- सुशील मुडभरी
छूवाछूत, भूत, बोक्सी, बालविवाह, महिला हिंसा, विभेदजस्ता थुप्रै निकृष्ट सोचका अवशेषले आज २१ औं शताब्दीमा पनि पिरोलेको छँदैछ । हिजो राणाकालीन नेपालमा यस्तो प्रथा जल्दोबल्दो अवस्थामा थियो र समाज आक्रान्त रहने कुरा जगजाहेरै छ । तत्कालीन अवस्थामा राज्य व्यवस्थाले पनि यस्ता कुरालाई टेवा दिएको थियो, अर्थात् जहाँनिया जातीय शासन कायम राख्न पनि अन्ध परम्परालाई प्राथमिकता दिइन्थ्यो । राणाहरूलाई देशको भन्दा आफ्नो रोलक्रममा चिन्तित रहेको पाइन्थ्यो । त्यस्ता राम्रा मान्छेले अन्ध र रूढिको डराई–डराई विरोध गर्नुपथ्र्यो र त्यस्ता राम्रा मान्छेहरू औंलामा गन्न सकिन्थे । सात साल पुग्दा नपुग्दै यस्ता परिवर्तनकामीहरू शहरमा मात्र होइन गाउँका शिक्षित परिवारमा पनि देखिन थालेका थिए । नेपालको इतिहास हेर्दा लिच्छविकालभन्दा अगाडि जातपात र छुवाछूतलाई खास महत्त्व दिएको देखिंंदैन । तर मल्लकालमा, समाजमा रहेको कमजोरी हटाउने नाममा जातपात, उचनीच, छुवाछूत, सतिप्रथाजस्ता जघन्य अपराधलाई बढावा दिएको देखिन्छ । शााहकालमा पनि त्यस्ता अपराधहरू हटाउन ध्यान पुर्याएको देखिंदैन । ज·बहादुरको पालामा त यस्ता अर्थात् जातीय जहानियाँ चलनजस्ता दुष्कार्यहरूलाई पूरै टेवा दिएको देखिन्छ । यसैबेला भारतमा सतिप्रथा अवैध गर्न कानुन बनेकोले ज·बहादुरले पनि सतिप्रथाको विरोध जनाए तर अन्य विभेदपूर्ण कुराहरू हटाउन चाहेनन् । यतिमात्र होइन आफ्नो सत्ता लम्ब्याउन उनले ब्राह्मण–ब्राह्मणबीच पनि रक्तशुद्धि र अशुद्धि नामका अन्तर्विरोध पैदा गरी बाहुनहरूलाई आपसमैं चुल्हाचौका भित्रका छूत, अछूत बनाइदिए । अन्य वर्गमा पनि जातभित्र जात खोज्ने परिपाटी बसाले ।
यस्तै बारेमा मेरो सानो संस्मरण– सात साल अन्तिमतिरको कुरा हो । म करिब सात–आठ वर्षकै थिएँ । जुन क्षण अझै ताजै छ । म त्यस बेलासम्म पहाडघरमैं थिएँ । प्रजातन्त्र आयो, अङ्ग्रेजी पढ्नुपर्छ भनी हामीलाई काठमाडौं लाने तरखर हुँदै थियो । गाउँको पाठशालामा, जहाँ कुनै तह कायम गरिएको थिएन, कोही बार्हखरी पढ्दै थिए भने कोही दुर्गा कवचहरू आदि । म दुर्गा कवच घोक्दै थिएँ र अब कौमुदी पढाउँछु भनि गुरुजी भन्दै हुनुहुन्थ्यो । कौमुदी पढिसकेका एकजना काका कहिलेकाहीं त्यो पाठशालातिर आउँथे । ती काका चिटिक्क परेका, गोरा, नाक सिलिक्क परेको, हाँसेर बोल्ने, नाच्ने, गाउने र केटाकेटी जम्मा हुँदा कथाकुथुङ्ग्री सुनाउँथे, बिहे भएपछि पाठशालामा कमै आउन थाले । त्यही पाठशालामा राता–राता आँखा, घिरौलाजत्रा नाक, देख्दै डरलाग्दा अर्का एकजना काका पनि आउने जाने गर्थे । यी काका केटाकेटी देख्यो कि हप्काउने हुँदा, देख्यो कि हामी भाग्थ्यौं ।
त्यस बखत पितृउद्धारको लागि गरिने श्राद्धलाई निकै महत्त्व दिइन्थ्यो । एकदिन हाम्रो घरमा श्राद्ध हुँदै थियो, घरमा ठूलै भीडभाड र चहलपहल थियो । थुप्रै पाहुनाहरू अर्थात् दाजुभाइ, इष्टमित्र फुपू, भिनाजु, भान्जा–भान्जीलगायत उपस्थित थिए । त्यस भीडमा पाठशालामा आइरहने नमुनाका दुवै काका पनि थिए । ती राम्रा असल काकानेर जान मन थियो तर सँगै डरलाग्दा काका देखेर नगिचै जान सकिरहेको थिइनँ ।
श्राद्धमा गरिने पूजाआजाका साथै पिण्डदान सकिने बित्तिकै बाले सर्वप्रथम पुरोहितलाई टीका लगाई दक्षिणा दिनुभयो र त्यसपछि फुपू, भिनाजु, दिदी–बहिनीहरूलाई टीका लगाई दान दक्षिणा दिनुभयो । याो कार्यक्रम सकिएपछि खाना खान बेलावट भयो । घरको भित्रपट्टी कुनामा चुल्हो थियो । चुल्होको दायाँ–बायाँ पाँच–सातवटा खाना खान बस्ने चौकाहरू बनेको थियो । जसका दस–बार्हजनासम्म सजिलै बस्न सक्थे । चौकामुनि ठूलै मझेरी र मझेरीपछि अगेनो । मूल ढोका थियो, चारैतिरबाट आँखी झ्यालहरू थिए । हामी ेकेटाकेटीहरूलाई अगेना नजिकै ओछ्याइएको गुद्रीमा अटेसमटेस गरी राखियो । पुरुषहरू धोती (मर्दानी) फेरेर भान्सातिर जान लागे । एकजना लाम मिलाउनेले सँगै आएका काकाहरूमध्ये रिसाहा काकालाई सबभन्दा माथि चौकामा राख्यो र ती राम्रा काकालाई चौकातिर जान रोकेर चौकाभन्दा मुनि मझेरीमा राखिएको पिर्कामा बस्न आदेश दिइयो । राम्रा काकालाई चुल्हाचौकामा जान रोकेर तल खान दिएकोमा मलाई नराम्रो लाग्यो । लोग्ने मानिस र केटाकेटीहरूले खान खाएपछि महिलाहरू खान लागे । त्यसपछि भान्छेहरूले खाना खाए ।
साँझपख पाहुना बिदा भइसकेका थिए । दाइ, म र आमामात्र अगेना नगिच बसेका थियौं । यही मौकामा मैले दिउँसो खाना खान दिंदा राम्रा काकालाई हेला गरेको, चौकामा जान नदिएकोमा चित्त बुझेन भनी आफ्नो असन्तुष्टि र जिज्ञासा राखे । ‘विडम्बना १’ आमा भन्न थाल्नुभयो– “आज हामी बाहुनहरू जातमाथि जात खोज्दै चुल्हाचौकाका छूतअछूत भएका छौं । यस्तो हुनु कथाजस्तै छ ।” एकछिन गम खाएर भन्न लाग्नुभयो– करिब पाँच पुस्ता अगाडि हाम्रा वंशका एकजना बाजेले तीनवटी पत्नी भित्र्याएका रहेछन् । जेठी स्वास्नी उपाध्यायकी छोरी भएकीले तिनका सन्तान उपाध्याय नै रहे । दोस्री पत्नी पनि उपाध्यायकै छोरी भए पनि वैकल्य बिहे गरेकाले उनका सन्तान जैसी भनिए । तेस्री बाल विधवा रहेकीले तिनका सन्तान ठिमाहा क्षत्री (खत्री) मानिए । ती तिम्रा राम्रा काका कान्छीबाट जन्मेका सन्तान हुन् । आज सन्तानदरसन्तान तिनका खलकलाई छोटो जातको मानिन्छ, अर्थात् छोटा जातका बाहुन मानेर चौकामा जान दिइन्न । एउटै वंशका भए पनि चुल्हाचौकाका छूतअछूत बनेका छन् । आमाका यी कुरा सुनिरहेका दाइले सोध्नुभयो– “ती राम्रा काका सधैं साना नै रहने भए त ?” दाइको कुरा सुनेर आमा भन्न लाग्नुभयो–“नेपालमा यस्तो भेदभाव जन्माउनेहरू त पराजित भइसके । भारतमा त ईश्वरचन्द्र, दयानन्द, विवेकानन्दजस्ता महान् व्यक्तिहरूले ब्रह्म समाज, आर्य समाज आदिको माध्यमले यस्ता कुप्रथा हटाउँदै छन् । हाम्रो मुलुकमा पनि भर्खरै प्रजातन्त्र आएको छ, त्यस्ता सन्तहरू यहाँ पनि पैदा हुने नै छन् ।” आमाले यी कुरा सुनाइरहँदा मलाई लाग्न थाल्यो–भगवान्ले होइन, बदमाशहरूले नै जातीय विद्वेष जन्माएका हुन् ।
यी कुरा गर्दागर्दै रात छिप्पिसकेछ । जीउ पनि भारी भएकोले ओछ्यानमा सुत्न गएँ । पल्टनासाथ भुसुक्क निदाइएछ । राति सपनामा त ती राम्रा मनोरञ्जक काका चुल्हाको सबैभन्दा माथिल्लो चौकामा बसेर खाना खाइरहेका थिए । अर्का नराम्रा काका मझेरीमा खाना खान बसेको देख्न पुगेछु । र बल्ल ठीक परेछ भनी कराएछु । यो किन बडबडायो भनी आमाले झकझकाउनुभयो । झल्याँस्स ब्युँझदा पो थाहा भयो, सपना पो देख्न पुगेको रहेछु ।