जिल्ला शिक्षा कार्यालय पर्सामा कार्यालय प्रमुखसहित १९ जना गयल र ओरिया खोलामा पुल निर्माण क्रममा एउटा पाया बा·िएपछि ठेकेदारले प्राविधिकलाई मिलाएर गरेको कामभन्दा तीन गुणा बढी रकम भुक्तानी लिएर आज दश वर्षदेखि काम अलपत्र छाडेको कुरा सुन्दा यस मुलुकमा भाँडभैलोबाहेक केही छैन भन्ने प्रस्टिएको छ । यी प्रतिनिधि उदाहरण मात्र हुन्, अन्यथा कुन यस्तो मुलुक छ, जहाँ वर्षमा दुई–चारजना उच्चपदस्थ व्यक्तिहरू अघोर भ्रष्टाचारमा संलग्न भएको आरोपमा दण्ड सजाय पाएका छन् ? विषम अवस्था तब प्रस्टिन्छ जब ठूला–ठूलाहरू यसरी अनैतिक कार्यमा मुछिएर सजाय पाउँदा पनि देशमा भ्रष्टाचार झन्–झन् बढ्दो छ । र उदेकलाग्दो कुरा के छ भने भ्रष्टाचार उन्मूलन गर्न लाग्नुपर्ने व्यक्तिहरू, अर्थात् मुलुकका नीति निर्माताहरू स्वयं जेलमा जाकिने गरी भ्रष्टाचारमा लिप्त हुन्छन् । जसको हातमा सत्ता हुन्छ उसले आफूलाई सदा सर्वदाका लागि सत्तामा रहिरहने सपना देख्दछ र जे गर्दा पनि हुने भ्रम पालेर आफ्नो दुनो सोझो गर्न लागिपर्छ । हुनत भ्रष्टाचारको मनोविज्ञान बडो विचित्रको छ । मानिस भ्रष्टाचार आफ्नो सुरक्षाका लागि गर्दछ, तर सत्ताबाट बाहिरिएपछि त्यही भ्रष्टाचार उसका लागि असुरक्षा बनिदिन्छ ।
मानिसले सबभन्दा पहिले आफ्नो, त्यसपछि परिवारको, अनि समाज र अन्तमा देशको स्वार्थ देख्दछ । आफ्नो र परिवारको स्वार्थ देख्ने क्रममा सबभन्दा पहिले आर्थिक सुरक्षाको प्रश्न तेर्सिन्छ । भ्रष्टाचार यहींबाट आरम्भ हुन्छ । आफ्नो लागि उपार्जन गरिसकेपछि उसमा विपरीतात्मक भावना पलाएर, अब सोख, अवाञ्छित सुख–सुविधाका लागि उपार्जन गर्न खोज्छ । देशमा राजनीतिक व्यवस्था तरल छ भने सुरक्षाको ग्यारेन्टी हुँदैन, आर्थिक विषमताले एकथरी अति सुविधासम्पन्न वर्गको देखासिकी आफू पनि सुविधा खोज्न थाल्दछ । निश्चित नै सुविधाको अवसर त्यसै व्यक्तिलाई प्राप्त हुन्छ जोसँग असीम अधिकार हुन्छ । जति बढी अधिकार त्यति बढी भ्रष्टाचार गर्ने मौका । देशमा थीति छैन, राजनीतिक दलहरूबीच विवेकशील धैर्यता छैन– यस्तो अवस्थामा जोकोही भ्रष्टाचार गर्न प्रवृत्त हुन्छ । माथि नै विषमता र भ्रष्टाचारको अमोघ जालो फिंजिएको छ भने तलसम्म त्यसको सञ्जाल फैलिनै नै भयो । होइन भने एउटा प्राविधिक व्यक्तिले आफ्नो सुरक्षाको लागि पनि काम गरेजति भुक्तानी नदिएर काम समाप्तिपछि फरफारक गर्न मुठ्ठी कसेको हुन्छ । तर यहाँ त काम बिगारेको थाहा पाउँदा–पाउँदै, बढी भुक्तानी दिइन्छ । यसलाई भ्रष्टाचारको चरम नभनी के भन्ने ?
सत्तालाई जीवनको मियो ठान्ने प्रवृत्ति रहुन्जेल यस्तो क्रियाकलापमा कमी आउन सक्दैन । किन अमेरिकाजस्तो शक्तिशाली राष्ट्रमा मानिस उच्च स्थानमा पुगेपछि, लोकप्रिय छँदाछँदै सत्ताबाट बाहिरिन्छ र किन हाम्रो देशमा दाँत फुक्लिसकेका, निर्वाचनबाट पराजित भएका, अरूको सहाराबिना उठ्न पनि नसक्ने व्यक्तिहरू अझै सत्तामा लिसोझैं टाँसिइरहन खोज्छन् । किन सत्ता लक्ष्य र राजनीति पेशा ठान्छन् हाम्रा राजनीतिक दलका नेताहरू ? किन अरूलाई अवसर दिन मान्दैनन् ? नेपालमा एकपटक उच्च स्थानमा पुगेको व्यक्ति, अर्को पल्ट त्यहीं बसिरहन पाउँदैन भन्ने मानसिकतालाई बाध्यकारी नबनाउन्जेल देशले निकास पाउन सक्दैन । घरीघरी सरकार बनाउने र हल्लाउने खेल चलुन्जेल देशवासीको स्वार्थको जगेर्ना पनि हुन सक्दैन । र यस्तो अवस्थामा देशमा भाँडभैलो सिवाय केही देखिंदैन ।