सञ्चालन गर्न थुप्रै खालबाजहरू सक्रिय छन् । नजराना आउने खालमा प्रहरी जान चाहँदैन तर जुवा खाल छेउछाउका बासिन्दाको चर्को दबाब आएको बखत चोर–सिपाहीको ‘आँख मिचौली’ अर्थात् आँखामा छारो हाल्ने काम चलिरहन्छ ।
गत वर्ष तिहारमा ५ दिन मैरीज खेलाएर एकजना व्यापारीले बोटको पैसाले नयाँ मोटरसाइकल खरिद गरेको व्यापक चर्चा थियो । राणाकालमा त यमपञ्चकमा छुट्टा ५ दिन जुवा फुक्का हुन्थ्यो रे । तर अब खुल्लमखुला जुवा खेल्ने खेलाउने जमाना गयो । तर लुकीछिपी, डराउँदै खेल्नुपरे पनि जुवाको सनक र रौनक घट्नुको सट्टा बढ्दो छ । तिहार भएकोले सुरक्षित र नयाँ–नयाँ खालहरू टोलपिच्छे सञ्चालित छन् । धेरै पैसा पाइने भएकोले देउसी–भैंलो खेल्नेहरूसमेत जुवा खालमा भैंलो, देउसी माग्न जान थालेका छन् । जुवाखालका सञ्चालकहरू सामाजिक कार्य गरेको झैं देखाउन र विरोध मत्थर पार्न छोटेमोटे चन्दा दान गरिरहेका देखिन्छन् । जुवा खालबाट वीरगंजका पत्रकारहरू समेतको ‘पाकेट गरम’ हुने इतिहास रहेछ । धेरैले अस्थायी जागिरसमेत पाउँदा रहेछन् । त्यसैले त म भन्छु ‘गल्ती हजार हुन्छन् यहाँ होश हराएको बेला, एक्लै तिमी नआऊ म मात्तिएको बेला’ । भन भन भाइ हो, देउसी रे । चार भाइ जम्मा देउसी रे ।
एउटा जानकारी यस्तो पनि
गणतन्त्र नेपालका प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल, झलनाथ र बाबुरामलाई जुवातासको पटक्कै सोख छैन । स्व. गिरिजाप्रसाद कोइराला, स्व. कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा पनि जुवाका सोखिन होइनन्, बरु मदिराप्रेमी हुन् । पञ्चायती प्रधानमन्त्रीहरू धेरैजसो जुवाका रसिक थिए । राणाकालमा त भारतबाट कौडा मगाएर दरबारमैं मार्रा–मार्रा गरिन्थ्यो रे । पासाको आवाज आउँथ्यो रे । जुवा पहिले खुल्लमखुला खेलिन्थ्यो र जुवाडेभन्दा रमिते बढी हुन्थे । तर आजकल जुवा गोप्य र सुरक्षित स्थानमा खेलिन्छ जहाँ रमिते हुँदैनन् । लक्ष्मीपूजामा सेलरोटी, जुवातास सबैले सम्झन्छन् तर लक्ष्मीपूजाकै दिन जन्मेका महाकवि लक्ष्मीप्रसाद देवकोटालाई थोरैले मात्र सम्झन्छन् ।