कुनै पनि राष्ट्रका लागि सुरक्षा जति आवश्यक छ, त्यतिकै आवश्यक शिक्षा र स्वास्थ्य व्यवस्थापन पनि हो । देशमा सुरक्षा छ, नागरिक शिक्षित र स्वस्थ छन् भने जस्तोसुकै विपन्न र साधनस्रोतहीन राष्ट्रले पनि उन्नति गर्न कसैको मुख ताक्नुपर्दैन । स्वास्थ्य भनेको मानिस ऊर्जावान् हुनु हो, शिक्षाले मानिसलाई आफ्नो, परिवारको तथा राष्ट्रको उन्नतिको लागि सहस्रौ ढोका खोलिदिनु हो । यसरी एउटा शिक्षित मानिस स्वस्थ छ भने उसले जे पनि गर्न सक्छ । यी दुवैमध्ये कुनै एकको अभावमा मानिस पङ्गु बन्न पुग्छ । त्यसैले प्रत्येक सरकारले आफ्नो नागरिकको शिक्षा र स्वास्थ्यमा नाफारहित लगानी गरेको हुन्छ । शिक्षा र स्वास्थ्यमा प्रत्यक्ष लगानी देखिन्छ भने यसबाट हुने परोक्ष लाभको तुलनामा अन्य कुनै उद्योग वा लगानीले त्यति नाफा दिंदैन । सरकारको लाभ भनेको राजस्व वृद्धि हो । राजस्व वृद्धिका लागि सरकारले नागरिकसँग कर लिन्छ । नागरिकले कर त्यै बेला तिर्छ जब उसले कमाउँछ । कमाउनका लागि मानिसले उच्च शिक्षित हुनुपर्छ र स्वस्थ पनि हुनुपर्छ । शिक्षित मानिसले नयाँ–नयाँ आविष्कार, खोजी गर्छ जसले गर्दा राष्ट्रमा विभिन्न थरीका उत्पादन बढ्दै जान्छ । जति उत्पादन बढ्छ, नागरिकको कमाइ पनि त्यति नै बढ्छ र अन्तत: सरकारलाई लाभ हुन्छ ।
आज विकसित जति पनि राष्ट्रहरू छन् तिनको विकासको पृष्ठभूमिमा शिक्षा नै मुख्य कारक छ । द्वितीय विश्वयुद्धमा क्षतविक्षत भएको राष्ट्र जापानले सबै कुरा छाडेर शिक्षामा जोड दिएको थियो । आज जापान कहाँ छ कसैले बताउनुपर्दैन । यद्यपि नेपालले पनि शिक्षा र स्वास्थ्यमा ध्यान नदिएको होइन, तर सरकारको लगानी अनुशासन, नियमको पालनाको कमीले गर्दा उपलब्धिहीन बनिरहेको छ । योजनाबद्ध किसिमले सरकारले लगानी गरिरहेको छैन । शिक्षामा भएको लगानीका लागि त नेपालमा नयाँ उखान नै सिर्जित भएको छ–‘शिक्षामा लगानी, बालुवामा पानी’ । अर्थात् लगानीले लक्ष्य हासिल गर्न सकिरहेको छैन । त्यही अवस्था स्वास्थ्य क्षेत्रमा पनि देखिएको छ । सरकारी अस्पतालहरूमा डाक्टरहरू समयमा नआउने, ढिलो आएर पूरा अवधि नबस्ने, चिकित्सकीय उपकरणहरू सञ्चालन नहुने, आवश्यक चिकित्साकर्मीको अभावजस्ता विभिन्न समस्याले जेलिएर नागरिक महँगो चिकित्सा लिन बाध्य छ । महँगो चिकित्सा लिएर पनि स्वास्थ्यको ग्यारेन्टी हुँदैन, किनकि डाक्टरले उपचार गर्ने विभिन्न शारीरिक परीक्षणको भरमा हो । परीक्षणको नतिजा नै गलत छ भने जतिसुकै राम्रो चिकित्सक भए पनि उपचार सही हुन सक्दैन ।
सरकारले लगानी गरेर पनि प्रतिफल सही नपाउनु उदेकपूर्ण कुरो हो । यसो हुनुमा सबभन्दा बढी सरकार र सरकारी निकाय जिम्मेवार छ । एउटा सामान्य मानिसले दुई पैसा लगानी गरेको छ भने त्यसको प्रतिफल राम्रो र समयमा प्राप्त होस् भनी अनुगमन, निरीक्षण गर्ने गर्दछ । लगानीकालमा आइपर्ने अप्ठंयाराहरू समाधान गर्न तत्पर रहन्छ तर ठूलो धनराशि लगानी गरेको क्षेत्रमा सरकारले अनुगमन गर्दैन, प्राप्त प्रतिफलको हेक्का राख्दैन भने देशको उन्नति कसरी हुन सक्दछ ? आज वीरगंजमा प्याथोलोजी क्षेत्रमा भइरहेको भाँडभैलोबारे यतिका समाचारहरू प्रकाशित भए, खोइ सरोकारवाला निकायले कुनै पाइला चालेको ? किन संवेदनशील क्षेत्रमा सरकार वा सरकारी निकाय तत्परतापूर्वक आफ्नो दायित्व निर्वाह गर्न अघि सर्दैन ? यस्ता लापरवाहीको समाधान खोज्न प्रहरी प्रशासन त छँदैछ ।