- उमाशङ्कर द्विवेदी
नेपाली वाङ्मयको श्रीवृद्धितर्फ लक्ष्मीप्रसाद देवकोटा शारदा पत्रिकाको प्रकाशनपूर्वदेखि नै लागिपरेका थिए–कविका रूपमा । पछिका दिनहरूमा उनी महाकविको भद्रासनमा आरूढ भए पनि नितान्त कविता लेखन मात्रैमा सीमित नरहेर साहित्यको प्राय: प्रत्येक विधामा उनको कलम अवाध गतिले चलेको थियो । पद्य लेखनमा उनको विशिष्टता रहे पनि गद्य लेखनमा उनको कलम चमत्कारीरूपमा चलेको थियो जसको प्रख्यात नमुना हो लक्ष्मी निबन्ध सङ्ग्रह तथा उनका कथाहरू । फुटकर कविता, कविता सङ्ग्रहहरू, महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, चम्पूकाव्य जस्ता साहित्यिक विधाहरू मध्ये कुनै पनि अछुतो रहेन । रातभरिमा खण्डकाव्य (कुञ्जिनी), तीन महिनामा महाकाव्य (शाकुन्तल), अझै दश दिन मात्रैमा महाकाव्य (सुलोचना), संस्कृतका विविध छन्दमा लेख्न सक्ने जाँगर भएका कवि नेपाली साहित्यमा केवल लक्ष्मी प्रसाद देवकोटा मात्रै हुन् । उनलाई प्रथम दृष्टिमा देख्नेले–बत्ती धपक्क बलेजस्तो गहँुगोरो, गोलो पोटिलो मुखमण्डल, सलक्क ताछिएको चौडा निधार, चाक्लो छाती, साँढेको जस्तो पृथुल स्कन्ध, शालका झैं लामा लामा बाहु, ताराझै. चम्किलो केही खाजिरहने आँखा, गुडिल्किएको टलक्क टल्किने केश, सुर्तीले पहेलिएका औंलाका कापमा सल्किएका सिगरेटको ठूटो पोल्ने गरी च्यापिएको र कहाँ कहाँ भावजगत्मा विचरण गरिरहेका देवकोटाको बाह्य रूप देख्दथे । (डा. ईश्वर बराल) देवकोटाको कस्तो आशुकवि थिए भन्ने प्रस· डा. ईश्वर बरालले पङ्क्तिकारलाई वि.स. २०५० सालमा सुनाएका थिए, जसलाई यहाँ प्रस्तुत गरिएको छ–काशीमा जीवनयापन गर्ने बेला देवकोटा आर्थिक अभावले ग्रस्त थिए । उनको आर्थिक अभाव केही हदसम्म टार्न सकिन्छ कि भनेर बरालज्यूले देवकोटालाई लिएर स्थानीय नेपाली प्रकाशक टीकादत्त धिताल कहाँ लगे । प्रकाशकले साहित्यको नौरसको नौवटा किताप लेखाउने मन्सायले प्रत्येक कितापमा एक सय पचीस श्लोक जति राखेर तयार पार्न अनुरोध गरे । प्रकाशकले प्रत्येक श्लोकका लागि चार आना दिने भाका गरी देवकोटालाइ सघाउन खोजे । देवकोटाले सो प्रस्ताव खुशीसाथ स्वीकार गरेर डेरा फर्के । त्यसको भोलिपल्ट एकाबिहानै एक सय पचीस श्लोकको एउटा रसको किताप लिएर प्रकाशक कहाँ पुगे । त्यस दिन प्रकाशकले खुशीसाथ कबोल गरेको रकम टक्रयाए । भोलिपल्ट अर्को रसको किताप लिएर जाँदा प्रकाशकलाई दक्षिणा टक्रयाउन अलि गार्हो पर्यो । तेस्रो दिन तेस्रो रसको किताप लिएर जाँदाा प्रकाशकलाइ निकै आच्छुआच्छु पर्यो ।। चौथो दिन चौथो रसको किताप लिएर कवि जाँदा प्रकाशकले हात जोडेर आफ्नो आर्थिक विवशता देखाई कविलाइ यति द्रुत गतिले सघाउन नसक्ने कुरो जाहेर गरे । नभन्दै दिनहुँ तीस पैतीस रुपियाँ कविलाइ दिनु प्रकाशकको बुता बाहिर थियो । प्रकाशकले के ठानेका थिए भने एक महिनामा हद भए कविले दुईवटासम्म पुस्तक लेख्लान् अनि आर्थिक सहायता गर्ने निहुँले तिनका कृति सजिलै किनेर तथा छापेर नाउँसमेत पैसो पनि कमाउन पाउने भइयो । तर कविको आशुकवित्वको यस्तो प्रवाह थेग्न प्रकाशकलाई धौधौ पर्यो । त्यसै कारणले प्रकाशकले एउटा निहुँ झिके । लेखाइ अलि मिलेन र अक्षर पनि ज्यादै नबुझिने भयो भन्ने कुरा गरी कविसित प्रत्येक पुस्तकको शुद्ध, सहज पाठ्यप्रति पाउने अनुरोध गरे । सच्याउनुभन्दा बेग्लै कविको हकमा कता हो कता सजिलो पर्ने हुनाले तिनले सर्वथा नवै रसको नववटा पुस्तक एकै रातमा लेखेर एकाबिहानै प्रकाशकलाई बुझाइदिए । प्रकाशक जिल्ल परे । ती प्रकाशककहाँ प्रत्येकपल्ट जाँदा कवि दीन याचक नठानिऊन भनेर बरालज्यू तिनका साथ जाने हुनाले उक्त सारा प्रकरण देखीसुनी जानेका थिए अरे ।
लक्ष्मीपूजाको दिन महाकवि लक्ष्मीको प्रसादको रूपमा जन्मेका भए पनि जीवनभरि प्राय: लक्ष्मीको कृपा भने पाउन नसकी सरस्वतीका वरद्पुत्र भएर दैनिक जीवन अर्थाभावमा नै बिताउनु परेको थियो । वि.सं. २०१५ सालमा आन्द्राको केन्सरको कारण तीन चौथाइ आन्द्रा काट्ने शल्यक्रिया गराउनुपरेको थियो तथा एकचोटी उनी विक्षिप्त पनि भएर पारिवारिक सहयोगमा उपचारको निम्ति राँचीसम्म पनि पुर्याउनुपरेको थियो । पङ्क्तिकारले आफू पढेको ने.रा.वि. श्रीपुर (वीरगंज)का गुरुहरूबाट सुने अनुसार देवकोटालाइ राँची पुर्याउने क्रममा सो विद्यालयमा केही दिन वास बस्नुपरेको थियो, जहाँ उनले आफ्नो प्रसिद्ध ‘पागल’ कविता रचेका थिए अरे । सोको स्मरणमा देवकोटा स्मृति भवनको निर्माण भएको थियो, जुन अहिले पनि अत्यन्त जीर्ण अवस्थामा विद्यमान छ । देवकोटाले नेपाली भाषा साहित्यको लागि जीवनभरि जे जति गरे त्यसको उचित मूल्याड्ढन आजसम्म पनि नभएको जस्तो लाग्दछ । यसका लागि दोषी केवल सरकार मात्र होइन, नेपाली भाषा साहित्यको चुल्होमा रोटी पकाउने तमाम कृतघ्न साहित्यजीवीहरू पनि छन् जस्तो लाग्छ । देवकोटा जयन्तीको अवसरमा देवकोटालाई ह्दयभरिको श्रद्धाञ्जली...।