प्रस, वीरगंज, १३ मङ्सिर/
वीरगंजमा प्याथलोजीका तीनजना चिकित्सक भएपनि ल्याबहरू भने २५ भन्दा बढी खुलेका छन् ।
वीरगंजमा डा. रामावतार खेतान, अमरनाथ ठाकुर र रामानन्द चौरसिया गरी तीनजना प्याथलोजिस्ट छन्। नेपाल हेल्थ प्रोफेशनल काउन्सिल काठमाडौंबाट इजाजत लिएर वीरगंजमा धमाधम प्याथोलोजी खुल्ने क्रम जारी छ ।
म्यानुअल, एनालाइजरपछि अहिले अटोएनालाइजर प्रविधिबाट दिसा,पिसाब, रगत र खकार परीक्षण गर्ने ल्याबहरू, खासगरी नाउक्षे अस्पताल, एडभान्स मेडिकेयर अस्पताल एरियामा अत्यधिक खुलेका छन् । यसबाहेक निजी अस्पताल, नर्सिङ होम र नाम चलेका चिकित्सकहरूको निजी क्लिनिकमा अनिवार्यरूपमा एक/ एकवटा ल्याब रहेका छन ।
सम्बन्धित चिकित्सकको अभावमा खुलेका यस्ता ल्याबहरूको रिर्पाेट भरपर्दो भने छैन । भरपर्दो नहुनुमा दक्ष जनशक्ति नहुनु हो भने पर्याप्त मात्रामा केमिकल प्रयोग नहुनु रहेको छ । नारायणी उपक्षेत्रीय अस्पताल जस्तो ठाउँमा पनि अहिले एकजना पनि प्याथलोजिस्ट छैन । प्याथलोजिस्टको अभावमा ल्याब टेक्निसियनले रिपोर्ट बनाउँदा बेला–बेलामा ल्याब विवादमा आउँछ ।
अस्पतालले प्याथलोजी चिकित्सकको माग गर्दै आएकोमा अहिलेसम्म नपठाएको जनाएको छ । विगत २ वर्षदेखि नाउक्षे अस्पतालको ल्याब टेक्निसियनहरूले सञ्चालन गरिरहेका छन् । ल्याबसँग सरोकार राख्ने एकजनाले रगत, दिसा, पिसाब, खकार आदि परीक्षणका लागि रेफर गर्ने चिकित्सकले कम्तिमा ६० र बढी ७० प्रतिशतसम्म कमिशन लिने गरेको कारण ल्याब सञ्चालकले उचित मात्रामा केमिकल प्रयोग नगरेको उनको गुनासो छ ।
चिकित्सकलाई कमिशन दिनुपर्दा घरभाडा, बिजुली बत्ती, कर्मचारी, स्टेशनरी, केमिकल्स आदिको खर्च निकाल्न धौं–धौ पर्ने उनले बताए । वीरगंजमा खुलेका ल्याबहरूबाट अहिले गलत रिर्पाेट आउनुको कारण पनि यही हो ।
ल्याबबाट आउने रिपोर्टका कारण चिकित्सकले रोग पत्ता लगाएर सोही अनुसार उपचार गर्ने हो तर कमिशनमा आँखा गडाउँदा गलत रिर्पाटका आधारमा गरिने उपचार प्रभावकारी नहुनेस रोग अर्कै छ उपचार अरू नै हुने गर्दा रोगीलाई सास्ती मात्र छ ।
वीरगंजका ल्याबहरूमा म्यानुयल परीक्षण अन्तर्गत टिसी, डिसी, इएसआर, हेमोग्लोबिन, पिसाब रूटिन र बायोकेमिकल्स परीक्षण अन्तर्गत मधुमेह, पिसाबमा युरिया, जन्डीसमा बिलुरुबिन, मृगौलामा क्रिप्टनिन अनि युरिक एसिड आदिको परीक्षण गरिन्छ । यस्तो परीक्षणका लागि दक्ष व्यक्तिको आवश्यकता पर्दछ तर नेपाल हेल्थ प्रोफेसनल काउन्सिलबाट एकपटक सीमित परीक्षणको इजाजत लिएर यहाँका ल्याबहरूले असीमित परीक्षण गर्दै आएका छन् ।
यस्ता परीक्षणहरूबारे सेवाग्राहीमा अज्ञानता र उजुरी लिने र कार्यवाही गर्ने निकायको अभावमा गैरकानुनी प्याथोलिजी निर्धक्क सञ्चालित छ ।
वीरगंजमा अत्याधुनिक ल्याबका लागि अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लबले प्रयास नगरेको होइन, तर चिकित्सकहरूको माग अनुसार कमिशन दिन नसकेपछि अहिले सम्पूर्ण उपकरण एडभान्स मेडिकेयर (एएमसी) लाई भाडामा दिनुपरेको छ ।
दक्ष जनशक्तिका साथ अत्याधुनिक मेशिनबाट सही रिपोर्ट उपलब्ध गराएर सही उपचार हुने उद्देश्यले सञ्चालित रोटरीको अभियान कमिशनको कारण सफल हुन नसकेको हो ।
नाउक्षे अस्पतालबाट सेवानिवृत्त, वीरगंजका सबैभन्दा पुराना प्याथलोजिस्ट डा. रामअवतार खेतान–सही उपचारका लागि सही रिपोर्ट आवश्यक छ ।
सही परीक्षण रिपोर्टका लागि रकम तिरेका बिरामीहरूको त्यो अधिकार पनि हो । सेवाग्राहीलाई त्यस अधिकारबाट वञ्चित गर्ने काम भइरहेकामा कसैले सरोकार नराख्नु दु:खद भएको बताउँछन् ।