- सञ्जयसाह मित्र
गत वर्ष सरकारले लिएको जनगणनाको तथ्याड्ढ सार्वजनिक भएको छ । नेपालमा करिब डेढ वर्षमा यो तथ्याड्ढ सार्वजनिक भएको छ भने भारतले लिएको जनगणनाको तथ्याड्ढ एक वर्षमा सार्वजनिक गरेको थियो । भारतको हेरी नेपालले केही विलम्ब गरी भए पनि जनगणनाको रिपोर्ट आएको छ र अहिले यो देशको गैरराजनैतिक विषयवस्तु अन्तर्गत केन्द्रबिन्दुमा रहेर चर्चा बटुलेको छ ।
यस तथ्याड्ढको अनेक किसिमले विश्लेषण गर्न थालिएको छ । जनगणनाबाट सकारात्मक र नकारात्मक दुवै किसिमको टिप्पणी र प्रतिक्रिया आएका छन् । तर पनि तुलनात्मकरूपले नेपालको जनसङ्ख्या पहिलेको अनुमान र विगतको वृद्धिदरभन्दा कम वृद्धि भएकोले केही सन्तोष पनि भएको छ । यसले केही क्षेत्रमा नेपालीलाई सोच्न बाध्य बनाएको छ । यसले बुद्धिजीवीहरूलाई नयाँ नेपालमा नयाँ किसिमले सोच्ने खुराक पनि प्रदान गरेको छ र केही क्षेत्रको अवधारणामा नै यो परिणामले परिवर्तन ल्याउने विश्वास गरिएको छ । नेपालको भविष्यको योजना तयार पार्न सहयोग गर्ने प्रमुख आधारस्तम्भको रूपमा रहनेसमेत स्पष्ट छ ।
नेपालको जनसङ्ख्या अब २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । यसमध्ये महिला १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ र पुरुषको सङ्ख्या १ करोड २८ लाख ४९ हजार ४१ रहेको छ । देशबाहिर रहेको १९ लाख २१ हजार नेपालीलाई यस तथ्याड्ढमा समावेश गरिएको छैन । पुरुषभन्दा महिलाको सङ्ख्या तीन प्रतिशतले बढी देखिएको छ । अघिल्लो दशकमा भएको जनगणनाले पनि पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी देखिएको भए पनि यतिको फरक थिएन ।
तर जनसङ्ख्या वृद्धिदर उल्लेखनीय घटेको छ । अघिल्लो दशकको तथ्याड्ढबाट २ दशमलव ५ प्रतिशत रहेको वार्षिक वृद्धिदर भने घटेर यो तथ्याड्ढमा १ दशमलव ३५ प्रतिशत कायम भएको छ । यही दरमा नेपालको जनसङ्ख्या वृद्धिदरमा नियन्त्रण कायम हुने हो भने देशको लागि निकै ठूलो उपलब्धि हुनेछ ।
जनगणनाले अर्को पनि सकारात्मक नतिजा दिएको छ । देशभित्र रहेका पाँच वर्ष उमेरभन्दा माथिका २ करोड ३९ लाख २६ हजार ५ सय ४१ जना नेपाली नागरिक साक्षर देखिएका छन् । यो सम्पूर्ण नेपालीको ६५ दशमलव ९ प्रतिशत हुन आउँछ । कक्षा एकदेखि पाँचसम्म पढेका नेपाली ३९ प्रतिशत छन् । यद्यपि पुरुष र महिलाको साक्षरता प्रतिशतबीच भिन्नता अझै पनि खट्कँदो पक्ष हो । नेपालमा पुरुष साक्षरता ७५ दशमलव १ प्रतिशत र महिला साक्षरता ५७ दशमलव ४ प्रतिशत रहेको देखिएको छ । उच्च शिक्षा हासिल गरेका नेपालीको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।
विगतको तुलनामा नेपालमा जातजाति र भाषाभाषीको सङ्ख्या पनि निकै बढेको छ । विगतमा बयानब्बे भाषालाई तथ्याड्ढमा मान्यता दिएकोमा यस नतिजाले नेपालमा १ सय २३ वटा भाषा मातृभाषाको रूपमा बोलिने गरिएको सार्वजनिक गरेको छ । नेपाल भाषाको क्षेत्रमा निकै धनी रहेको स्पष्ट भएको छ । यसैगरी नेपालमा जातजातिको सङ्ख्या पनि बढेको छ । नेपालमा १ सय २५ वटा जाति रहेको स्पष्ट भएको छ । नेपालमा हिन्दू धर्मावलम्बीको स्थान सङ्ख्याको हिसाबले पहिलो रहेको छ । तर यसमा एउटा सोचनीय पक्ष पनि देखिएको छ । संसारमा बौद्ध धर्मका प्रवत्र्तक भनी चिनिएका महामानव गौतम बुद्धको जन्म भएको भए पनि यो तथ्याड्ढले नेपालमा बौद्धमार्गीहरूको सङ्ख्या घटेको देखाएको छ ।
नेपाली समाजको पछौटेपनलाई पनि तथ्याड्ढले उद्घाटन गरेको छ । नेपालमा अहिले पनि उमेर नपुगी विवाह गर्नेको प्रतिशत उल्लेख्य रहेको छ । अहिले पनि ३९ प्रतिशत नेपाली उमेरै नपुगी बिहे गर्दा रहेछन् ।